×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

‘सँगै हिँडेको गोर्खाली साथीलाई बमले उडायो’

  •  
  • बुधबार, बैशाख ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चन्द्र गुरूङ भन्छन्- चार्ल्स परम्परागत, ह्यारी बिन्दास

     चिरञ्जीवी पाैडेल/कुशल तिमल्सिना

    देब्रे गुरुङलाई चिन्नुहुन्छ ? पक्कै चिन्नुहुन्न । बेलायतका युवराज चार्ल्सलाई त पक्कै चिन्नुहुन्छ । उनै चार्ल्सका नेपाली अंगरक्षक हुन् देब्रे ।

    खास नाम हो चन्द्रबहादुर गुरुङ । देब्रे हात धेरै चल्ने भएकाले उनलाई साथीभाईले ‘देब्रे’ भनेर बोलाउन थाले । उनलाई किन-किन यही नाम मन पर्नगयो । अहिले आफू पनि देब्रे नै लेख्छन् । नपत्याए उनको फेसबुक-ट्वीटर हेर्नुभए हुन्छ ।

    ठमेलको एउटा होटलको कौशीको देब्रे भागमा बसेर हामी देब्रेसँग गफगाफ गर्दैछौं । उनको देब्रे हातमा चुरोटको ठुटो छ । कालो सुट र कालै चश्मामा ठाँटिएका देब्रे कुनै हलिउड स्टारभन्दा कम देखिएका थिए भन्दा उनको अवमूल्यन हुनेछ ।

    प्रिन्स ह्यारी नेपाल आउनुभन्दा दुई दिनअघि आएका उनी ह्यारी फर्केको दुई दिनपछि फर्किए । ह्यारीको भ्रमण लगातार समाचारको विषय भयो तर, देब्रे आएको र गएको कसैले थाहा पाएन ।

    हाम्रो कुराकानी उनी र्फकने अघिल्लो दिन भएको हो । अन्तरवार्ताका लागि आग्रह गर्दा सुरुमा उनी निकैबेर अन्कनाएका थिए ।
    ‘बोल्दा तल-माथि होला, अप्ठेरो पर्ने हो कि ?’ उनी यसरी भुट्भुटिँदै थिए ।

    केहीबेर सोचेर आफैंले आफूलाई कन्भिन्स गरे र अन्तरवार्ता दिन तयार भए । उनले ब्रिटिश सेनामा आफ्नो प्रवेश, अफगानिस्तानमा लडाइँ लड्दाको क्षण र बेलायतको राजपरिवारसँगका अनुभुतिहरु यसरी व्यक्त गरेः

    सानैदेखिको लाहुरे सपना

    पोखरामा सन् १९८२ मा मेरो जन्म भयो । मेरा बुवा र हजुरबुवा दुवै जना ब्रिटिस आर्मी हुनुहुन्थ्यो । मेरो हजुरबुबाले १९४२ मा मलेसियाको बोनीको लडाइँमा भाग लिनुभएको थियो ।

    अलि बुझ्ने भएदेखि मैले उहाँको मुखबाट लडाईंका कथाहरु सुन्न थालेँ । ती कथाहरुले मलाई भित्रैदेखि रोमाञ्चित बनाउँथे । ठूलो भएपछि ब्रिटिश आर्मी नै बन्ने हो भन्ने खालको भावना सानैदेखि विकास भयो ।

    बुबा १९९२ मा रिटायर्ड हुनुभयो । बुबाले अवकाश पाउँदा म १० बर्षको थिएँ । मैले पोखराको न्यू मोडल बोर्डिङ स्कुलबाट एसएलसी पास गरेँ ।  पढाइमा खासै ध्यान थिएन । एसएलसी दिएलगत्तै मलाई ब्रिटिस आर्मी बन्ने हतारो भइसकेको थियो । बुबाले मलाई आधारभूत कुराहरु घरमै सिकाउनुभएको थियो ।

    म २००१ मा १८ वर्षको उमेरमा बि्रटिस आर्मीका लागि आवेदन दिएँ र छनोट पनि भएँ । मेरो ब्याचमा २ सय ३० जना थिए ।

