नेपाल बार एसोसिएसनको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीलाई पराजित गर्दै प्रजातान्त्रिक समूहका केसी बार अध्यक्षमा निर्वाचित भएका हुन् ।
महासचिव, कोषाध्यक्ष लगायत अधिकांश पदहरुमा समेत केसी समूहकै निर्वाचित भएका छन् ।
यसबारे निर्वाचन समितिले केही बेरमै औपचारिक घोषणा गर्दैछ ।




















