×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कसरी भए देउवा शक्तिशाली ?

  •  
  • शनिबार, चैत २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र २७, २०७२- उखानै छ ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ ।’ कांग्रेस सभापति शेरबहादुर देउवाको हकमा भने १५ वर्षमा खोला फर्केको छ । १५ वर्षपछि पार्टीको सत्तामा देउवाको उदय भएको छ ।

    तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग देउवाले झन्डै १५ वर्षसम्म आन्तरिक संघर्ष गरे । यसबीचमा पार्टी सभापतिमा दुई पटक र संसदीय दलमा तीन पटक पराजय भोगे ।

    तैपनि निराश नभई सक्रिय राजनीति जारी राखेका देउवाका लागि २०७२ सालको आखिरी समय भने भाग्य नै चम्कन पुग्यो । उनी करिब एकैसाथ पार्टी र संसदको नेतृत्वमा उनी आइपुगेका छन् । २० वर्षपछि कोइराला परिवारबाट देउवाको हातमा नेतृत्वको बागडोर आइपुगेको छ ।

    देउवा पार्टीभित्र शक्तिशाली बन्नुका पछाडि तत्कालीन संस्थापन पक्षभित्र पहिरो जानुलाई मुख्य कारण ठान्छन् नेता शेखर कोइराला ।

    ‘रामचन्द्रजीलाई सुरुमा नै नेतृत्वका रूपमा स्वीकार नगरिनु र तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाको साथ नपाउनुले शेरबहादुरजीका लागि भाग्योदय बन्न पुग्यो,’ कोइराला कान्तिपुरसँग भन्छन्, ‘संख्याकै हिसाब गर्ने हो भने देशभरबाट आएका महाधिवेशन प्रतिनिधि हाम्रै पक्षका बढी थिए ।’

    देउवा निकट केन्द्रीय सदस्य रमेश लेखक भने देउवाको उदयलाई स्वाभाविक ठान्छन् । कांग्रेसभित्र नेतृत्व गर्ने राजनीतिक पृष्ठभूमि, इतिहास, लगानी, लोकतन्त्रका लागि संघर्ष, राष्ट्र र अन्तर्राष्ट्रिय पहिचानका कारण पार्टी र दलमा देउवाको नेतृत्व आगमन स्वाभाविक भएको लेखकको तर्क छ ।

    ‘गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासम्म आइपुग्दा देउवाले १५ वर्षसम्म संघर्ष गर्नुपर्‍यो,’ लेखकले भने, ‘यो संघर्ष र सबैलाई समेटेर लैजान सक्ने क्षमताका कारण पनि कार्यकर्ताहरूले यस पटक देउवालाई विश्वास गरेका हुन् ।’

    तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी निर्णय विपरीत संसद विघटन गरेको भन्दै साधारण सदस्यता समेतबाट हटाएपछि देउवाले २०५९ असारमा छुट्टै ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक) पार्टी निर्माण गरेका थिए । त्यसयता देउवाको राजनीतिक जीवन संघर्षमै बित्यो । पाँच वर्षसम्म उनी विभाजित कांग्रेसको सभापतिको हैसियतमा रहे । तर, त्यसैबीचमा तीन पटक प्रधानमन्त्री बन्न सफल भने भए ।

    २०६४ असोजमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र देउवाबीच पार्टी एकीकरण भयो– साठी र चालीसको भागबन्डाका आधारमा । पछि त्यही भागबन्डा संस्थागत बन्न पुग्यो । पार्टी एकीकरणपछिको १२ औं महाधिवेशनमा देउवा पक्षको प्राप्त हैसियत चालीसकै हाराहारीमा सीमित भयो । जसले चालीस र साठीको भागबन्डा पार्टी एकताका नाममा संस्थागत हुँदै आयो ।

    अहिले ठीक यो अवस्थालाई देउवाले उल्टाएका छन् । अब चालीस प्रतिशत हैसियत खोज्ने ठाउँमा पुरानो संस्थापन पक्षको नेतृत्वमा रहेका पौडेल पुगेका छन् भने दिने ठाउँमा देउवा छन् ।

    सबभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य जितेका शेखर देउवाको निर्वाचन रणनीति र सबल व्यवस्थापनको खुलेरै प्रशंसा गर्छन् ।