    प्रारम्भिक तालिममा ३/४ वटा हतियारमात्र खेलाउन पाइन्छ । तर, ब्रिटिस सेनाले आफ्नो करिअरमा २० देखि २५ वटासम्म हतियारहरु चलाउन सिक्नुपर्छ

    बन्दूक चलाउन अप्ठेरो

    बेलायतको उत्तरी क्षेत्रमा पर्ने आइटीसी क्याट्रिकमा मैले ९ महिना कठोर तालिम लिएँ । यही तालिमले एउटा सामान्य व्यक्तिलाई सैनिकमा परिणत गर्दछ । त्यसैले यो सजिलो तालिम पक्कै हुँदैन ।

    म लेफ्टी हुँ । जे गर्दा पनि बायाँ हात अगाडि चल्छ । तालिममा बन्दुक बोक्दा नै मलाई असजिलो हुन्थ्यो । बन्दुक चलाउन सिक्दा पनि सामान्यभन्दा बढी समय लाग्यो । आर्मीमा बन्दुक दाहिनेपट्ट नै बोक्नुपर्छ र दाया हातले नै चलाउनुपर्छ । मलाई अपायक परेजस्तो लाग्थ्यो ।

    प्रारम्भिक तालिममा ३/४ वटा हतियारमात्र खेलाउन पाइन्छ । तर, ब्रिटिस सेनाले आफ्नो करिअरमा २० देखि २५ वटासम्म हतियारहरु चलाउन सिक्नुपर्छ । सिक्ने प्रक्रिया लामो समय चलिरहन्छ ।

    लडाईको अग्रपक्ति रोजेँ

    तालिम सकिएपछि पल्टन रोज्न लगाइन्छ । बेलायती सेनाको कुन बिभागमा काम गर्ने भनेर सोधिन्छ । मैले आफ्नो सेनाको इन्फेन्ट्री विभाग रोजेँ । कुनै पनि लडाइँको अग्रपंतिमा रहने सैनिक दस्तालाई इन्फेन्ट्री भनिन्छ । यो सबैभन्दा चुनौतिपूर्ण जिम्मेवारी हो ।

    तर, एउटा सैनिकले लडाईंलाई मैले आफ्नो जीवनको अपरिहार्य हिस्सा सम्झेको हुन्छ । लडाईबिनाको सैनिक जीवन अपूर्ण ठानिन्छ । त्यसैले इन्फेन्ट्री रोज्न मलाई कुनै हिच्किचाहट भएन । मेरो बुवा-हजुरबुवाले पनि इन्फेन्ट्री नै हुनुहुन्थ्यो ।

    तालिम पूरा गरेपछि मेरो पल्टन ब्रुनाइ आयो । पल्टनमा करिव ८०० जना सिपाही थियौं । त्यहाँ म ३ वर्ष बसेँ । यो बसाइमा धेरै समय तालिममै बित्यो । बीचमा केही अपरेसनहरुमा पनि सामेल भयौं ।

    तीन वर्षपछि पुनः बेलायत फर्कियौं । खासै व्यस्त भएनौं । सामान्यतयाः तालिममै  दिन बितिरहेको थियो । त्यति नै बेला अफगानिस्तानमा तालिवानी युद्ध शुरु भयो । बेलायती सेनालाई पनि अफगानिस्तानमा खटाइयो । त्यसपछि हामीलाई ठूला र कठीन तालिमहरु दिन थालियो ।

    मैले अफगानिस्तानमा ३ वटा मिसनमा रहेर युद्ध लडेको छु । पहिलोपटक सन् २००७ मा पुगेको थिएँ । त्यसपछि २०१० र २०१२ मा । एउटा मिसन ६ महिनाको हुन्छ ।

    मैले आफ्नो मिल्ने गोर्खाली साथी गुमाउनुपर्‍यो । म्याग्दीको फुलकुमार पुनलाई आफ्नै आँखाअगाडि बमले उडाएको घटना कहिल्यै भुल्न सक्दिँन

