×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आरोही लागे सगरमाथातर्फ

  •  
  • बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो

    काठमाडौं: दुई वर्षदेखि रोकिएको सगरमाथा आरोहण यो वर्ष सुचारु हुने भएको छ । सन् २०१६ को आरोहण सिजन वसन्त ऋतुमा सगरमाथा आरोहणमा जान ३२ वटा टोलीका दुई सय ८० जनाले अनुमति लिएर गन्तव्यतर्फ हिँडिसकेको पर्यटन विभागले जानकारी दिएको छ।
    एकजना नेपालीसहितको यो टोली आगामी मे महिनामा सगरमाथा आरोहण गर्ने उद्देश्यले बढीमा ७५ दिनको समय लिएर काठमाडौंबाट प्रस्थान गरिसकेको विभागका पर्वतारोहण शाखा अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
    अघिल्लो वर्ष सन् २०१५ मा ४२ वटा टोलीका तीन सय ५७ जना विभागबाट अनुमति लिएर सगरमाथा आरोहणका लागि गएको भए पनि प्राकृतिक विपत्तिका कारण आरोहण सफल हुन सकेको थिएन। गत वर्ष सगरमाथा आरोहणको मुख्य सिजन सुरु भएको समय (वैशाख १२) मा गएको भूकम्पका कारण सगरामाथा आरोहण पूरै प्रभावित भयो।
    अघिल्लो वर्ष सन् २०१४ मा सगरमाथा क्षेत्रमा गएको हिउँपहिरोका कारण आरोहण सफल हुन सकेको थिएन।सगरमाथा आरोहणका लागि नेपालीले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ र विदेशीले प्रतिव्यक्ति ११ हजार डलर शुल्क आरोहण अनुमतिबापत सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ।
    सन् २०१४ मा आरोहण अनुमति लिएका आरोही पनि आएकोले गत वर्ष ४२ वटा टोली पुगेका थिए। सरकारले भूकम्पबाट प्रभावितको हकमा निर्णय ढिलो गरेकाले यो वर्ष अपेच्छाअनुसार पर्वतारोही आउन नसकेको नेपाल पर्यटतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए।
    उनका अनुसार दुई वर्षदेखि रोकिएको अवस्थामा यो वर्ष निकै चापाचाप हुने अवस्था भए पनि सरकारले भूकम्पबाट प्रभावित भएर गत वर्ष आरोहण गर्न नपाउनेका लागि गत फेब्रुअरीको अन्तिममा मात्रै दुई वर्षभित्रमा आरोहण गर्न सक्ने गरी निर्णय गरेको हो।
    सरकारी निर्णय ढिलो भएकोले यो वर्ष गत वर्ष आएका आरोही आउन भ्याएनन्। यी आरोही सबै आगामी वर्ष सन् २०१७ मा मात्रै आउने भएकोले आउँदो वर्ष भने सगरथामा आरोहणमा बढी भीडभाड हुने अनुमान पर्वतारोहण संघको छ।
    आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समितिले आवश्यक बन्दोबस्त मिलाइसकेको छ। आइसफल डाक्टरले आरोहणमा जाने बाटोसमेत बनाइसकेको जानकारी पर्यटन विभागले दिएको छ।

    annapurnapos

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.