×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

  कार्की आजदेखि कामु प्रधानन्यायाधीश

  •  
  • बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, वैशाख २ गते । सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश सुशीला कार्कीले बिहीबारबाट कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको जिम्मेवारी सम्हाल्नुहुने छ । नेपालको न्यायिक इतिहासमा न्यायपालिकाले महिला नेत्तृत्व पाएको यो पहिलो अवसर हो ।

    उमेर हदका कारण प्रधानन्यायाधीशबाट कल्याण श्रेष्ठ सेवानिवृत्त हुनु भएपछि वरिष्ठतम न्यायाधीश रहनुभएका कार्कीले कामु प्रधानन्यायाधीशको रूपमा जिम्मेवारी सम्हाल्नुहुनेछ । कार्कीले बिहीबारदेखि मुद्दाको इजलास तोक्ने लगायतका न्यायिक तथा प्रशासनिक कामकारबाहीको नेत्तृत्व गर्नुहुनेछ ।
    संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरे पनि संसदीय सुुनुवाइ हुन सकेको छैन । व्यवस्थापिका संसदको कार्य सञ्चालन नियमावली र संसदीय सुनुवाइ विशेष समितिको अभावमा संवैधानिक पदाधिकारीको संसदीय सुनुवाइ प्रभावित हुँदैआएको छ । प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ हुने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने नेपालको संविधानमा प्रावधान छ । संसदीय सुनुवाइ नभएसम्म कार्कीले कामु प्रधानन्यायाधीशको हैसियतमै कामकाज गर्नुहुनेछ ।
    यसअघि संवैधानिक परिषद्ले नै डा. अयोधीप्रसाद यादवलाई प्रमुख निर्वाचन आयुक्तमा गरेको सिफारिस र न्याय परिषद्ले सर्वाेच्च अदालतमा ११ न्यायाधीशको सिफारिस पनि लामो समयदेखि संसद्मा विचाराधीन छ । ती संवैधानिक पदाधिकारीको पनि संसदीय सुनुुवाइ विशेष समितिकै अभावमा संसदीय सुनुवाइ हुन सकेको छैन ।
    न्यायपालिकाको नेत्तृत्वकर्ता प्रधानन्यायाधीश न्याय परिषद् र न्याय सेवा आयोगको अध्यक्ष हुने संवैधानिक व्यवस्था छ । सर्वाेच्च अदालतमा पेशी तोकिएका मुद्दाहरूको सुनुवाइका लागि हरेक दिन इजलास तोक्ने काम प्रधानन्यायाधीशले गर्नुहुन्छ । यस्तै गम्भीर संवैधानिक तथा कानुनी प्रश्न समावेश विवादहरूको निरूपणका लागि गठित संवैधानिक इजलासको नेत्तृत्व पनि प्रधानन्यायाधीशले गर्ने व्यवस्था संविधानमा छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.