    तीनमध्ये पहिलो मिसनमा हामी आक्रामक थियौं । आफ्नै योजनाअनुसार आक्रमणमा सहभागी हुन्थ्यौं । तर दोस्रो र तेस्रो मिसनमा हामीले त्यहीँका सेना र प्रहरीसँग मिलेर योजना बनाउथ्यौं । लडाईमा उनीहरु नै जान्थे,  हामीले ब्याक सपोर्ट दिन्थ्यौं । यस क्रममा कयौंपटक दोहोरो फायरिङ हुन्थ्यो । मेरो टाउको माथिबाट, कान छेउबाट गोली गएका घटना धेरै छन् । भाग्यवस मलाई कुनै गोली लागेन । हामीले अफगानिस्तानको द्वन्द्वग्रस्त हेल्मन प्रान्तमा रहेर अपरेसन गरेका थियौं ।

    सँगै हिँडेको साथी गुमाएँ 

    सन् २०१० मा दोस्रो पटकको मिसनमा जाँदा भने पीडादायी घटना भयो । मैले आफ्नो मिल्ने गोर्खाली साथी गुमाउनुपर्‍यो । म्याग्दीको फुलकुमार पुनलाई आफ्नै आँखाअगाडि बमले उडाएको घटना कहिल्यै भुल्न सक्दिँन ।

    त्यस दिन हामी गस्तीमा थियौं । गर्मी निक्कै चढेको थियो, सायद ४५ डिग्री सेल्सियसजति थियो होला । फूलकुमार र मैले एउटै चुरोट पालैपालो तानिरहेका थियौं । अन्तिमपटक मलाई चुरोटको ठूटो दिएर ऊ अलिकति अगाडि बढ्यो । मभन्दा करिव २० मिटरको दुरीमा थियो फुलकुमार ।

    यत्तिकैमा ठूलो आवाजसहित बम विष्फोट भयो । अघि सँगै हिडेको फुलकुमार विष्फोटभित्र हरायो । उसले दिएको चुरोटको ठूटो मेरो हातमै थियो । पलभरमै त्यहाँको वातावरण कोलाहलपूर्ण बन्यो । विष्फोटमा परेकाहरुको लास टुक्राटुक्रा भएर उछिट्टएिका थिए । धुवाँ र धुलो उडिरहेको थियो । मानिसहरु चिच्याउँदै भागाभाग गर्न थाले ।

    तर, हामी त सैनिकलाई  ज्यान बचाएर भाग्ने सुविधा थिएन । त्यसमाथि मेरो आफ्नै साथी घटनामा परेको थियो । साथीको मृत्यूमा शोक मनाएर बस्ने अवस्था पनि थिएन ।

    त्यहाँ कुनै तालिबानीले आत्मघाती विष्फोट गराएको रहेछ । हामी सबैलाई टार्गेट गरेको थियो होला । तर, हामी प्रायः समुहमा झुरुप्प भएर हिँड्दैनथ्यौं । अलिकति दुरीमा हिँड्थ्यौं । त्यसैले म बाचेँ ।

    शहरको बीचमा गराइएको विष्फोटमा धेरै सर्वसाधारणको ज्यान गयो । विष्फोट यति भयानक थियो कि करिव २ मिनेटसम्म मैले केही देखिनँ । वरिपरि धुलो र धुवाँ मात्र थियो । हाम्रा कमाण्डरले रेडियो सेटबाट सबैको जानकारी लिन खोजे । तर, दुई जना सम्पर्कविहीन बने । यसमा एक बेलायती साथी पनि परेछन् ।

    कोलाहललाई चिर्दै हामी विष्फोट भएको ठाउँमा पुग्यौं । साथीहरुको शव पहिचान गर्‍यौं । हाम्रो सहयोगका लागि स्थल र हवाई टोली थपियो । त्यसपछि हामी जतिसक्दो छिटो शव लिएर त्यहाँबाट पल्टनमा फर्कियौं ।

    आधार शिविरमा पुगेर आराम गर्दा पो म झसंग भएँ ।  अघिसम्म सँगै हिँडेको साथी गुमाएको पीडा बल्ल महसुस हुन थाल्यो । धेरै दिनसम्म उसको अनुहार झल्झली आँखाअगाडि आइरहेको थियो ।

