×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

एक युवाबाट एकै समय दुई बालिका बलात्कृत

  •  
  • शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     फोटो :फाइल फोटो
    किशोर बुढाथोकी
    विराटनगरः मोरङमा एकजना युवाबाट एउटै समयमा दुई बालिका बलात्कृत भएको घटना बाहिर आएको छ ।
    केरौन–१ का २१ वर्षीय विनोद तामाङले छ र सात वर्षीय छिमेकी बालिकामाथि पालैपालो बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
    बलत्कार गरिएको समय र स्थान एउटै रहेको जानकारी प्रहरीले दिएको छ । घरमा अभिभावक नभएको अवस्थामा आफ्नै घरमा ल्याएर तामाङले दुबै बालिकालाई फकाएर पालैपालो बलत्कार गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले बताए ।
    बस्नेतका अनुसार चैत १९ गते तामाङबाट बालिका बलात्कृत भएपनि प्रहरीलाई ढिलो गरेर जानकारी प्राप्त भयो ।
    प्रहरीलाई आफन्तले बुधबारमात्र घटनाका बारेमा जानकारी दिएका थिए । घटनाबारे ढिलो गरि जानकारी प्राप्त भएपनि तामाङलाई पक्राउ गरेर उनीविरुद्ध जवरजस्ती करणी ऐनअन्तर्गत मुद्धा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रनि बस्नेतले बताए ।
    उनका अनुसार यस्ता घटनामा तत्काल खबर गर्नुपर्ने जानकारी नभएकाले आफन्तहरु प्रहरीसम्म आउन ढिलो भएको पाइएको छ । आफन्तका अनुसार घटनाबारे बालिकाले त्यही दिन अभिभावकलाई बताइसकेका थिए ।
    बलत्कारबाट चोटग्रस्त भएका बालिकाको स्वास्थ्यअवस्था नाजुक बन्दै गएपछि स्वास्थ्य परीक्षण र उपचारका लागि आफन्तले स्थानीय मेडिकलमा भर्ना गरेका थिए । त्यहीँबाट घटना बाहिर आएको हो ।
    उपचारमा संलग्न स्वास्थ्यकर्मीले बालिका बलात्कृत भएको घटना प्रहरीलाई जानकारी दिन सुझाव दिएपछि आफन्त कानुनी उपचारका लागि प्रहरीसम्म आइपुगेको जानकारी प्रनि बस्नेतले दिए ।
    स्थानीयस्तरमा उपचार सम्भव नभएपछि दुबै बालिकालाई थप उपचारका लागि आफन्तले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन् ।
    उनीहरुको उपचारका लागि विभिन्न संघ संस्थाले पनि सहयोग गरिरहेको प्रहरीले जनाएको छ । उपचारमा संलग्न चिकित्सकले बालिका बलत्कृत भएको पुष्टि गरिसकेको प्रहरी स्रोतले बतायो ।
    एउटा पुरुषले दुई बालिकालाई एकै समयमा एउटै स्थानमा बलात्कार गरेको यो पहिलो र अनौठो घटना भएको प्रनि बस्नेतले बताए ।
    ‘पीडकलाई कारवाही गरेर पीडितलाई न्याय दिलाउन प्रहरीले घटनाबारे गम्भीर रुपमा अनुसन्धान गरिरहेको छ’, उनले भने । बस्नेतका अनुसार तामाङले समेत घटना स्वीकार गरिसकेका छन् ।
    त्यस्तै सात वर्षीया बालिकामाथि बलत्कार गरेको अभियोगमा प्रहरीले पथरीशनिश्चरे–८ का १४ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ ।
    गत चैत २२ गते पथरीशनिश्चरे ७ की एक बालिकामाथि बलत्कार गरेको आरोपमा नियन्त्रणमा लिइएका बालकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
    नियन्त्रणमा लिइएका बालकको परिचय नाम गोप्य राखिएको जानकारी प्रनि बस्नेतले दिए । आफ्नै घरको बाख्राको खोरमा लगेर उनले सात वर्षीया बालिका बलत्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
    उनी विरुद्धपनि जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको बस्नेतले बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.