×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

२०७२ लाई फर्केर हेर्दा : ऊज्यालो र अध्याँरो बराबर

  •  
  • मङ्गलबार, चैत ३०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र ३०, २०७२- क्रम संवत् २०७२ मा नेपालीले विशेषगरी तीन महत्त्वपूर्ण घटना/परिघटनालाई अनुभव गर्न पाए, विनाशकारी भूकम्प, नयाँ संविधान र नाकाबन्दी । भूकम्पले लगाएको घाउमा नयाँ संविधानले मलम लगायो । नयाँ संविधान जारी हुनेबित्तिकै मधेस आन्दोलन र भारतीय नाकाबन्दीले जनजीवन अस्तव्यस्त भो । प्रमुख यी तीन घटना गएको वर्ष अविस्मरणीय रहे, जसको प्रभाव नयाँ वर्ष २०७३ मा पनि देखिनेछ ।

    विनाशकारी भूकम्पको विध्वंस
    नयाँ वर्ष २०७२ सुरु भएको दुई साता पनि बितेको थिएन, वैशाख १२ गते शनिबार मध्याह्न विनाशकारी भूकम्प आयो । गोरखाको बारपाक केन्द्रविन्दु बनाएर आएको भूकम्पले ठूलो धनजनको क्षति भयो । वैशाख २९ गते फेरि सिन्धुपाल्चोक–दोलखा केन्द्रविन्दु भएको अर्को शक्तिशाली भूकम्प आयो । दुवै भूकम्पमा परी नौ हजार बढीको ज्यान गयो, हजारौं घरबारविहीन भए । ५ लाख बढी घर पूर्ण रूपमा क्षति भए भने त्यत्ति नै संख्यामा आंशिक क्षति पुग्यो । यसबाट मुलुकका १४ जिल्ला बढी प्रभावित भए । सबभन्दा बढी गोरखा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, काभ्रे, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर प्रभावित रहे । भूकम्पका कारण मुलुकको विकास ठप्प बन्यो । यसबाट ८० लाख जनसंख्या प्रभावित भयो । यसबाट ७ सय ६ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

    विज्ञहरूले भूकम्पका कारण चालू वर्षमा आर्थिक वृद्धि नहुने विश्लेषण गरे । यसले गर्दा मुलुकको आर्थिक वृद्धि माइनस (ऋणात्मक) बन्यो । सरकारको सम्पूर्ण ध्यान राहत र उद्धारमा केन्द्रित हुनुपर्ने अवस्था छ । तत्कालीन राहत र उद्धारको काम करिब सकिएको भए पनि भूकम्पपीडितको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रक्रिया भने वर्षको अन्त्यमा सुरु भयो ।

    नयाँ संविधान, संघीयताको जग
    भूकम्पले मुलुकलाई थिलथिलो पारेका बेला लामो प्रतीक्षा र रस्साकसीपछि असोज ३ मा मुलुकले संघीयतासहितको नयाँ संविधान पायो । पहिलो संविधानसभाको असफलतापछि दोस्रो निर्वाचनपछि नयाँ संविधान आयो । संविधानसभाका ५ सय ३७ सभासदले हस्ताक्षर गरी संविधानलाई अनुमोदन गरे, तर मधेसी दलले संविधानसभा बहिष्कार गरे । मधेसी, जनजाति ५७ सभासदले संविधानसभा बहिष्कार गरेका थिए ।

    यो वर्षको सबभन्दा ठूलो उपलब्धि नै लामो समयदेखि थाँती रहेको नयाँ संविधान आउनु हो । यसले खासगरी गणतन्त्र र संघीयताको जग बसालेको छ । मुलुक संक्रमणकालबाट गुज्रिरहेका बेला संविधान जारी गरी प्रमुख राजनीतिक दलले मुलुकलाई सही मार्गमा ल्याएका थिए । त्यसले राजनीतिक दलप्रति बढ्दै गएको अविश्वासलाई कम गर्ने काम गर्‍यो ।

    अन्तरिम संविधानबाट चलेको मुलुकलाई यो संविधानले बाटो तय गरे पनि मधेसी र जनजाति दलले विरोध गरेकाले यसमा अझै परिमार्जन गर्नु अपरिहार्य भएको छ । मधेसी दलको असहमतिबीच जारी भएको संविधान लोकतान्त्रिक विधिबाट जारी भएको थियो । संविधान जारी गर्नुअघि असुन्तष्ट दलसँग पर्याप्त गृहकार्य नगर्नु कमजोरी भए पनि संविधान जारी नभएको भए मुलुक योभन्दा अप्ठ्यारो अवस्थामा पुग्ने खतरा थियो ।