    मेरो लडाईको सबैभन्दा कठीन क्षण र अनुभव अफगानिस्तानमै हो । लडाईमा जाँदा यता परिवारमा चिन्ता बढ्थ्यो । फुर्सद हुनासाथ फोन गर्थेँ । तर, कहिलेकाहीँ लामो समयसम्म पनि फोन गर्न पाइन्नथ्यो ।

    अफगानिस्तानका तीनवटा मिसन सकेर लण्डन फर्किएँ । र त्यसलगत्तै एउटा तालिमको लागि क्यानडा गएँ । क्यानडामा लाइभ फाइरिङको कोर्ष गरेको थिएँ । त्यसपछि फेरि लण्डन आएँ ।

    Debbre1

    यसरी युवराजको अंगरक्षक छानिएँ

    सन् २०१५ को प्रारम्भमै मेरो सैनिक जीवनमा नयाँ र सुखद मोड आयो । म बेलायती युवराज चार्ल्स अंगरक्षकमा छानिएँ । वास्तवमा बेलायतको राजपरिवार विश्वभर सम्मानित छ ।

    राजपरिवारका सदस्यलाई बेलायतभित्र ठूलो श्रद्धा गरिन्छ । यस्तो राजपरिवारसँग काम गर्न पाउनु मेरा लागि सपनाभन्दा ठूलो थियो । युवराज चार्ल्स गोर्खा सैनिकलाई असाध्यै माया गर्नुहुन्छ ।

    गोर्खाली सेनाको सबैभन्दा उच्च अहोदा ‘कर्नेल इन चिफ’ पनि हुनुहुन्छ उहाँ । पहिलेदेखि नै उहाँले एकजना गोर्खा सैनिकलाई आफ्नो सुरक्षाका लागि राख्ने गर्नुभएको छ । म क्यानाडाबाट बेलायत फर्किएका बेलामा चाल्र्सको सुरक्षामा खटिएका गोर्खा सैनिक प्रेम राई रिटायर्ड हुनुभयो । त्यसपछि मैले मौका पाएको हुँ ।

    सैनिकमा भर्ती भएदेखि मेरो सबै रेकर्ड राम्रो थियो । कतै खोट लगाउने ठाउँ थिएन । सैन्य शिक्षा पनि धेरै लिइसकेको थिएँ भने अंग्रेजी पनि खरर बोल्थेँ । मैले तीनवटा अन्तरवार्ता दिएँ । सबै अन्तरवार्ता राम्रो भयो ।

    सबै चरण पार गरिसकेर म युवराज चार्ल्सको अंगरक्षक नियुक्त भएँ । मेरो कार्यकाल अब दुई वर्ष बाँकी छ । त्यसपछि पनि उहाँले चाहनुभयो भने थप्न सक्नुहुन्छ । म त जति लामो समय बस्न पाएँ, त्यति खुशी हुन्छु ।

    यो एउटा ‘हाई प्रोफाइल जब’ हो । एकातर्फ युवराज जस्तो व्यक्तिको सुरक्षा दायित्व काँधमा हुन्छ भने अर्को सिंगो गोर्खा सैनिकको इज्जत मसँग जोडिएको हुन्छ । म आफ्नो जिम्मेवारीमा चुकेँ भने गोर्खा सैनिक मात्रै नभएर देशकै प्रतिष्ठामा असर पर्छ । त्यसैले यो जिम्मेवारी जति आकर्षक छ, त्यति चुनौतिले भरिएको पनि छ ।

    राजपरिवारसँग निकटता

    बेलायतको राजपरिवार दैनिक कार्यतालिका अनुसार चल्छ । धेरै कुरा मैले सार्वजनिक गर्न मिल्दैन । युवराज चार्ल्ससँग त मेरो व्यक्तिगत निकटता हुने नै भयो । राजपरिवारका अन्य सदस्यहरुसँग पनि मेरो राम्रै छ ।