    ‘देउवाजीको धेरै अघिदेखिको तयारी थियो, त्यसमा पनि सबभन्दा राम्रो काम महाधिवेशन प्रतिनिधिहरूलाई पठाएको पत्रले गर्‍यो । जसमा प्रतिनिधिहरूको राजनीतिक पृष्ठभूमि र योगदान उल्लेख थियो । त्यस्तो खालको पत्रले सबैको मन छोएको मैले पाएँ,’ कोइरालाले थपे, ‘अर्को पक्ष उहाँको टिममा शेरबहादुरजीका लागि सबैले आफ्नो इच्छा र आकांक्षालाई छाडे, जुन रामचन्द्रजीकोमा भएन ।’

    शेखरकै अनुभवमा पौडेललाई अन्तिम अवस्थामा आएर मात्रै नेता स्वीकार गरियो । पौडेल उम्मेदवार घोषित नहुँदै तत्कालीन सभापति सुुशीलको निधन हुन पुग्यो । त्यसपछि सभापतिका लागि प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको दाबी रह्यो । सिंहले अन्तिम अवस्थामा पौडेललाई साथ दिए । तर, सिटौलाले दिएनन् । सिटौलाले आफ्नो समूह निर्माण गरी आफैं निर्वाचन लडे ।

    ‘हो पौडेलजीका आफ्ना कमजोरी पनि थिए । तर सबभन्दा ठूलो सिटौलाजीको उम्मेदवारीले देउवालाई बलियो बनाउने काम गर्‍यो,’ उनले भने, ‘दुईजना उम्मेदवार भएपछि हार्नेलाई किन मत दिने भन्ने भावना पनि विकसित भयो । जसले देउवाजीलाई सहजै यो स्थानमा ल्याउन सक्यो ।’

    पौडेलले सिटौला, अर्जुननरसिंह केसी, गगन थापाजस्ता नेतालाई मिलाउन त सकेनन् नै । आखिरी समयमा कोइरालाका इमानदार विश्वासपात्रका रूपमा रहेका फरमुल्ला मन्सुर र पद्मनारायण चौधरीजस्ता सहयोगीको पनि साथ पाएनन् ।

    पार्टीभित्र पौडेलको आफ्नै सांगठनिक आधार थिएन । कोइरालाले निर्माण गरेको संगठनभित्रै उनी थिए । सुशीलको निधन अघिसम्म उनको भूमिका सहयोगीको थियो । सुशीलको निधनपछि उनले सबैलाई समेट्न सकेनन् ।

    ‘सुशील दाइको निधनपछि नेतृत्वको निश्चितता भएन । व्यवस्थित पनि हुन सकेन । नेतृत्वको बारेमा प्रश्न उठ्न थाल्यो, एउटाको नेतृत्वलाई अर्कोले चुनौती दिने अवस्था आयो,’ लेखकको अनुभव छ, ‘पुरानो संस्थापनमा देखिएको यो कमजोरीले पनि हामीलाई फाइदा पुर्‍याउने काम गर्‍यो ।’

    मुलुकको ठूलो पार्टीको सभापति र संसदीय दलको नेता भएलगतै देउवा पार्टी र राष्ट्रिय राजनीतिको शक्ति केन्द्र बन्न पुगेका छन् । उनको उदयसँगै भावी प्रधानमन्त्रीको नजरमा समेत हेर्ने गरिएको छ ।

    गाउँतहदेखि केन्द्रसम्म दुई पक्षमा मानसिक रूपमा विभाजित कांग्रेसलाई जोड्न र तरल अवस्थामा रहेको राष्ट्रिय राजनीतिलाई सम्हाल्दै अघि बढ्न देउवाका भावी कार्यकाल कस्तो रहला ? शेखर भन्छन्, ‘यो साह्रै चुनौतीपूर्ण छ । उहाँ शक्तिको केन्द्रमा त पुग्नु भयो तर सबैका इच्छा र आकांक्षालाई व्यवस्थापन गरी अघि बढ्न सहज भने छैन । पार्टीभित्र दुवै पक्षलाई मिलाएर अघि बढ्न र राष्ट्रिय राजनीतिलाई सही ढंगले अघि बढाउन उहाँका सामुन्ने धेरै अप्ठ्यारा र चुनौती छन् ।’

    यस्ता चुनौतीहरू सामना कसरी गर्ने त ? नेता लेखक थप्छन्, ‘पार्टीमा सबैको भावना र भूमिका निर्धारण गर्नेगरी अघि बढ्नुपर्छ । पार्टी र राष्ट्रिय राजनीतिमा समेत समन्वयकारी भूमिका आवश्यक छ । यस दिशामा नै अघि बढ्नुपर्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.