    अघोषित नाकाबन्दी
    नयाँ संविधान जारी भएपछि भारतले स्वागत गरेन, उसको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संविधान जारी भएपछि आफूले ‘नोट’ गरेको उल्लेख गर्‍यो । भारतले असन्तुष्टि जनाए पनि चीनले संविधान जारी गरेकामा खुसी व्यक्त गर्‍यो । भारतले संविधान जारी भएकामा असन्तुष्टि मात्र जनाएन, नेपाल भित्रिएका आफ्ना यातायात मजदुर असुरक्षित भएको भन्दै संविधान जारी भएको दुई दिनपछि असोज ५ देखि नै अघोषित नाकाबन्दी गर्‍यो । त्यसपछि ७० प्रतिशत इन्धन आयात हुने वीरगन्ज नाकामा मधेस केन्द्रित दलको आन्दोलन चर्कियो । त्यहाँ रहेको मितेरी पुलमा त्रिपाल टाँगेर आन्दोलनकारीले २४ घण्टे धर्ना दिन थाले ।

    त्यो नाका ठप्प भयो । तर, आन्दोलन नभएका मेची, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढीबाट इन्डियन आयलका डिपोमा गएका गाडीलाई इन्धन दिइएन । यता वीरगन्ज नाकामा धर्ना बसेका आन्दोलनकारीलाई भारतीय पक्षले खानपिनको व्यवस्था गरिरह्यो । ‘संघीय प्रदेशको सीमांकनमा हेरफेर, राज्यको हरेक तहमा प्रतिनिधित्वमा समानुपातिक प्रणाली, नागरिकता, निर्वाचन क्षेत्रको पुनरावलोकन’ हुनुपर्ने माग गर्दै मधेसी मोर्चा त्यसबेला आन्दोलनमा उत्रिएको थियो । भारतले आन्दोलनबीचमा आन्दोलनरत दलका माग सम्बोधन गर्न निरन्तर दबाब दिइरह्यो । नाकाबन्दी १ सय ३५ दिनसम्म चल्यो । नाकाबन्दीका कारण २०४५ सालपछि पहिलो पटक इन्धनको भयंकर समस्या भयो, यतिसम्मकि राजधानीबासी दाउरे युगमा फर्किन बाध्य भए ।

    मधेस, थारु आन्दोलन
    संविधान जारी प्रक्रियासँगै सुरु भएको मधेस, थारु आन्दोलन १७५ दिनसम्म चल्यो । यो आन्दोलनका क्रममा मधेस आन्दोलनकारी, प्रहरी र सर्बसाधारणसहित ६२ जनाको दु:खद मृत्यु भयो । संविधान जारी हुनु अघि ७ भदौमा कैलालीको टीकापुरमा थारु आन्दोलनकारीको आक्रमणमा नेपाल प्रहरीका एसएसपीसहित सात प्रहरी र एक बालकसहित ८ जनाको मृत्यु भएको थियो । आन्दोलनले उग्ररुप लिन थालेपछि सेना परिचालन भयो ।

    संविधान जारी भएपछि झन् यसले उग्ररुप लियो । मध्य र पूर्वी तराइका सहर वीरगन्ज, जनकपुर, राजविराजमा आन्दोलन केन्द्रित भयो । वीरगन्ज केन्द्रित आन्दोलनले विशेष गरी इन्धन आयातमा अवरोध गर्‍यो । यतिसम्म कि आन्दोलनका कारण वीरगन्ज धरासायी हुने खतरा पनि देखापर्‍यो । अन्तत: रक्सौल र वीरगन्जका स्थानीयले माघको तेस्रो साता आन्दोलनकारीको प्रतिकारमा उत्रिए । भारतले पनि माघ २३ मा अघोषित नाकाबन्दी खुला गरेपछि मधेस आन्दोलन पनि स्थगित भयो । भारतले नाकाबन्दी अघोषित रूपमा फिर्ता लिनु र मधेस आन्दोलन स्थगित हुनु संयोग बन्न पुग्यो ।

    ओलीको उदय
    २०७१ असारमा पार्टी अध्यक्ष बनेका केपी ओलीका लागि २०७२ साल निकै फलदायी रह्यो । उनी असोज २४ मा प्रधानमन्त्रीमा चयन भए । मुलुकमा नाकाबन्दी भइरहेकै बेला ओली प्रधानमन्त्री बने । एमाओवादी, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिकलगायत साना दलको समर्थनमा ओली सरकार बन्यो । त्यसबेला उनी सामु नाकाबन्दी अन्त्य गर्ने र असन्तुष्ट मधेसी दलसँग सहमति खोज्ने चुनौती थियो । यी दुईमध्ये लामो कूटनीतिक पहलपछि भारतको अघोषित नाकाबन्दी अन्त्य भएको छ भने मधेसी दलसँग अहिले पनि सहमति हुन सकेको छैन ।