    युवराज विदेश भ्रमणमा जाँदा बाहेक म उहाँकै साथमा हुन्छु । बेलायतभित्र जुनसुकै स्थानमा जाँदा पनि उहाँसँगै जानुपर्छ । कहिलेकाहीँ एउटै गाडीमा पनि हुन्छु । प्राइभेट जेटमा पनि सँगै यात्रा गरेको छु ।

    यद्यपि, म दरबारभित्र बस्दिनँ । सेन्ट्रल लण्डनको केनिङटनस्थित दरवारकै स्वामित्वमा रहेको भवनमा मेरो परिवारलाई बस्ने व्यवस्था मिलाइएको छ । हरेक दिन म बिहान आठ बजे दरबार पुग्छु र बेलुका फर्किन्छु ।

    त्यसो त मेरो ड्यूटी युवराज चार्ल्ससित मात्रै सम्वन्धित छ । यद्यपि युवराज्ञी क्यामिलालाई पनि विभिन्न काममा सघाइरहेको हुन्छु । सप्ताहान्तमा राजपरिवारको जमघट हुुन्छ । त्यसक्रममा महारानी भिक्टोरिया, राजकुमारहरु विलियम, हृयारी, राजकुमारी केट लगायतसँग भेटघाट भइराख्छ ।

    मैले बेलायती राजपरिवारका सदस्यहरुमा राजनीतिप्रति खासै चासो पाइनँ । देशभित्रकै  दैनिक राजनीतिमा पनि उहाँहरुले त्यति ध्यान दिनुहुन्न । तर समाजसेवामा उहाँहरु सबैको गहिरो अभिरुची छ ।

    debbre

    यस्ता छन् चार्ल्स

    मैले भनिहालेँ, युवराज चार्ल्सको गोर्खालीप्रति निकै ठूलो सद्भाव छ । उहाँको व्यक्तिगत स्वभाव पनि मलाई गोर्खाली पाराको लाग्छ । उहाँ आफ्नो चलनचल्तिको व्यवहारबाट कहिल्यै दायाँ-बायाँ जान रुचाउनुहुन्न । एउटै ढर्राको जीवनशैलीमा बस्न रुचाउनुहुन्छ ।

    भारतीय नाकाबन्दीको विषयमा भने खासै कसैले सोध्नुभएन । राजनीतिसँग जोडिएको विषय भएकाले पनि हुनसक्छ उहाँहरुले ध्यान नदिनुभएको ।

    पुराना लुगा लामो समयसम्म लगाएको पनि देख्छु । पुराना-पुराना सामानहरु जम्मा गर्न सौखिन हुनुहुन्छ । धेरै पुरातन कुराहरुमा विश्वास राख्नुहुन्छ ।

    युवराज चार्ल्स समयलाई निकै महत्व दिनुहुन्छ । आफ्नो सेड्यूलभन्दा एक मिनेट पनि तलमाथि भएको उहाँलाई मन पर्दैन । खानपिनमा त्यति सौखिन हुनुहुन्न । दिउसो चिया धेरै पिउनुहुन्छ । उहाँको लागि बिशेष चिया उपलब्ध हुन्छ । साँझ अल्कोहलमा रमाउनुहुन्छ । मार्टिनी, जिनटोनिक लगायत उहाँका मनपर्ने ब्राण्ड हुन् ।

    उहाँ ख्यालठट्टा गर्न पोख्त हुनुहुन्छ । मसँग कुरा गर्दा हरेकपटक एक-दुई शब्द ख्यालठट्टा गरेको पाउँछु । मलाई अहिलेसम्म गाली गर्नुभएको थाहा छैन । कुनै काम नबिगारेकाले होला । कसैले कुनै काम बिगर्दा एकदमै रिसाएको देखेको छु ।

    नेपालमा गत बैशाख १२ गते भूकम्प जानेबित्तिकै बिहानै युवराज चार्ल्सले मलाई बोलाउनुभयो । सञ्चारमाध्यहरुले नेपाल पूरै तहसनहस भएको जस्तो समाचार संप्रेषण गरिरहेका थिए । उहाँ निक्कै चिन्तित देखिनुभयो ।

