×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

नयाँ वर्षमा प्रकृतिको शुुभकामना ‘फूल’

  •  
  • बुधबार, बैशाख ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    मिथिलेश यादव

    सलहेश फूलबारीको हारमको रुखमा फूलेको माला आकृित अनौठो फूल ।सलहेश फूलबारीको हारमको रुखमा फूलेको माला आकृित अनौठो फूल ।
    लहान–नयाँ वर्षको अगमनसँगै प्रकृतीको शुभकामना स्वरुप सिरहाको सलहेस फूलवारीमा फूल्ने अनौठो फूल यसपाली पनि फुलेको छ। लहानदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलबारीस्थित हारमको रुखमा ‘माला आकृति फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ।
    यस फूलवारीको असंख्य रुख मध्ये मालिनी मन्दिरको दक्षिणमा टाँसिएको हारमको दुईवटा रुखमा वर्षको एक दिन (वैशाख १ गते) माला आकृतिमा फूल फूल्छ । यही दिन लाग्ने फूलवारी मेला भर्न आउने दर्शनार्थीको मुख्य आकर्षण यही फूल बन्ने गर्छ। नयाँ वर्षको दिन मिथिलाबासीको मन फूलबारीमा तानिन्छ। सलहेसको गाथासँग जोडिएको माला आकृति फूल ‘सुनाखरी’ को विशेष प्रजाती भएको लहानका वन तगा वातावरण विज्ञ दिनेश यादव बताउँछन्।

    मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार, नयाँ वर्षको दिन फूल्ने यो फूल राजा सलहेश र दौना मालिनीको ‘प्रेम प्रतिक’ हो। दशौं पुस्ताका पुजारी धामी भन्छन्, सुरुवातदेखि जुन रुखमा यो फूल फूल्यो अहिलेसम्म उही रुखमा उस्तै स्वरुपमा फूल्दै आएकोे छ।’

    फूलबारीको आकर्षण वर्षमा एक दिन फूल्ने फूल हेर्न मिथिलाञ्चल, पूर्वी तराई र विहार र देशभित्रका अन्य जिल्लाबाट श्रद्धालुहरु आउँने गर्छन्। भारत विहारबाट आउँने श्रद्धालुहरुमा ‘दुसाद’ जातिको संख्या उल्लेख्य रहेको पुजारी बताउँछन। राजा सलहेश ‘दुसाद’ जातिका कुल देवता भएकोले पूजा गर्न र मेला भर्न आउने भारतीय श्रद्धालुमा यो जातीको संख्या उल्लेख्य हुन्छ ।

    भारत दरभंगाबाट मेला भर्न आएका झरी पासवानले भने,’वर्षौंदेखि सुन्दै आएको गाथा भन्दा यहाँको वास्तविकता हेर्न पाउँदा अलौकिक अनुभूति भयो। यस्तो आलौकिक फूल ६० वर्षको उमेरमा पहिलो पटक देख्न पाए।’ फूलबारीमा फूल सिंगार्ने ‘दौना मालिनी’ जो राजा सलहेससँग औधी प्रेम गर्थिन, नयाँ वर्षको दिन सहलेश राजासँग भेट्न फूलको रुपमा प्रकट हुने लोकविश्वास छ ।

    एक दिन मात्र फूल्ने यो फूल दैविशक्तिको प्रतिक हो, धार्मिक उपज हो वा कुनै वनस्पतिक विशेषता यस बारेमा ठोस अनुसन्धान भएको छैन् । लहानका वन तथा वातावरण विज्ञ यादव भन्छन्,’ सुनाखरीकोे ३५ प्रजाती मध्ये यो अनौठो हो।’ नेपालमा सुनाखरीको ८ प्रजाती पाइन्छ।

    वैशाख १ गते पूर्ण रुपमा फूल फूलेर फक्रिनु र २ गते देखि विस्तारै मुर्झाउँदै जानु अद्भुत घटना भएको उनल बताए। अरु फूल मुर्झाएर तिनका पात भूईंमा झर्छन् तर, यो फूलको एउटै पत्र भूईंमा नझर्ने पुजारी धामी बताउँछन्। सलहेस फूलवारी र यो फूललाई संरक्षित फूल र वन बनाएर अनुसन्धान गर्नुपर्ने यादवको भनाइ छ ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.