    ०७२ सालले बिदा लिनै लागेको बेला मधेसी दल फेरि आन्दोलनको गृहकार्यमा लागि सकेका छन् । मधेसी मोर्चाप्रति ओलीको अडान कायम रहे, फेरि समस्या आउने स्थिति विद्यमान छ । प्रधानमन्त्री ओलीले छ जना उपप्रधानमन्त्रीसहितको ४० जनाको जम्बो मन्त्रीमण्डल बनाई ‘नयाँ कीर्तिमान’ कायम गरे । बिशेषगरी एमाले र एमाओवादीको गठबन्धनमा बनेको सरकारले आपूर्ति व्यवस्था सहज पार्न र कालाबजारी नियन्त्रण गर्न सकिरहेको छैन । नाकाबन्दी खुलेर सहज अवस्थामा समेत खाना पकाउने ग्यासको अभाव कायमै छ । भूकम्प पीडितको बासको पुननिर्माण गर्ने काममा सरकारको काम निकै सुस्त छ ।

    भारतसंग सम्बन्ध चिसो, चीनसंग सम्झौता
    सरकार बनेको छ महिनाको अवधिमा प्रधानमन्त्री ओलीले भारत र चीनको भ्रमण गरे । फागुन ७ मा भएको भारत भ्रमण सोचे जस्तो उपलब्धिमूलक हुन सकेन । केही बुँदे सहमति भए पनि भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्तिसमेत जारी हुन सकेन । आन्दोलनरत मधेसी दललाई सहमतिमा ल्याउनेबारे ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुरा नमिलेपछि संयुक्त वक्तब्य आउन सकेन । कुनै पनि राजकीय भ्रमणका बेला संयुक्त वक्तब्य आउन नसक्नु अर्थपूर्ण रुपमा लिइन्छ । २०७२ मा नेपाल र भारतबीच बिगतको तुलनामा सम्बन्ध चिसियो । चैत ७ मा भएको ओलीको चीन भ्रमणले भने निकै चर्चा पायो । भ्रमणका बेला ओलीले पारवहन तथा यातायातलगायत सम्झौता गरे । चीनको केरुङबाट नेपालमा रेल ल्याउन अध्ययन गर्ने, पोखरा बिमानस्थल निर्माण र पेट्रोलियम पदार्थ भण्डारणका लागि अध्ययन गर्नेलगायतका महत्वपूर्ण सहमति भए । दुई देशबीच संयुक्त बिज्ञप्ती समेत जारी भयो ।

    कांग्रेसमा देउवा हावी
    कांग्रेसको तेह्रो महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवाले उपाध्यक्ष रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भए । संसदीय दलको निर्वाचनमा पनि पौडेललाई पराजित गर्दै देउवा संसदीय दलको नेता भए । देउवाका लागि ०७२ साल महत्वपूर्ण रह्यो ।

    महिला राष्ट्रपति र सभामुख
    नेपालको इतिहासमा यो वर्ष दुई महिला महत्वपूर्ण पदमा पुगे । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति र एमाओवादी नेतृ ओनसरी घर्ती सभामुखमा निर्वाचित भए । कात्तिक ११ मा विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भइन् भने असोज २९ मा ओनसरी घर्ती सभामुखमा चयन भइन् । त्यस्तै १४ कात्तिकमा माओवादी पूर्ब लडाकू कमाण्डर नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्वाचित भए ।

    फूटबलले ल्याएको खुशी
    नेपाली फुटबलको इतिहासमा यो वर्ष निकै उपलब्धिमूलक रह्यो । फागुन ३ भारतको सिलोङमा भएको साग फुटवल प्रतियोगितमा नेपालले २३ वर्षपछि स्वर्ण जित्यो । भारतलाई २–१ हराएर इतिहास रचेको थियो । त्यस्तै माघ ८ ढाकामा भएको बंगबन्धु गोल्डकपको फाइनलमा बहराइन य–२३ लाई ३–० ले हराएर च्याम्पिएन भयो । क्रिकेटमा भने यो वर्ष निराशाजनक भयो । नेपालले विश्वकप टी ट्वान्टी प्रतियोगितामा पुग्न सकेन । फुटबलमा म्याच फिक्सिङ गरेको भन्दै कप्तान सागर थापासहित पाँच खेलाडी पक्राउ परे । जसका कारण उनीहरूले फूटबल खेल्न आजीवन प्रतिबन्ध भोग्नुपरेको छ ।

    “नयाँ शक्ति” को उदय
    माओवादीमा लागेर १० वर्ष सशस्त्र संघर्ष गरेका एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टरुाईले पार्टी छाडे ।

    उनले नयाँ शक्ति अभियान नेपाल गठन गरे । संविधान जारी भएको एक सातापछि असोज ९ गते पार्टी छाडेका उनले आर्थिक क्रान्तिको मुख्य एजेण्डा बोकेको पार्टी बनाउने घोषणा गरेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.