    उहाँले मेरो परिवारको हालखबर सोध्नुभयो । मैले आफ्नो परिवारसँग सम्पर्क भएको र सबैजना सकुशल रहेको बताए । त्यसपछि उहाँले नेपालको अवस्थाबारे जिज्ञासा राख्नुभयो । मैले थाहा पाएसम्म ब्रिफिङ गरेँ ।

    राजपरिवारका अन्य सदस्यले पनि मलाई भुकम्पको विषयमा बारम्बार सोधिरहनुहुन्थ्यो । त्यसैले पनि म अपडेट भएर बस्नुपर्थ्यो ।

    भारतीय नाकाबन्दीको विषयमा भने खासै कसैले सोध्नुभएन । राजनीतिसँग जोडिएको विषय भएकाले पनि हुनसक्छ उहाँहरुले ध्यान नदिनुभएको ।

    यस्ता छन् ह्यारी

    हृयारी बेलायली राजकुमार मात्र नभएर ब्रिरटिस आर्मी पनि हो । उहाँले अफगानिस्तान युद्धमा गोर्खालीहरुलाई साथ दिनुभएको छ ।

    अन्य राजपरिवारभन्दा ह्यारीको स्वभाव अलि फरक छ । उहाँ धेरै औपचारिकतामा विश्वास गर्नुहुन्न । स्वतन्त्रतापूर्वक हिँड्न रुचाउनुहुन्छ । औपचारिक कार्यक्रमहरुमा उहाँको त्यति लगाव देखिदैन । जबकि उहाँका दाई विलियम्सको स्वभाव भने ठ्याक्कै बाबु चार्ल्सजस्तै छ । विलियम्समा राजामा हुने गुण छ ।

    Debbre2

    ह्यारीले मलाई साथीको जस्तो व्यवहार गर्नुहुन्छ । उहाँ मेरो देश जान लागेको खबर सुन्दा म गदगद भएँ । म नेपाल नआएको तीन वर्ष भएको थियो । उहाँसँगै आउन मन लाग्यो । मैले युवराजमार्फत प्रस्ताव राखेँ । उहाँ पनि खुशी हुनुभयो । ह्यारीभन्दा अगाडि नै पुगेर चाँजोपाँजो मिलाउन निर्देशन पनि दिनुभयो ।

    हृयारीभन्दा २ दिन अगाडि नै म नेपाल आएँ । अफिसियल भेटघाटहरुमा मेरो कुनै भूमिका भएन । अनौपचारिक भ्रमणका क्रममा गोर्खाहरुसँग भेटघाट लगायतका कार्यक्रम मैले र मेजर प्रकाश गुरुङले मिलेर बनाएका हौं ।

    एउटा कुरा चाहिँ मैले  चाहेर पनि उहाँको तालिकामा राख्न सकिन । पोखरामा  ब्रिटिस लाहुरेको छनौट गर्दा  भारी बोकेर डाँडामा हिँडाएको देखाउन मन थियो । तर, त्यत्तिकै भयो ।

    औपचारिक भ्रमणपछि ह्यारी फर्किनुभयो । म थप केही दिन घरबिदामा बसेको छु । फर्केपछि युवराज चार्ल्सलाई नेपालको हालखबर सुनाउनुपर्छ । विशेषगरी भुकम्पपछिको पुनर्निमाणका विषयमा उहाँले चासो राख्नुहुनेछ । यस विषयमा म पनि बुझ्दैछु ।

    भविश्यको योजना

    मैले बेलायती सेनामा जागिर खाएको १५ बर्ष पुग्यो । यसबीचमा राम्रै कमाई पनि भयो । खर्च पनि गरियो । सम्पत्ति खासै जोडेको छैन । पोखरामा एक टुक्रा जग्गा किनेको छु । बाबुबाजेले बनाएको घर छँदैछ । बरु लण्डनमा एउटा घर खोजीरहेको छु किन्नलाई ।

    मेरो बाँकी जीवन सायद बेलायतमै बित्नेछ । यद्यपि, नेपालमा केही सामाजिक काम गर्ने इच्छा छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.