×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

डाक्टरहरूको सबै विवरण एपमा

  •  
  • बुधबार, बैशाख ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एपमा २००७ फागुनदेखि २०७२ चैतसम्मका चिकित्सकहरूको तथ्यांक राखिएको छ

    वैशाख १, २०७३- मुलुकमा कुन विधाका कति डाक्टर छन्? विदेशमा कति नेपाली डाक्टर कार्यरत छन्? जिल्ला तथा क्षेत्रगत रूपमा डाक्टरहरूको उपस्थिति कस्तो छ? यसको यकिन जवाफ स्वास्थ्य मन्त्रालय लगायत स्वास्थ्यसँग सम्बन्धित निकायसँग समेत छैन।

    मुलुकमा डाक्टरको वास्तविक स्थितिबारेको अन्योल चिर्न नेपाल चिकित्सक संघले ‘मोबाइल एप्लिकेसन’ ल्याएको छ। ‘मुलुकमा चिकित्सकहरूको वास्तविक स्थितिबारे सरकार, सरोकारवाला लगायतका आमजनतालाई सुसूचित गर्न हामीले यो एप ल्याएका हौं’, संघका अध्यक्ष अन्जनी झाले भने, ‘यसलाई अद्यावधिक गर्दै जानेछौं।’

    यो मोबाइल एप्लिकेसनमा हाल १३ हजार पाँच सय १० डाक्टरको तथ्यांक राखिएको छ। जसमा सबै डाक्टरको नाम, विज्ञता, स्थान लगायतका जानकारी छन्।

    १३ महिनामा तयार पारिएको यो एपमा २००७  फागुन २० गतेदेखि २०७२  चैत ३ गतेसम्मका चिकित्सकहरूको तथ्यांक राखिएको छ। यसमा भएका जानकारी डाक्टरहरूलाई फर्म भराएर तथ्यांक संकलन गरिएको हो।

    यो एपबाट डाक्टर–बिरामी, डाक्टर–डाक्टर लगायतका विभिन्न सरोकारवालाबीच संवाद गर्न सक्नेसमेत व्यवस्था छ। विभिन्न मेडिकल जर्नल, चिकित्सकीय
    रिफरेन्स एवं क्याल्कुलेटर पनि यसमा राखिएको छ।

    एपमा हालसम्म राखिएको तथ्यांकअनुसार नेपालबाट एमबीबीएस गरेका ५ हजार ६ सय ९९ डाक्टर छन् भने चीनबाट २ हजार एक सय ८३ तथा भारतबाट स्नातक गर्ने डाक्टरहरूको संख्या एक हजार आठ सय २६ छन्। यस्तै बंगलादेशबाट १३ सय, रुसबाट आठ सय ८०, फिलिपिन्सबाट एक सय १२ जना डाक्टरले एमबीबीएस गरेका छन्।

    सबैभन्दा बढी काठमाडौंका ३ हजार ७ सय ८ डाक्टर छन्। दोस्रो स्थानमा ललितपुरका एक हजार एक सय १३ र तेस्रो स्थानमा कास्कीका ६ सय ४४ डाक्टर छन्। यस्तै, चितवनका ५ सय ६९, मोरङका ४ सय ८३ जना डाक्टरहरू छन्।

    बाजुरा र रसुवाका तीन–तीन, डोल्पा र कालिकोटका दुई–दुई र मुगुका एक जना डाक्टरको विवरण एपमा समावेश गरिएको छ।

    एपको तथ्यांकअनुसार दुई हजार सात सय ७९ डाक्टरले विभिन्न विधामा विशेषज्ञता हासिल गरेका छन्। विज्ञता हासिल गर्नेमा सबैभन्दा बढी ७ सय ६६ जना डेन्टल सर्जन रहेका छन् भने त्यसपछि ३ सय ५९ जना स्त्रीरोग विशेषज्ञ छन्।

    यस्तै शल्यचिकित्सक दुई सय ७२, बालरोग विशेषज्ञ २ सय ३२, फिजिसियन दुई सय ८, जनरल प्राक्टिसनर २ सय २, हाडजोर्नी विशेषज्ञ एक सय ९२, जनस्वास्थ्य विज्ञ एक सय ८४, नेत्र विशेषज्ञ एक सय ६३, एनेस्थेसियोलजिस्ट एक सय ५७, नाक–कान–घाँटी विशेषज्ञ एक सय १७, छाला रोग विशेषज्ञ एक सय ५ र मुटुरोग विशेषज्ञ एवं शल्यचिकित्सक एक सय एकजना छन्।

    यसैगरी, रेडियोलजिस्ट ७६, मेडिकल एन्ड रेडिएसन अंकोलजिस्ट ४१, न्युरो सर्जन ३७, मेडिकल माइक्रोबाइलोजिस्ट,३६, फिजियोलजिस्ट ३०, नेफ्रोलोजिस्ट २८, फरेन्सिक मेडिसिन २०, मेडिकल बायोकेमिस्ट १६, एनाटोमिस्ट १५, क्लिनिकल फर्माकोलोजिस्ट १५, इन्डोक्राइनोलजिस्ट ३, जेरियाट्रिसियन २, हेपाटोलजिस्ट २, पेडियेट्रिक साइकियाट्रिस्ट १ जना छन्।

    अमेरिकामा करिब एक हजार तथा बेलायतमा पाँच सय नेपाली डाक्टर कार्यरत रहेको अनुमान गर्दै संघले हाल अमेरिकामा भएका दुई सय ६८ र बेलायतमा भएका ८८ डाक्टरको तथ्यांकसमेत एपमा राखेको छ। हाल करिब दुई हजार डाक्टर विदेशमा पोस्ट ग्रयाजुएसन गरिरहेको अनुमानसमेत संघको छ।

    ‘एपमा बिरामीका भएको छलफल फोरममा डाक्टर वा आमव्यक्तिले नयाँ केसबारेमा जानकारी राख्न सक्छन् भने विज्ञले सुझाव समेत दिन सक्छन्,’ एप निर्माणमा संलग्न हेल्थ कन्सर्नका सीईओ डा. सुवास प्याकुरेल भन्छन्, ‘यो एप हाल एन्ड्रोइड फोनमा उपलब्ध छ, आइफोनका लागि छिटै उपलब्ध हुनेछ।’ यसको अद्यावधिक प्रक्रिया जारी रहने डा.
    झाले बताए।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.