कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २९ गते । गोरखा जिल्ला घर भै रोजगारीको शिलसिलामा पोर्जुगल पुगेका सुर्य गुरुङ्गलाई उपचार अभाव भए पछि नेपालीहरुको सहयोगमा नेपाल फर्काइएको छ ।
गोरखा मान्बु घर भएका गुरुङ्ग बिगत ७ महिना देखी पुर्जुगलमा रोजगारी गर्दै आएको भएता पनि पछिल्लो २ महिना यता उनलाई क्षयरोगले सताए पछि उपचारको लागि अस्पताल भर्ना हुदै आएका थिए ।
बिदेशमा स्वास्थ्य उपचार महगों हुने भए पछि उनलाई नेपालबाट रोजगारीका लागि गएका साथीहरुको आर्थिक सहयोगमा आज नेपाल फर्काएको पोर्जुगल बाट हरी बिक्रम थापाले जानकारी दिए ।
थापाका अनुसार खेती किसानीमा काम गर्दै आएका उनी पहिले देखी नै बिरामी भएता पनि पछिल्लो २ महिना भने गुरुङ्गलाई अस्पताल नै भर्ना गरी उपचार गरीएको र काम गर्न सक्ने अवस्था नभएका कारण सबै संग आर्थिक सहयोग मागि नेपाल फर्काइएको थियो । 
फोटो सौजन्य :– किसन थापा मगर/पोर्चुगल


