×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

लाै, पाेखरामा अाश्चर्य हुँदै, सिद्धबाबा अब सासै नफेरी ९ दिनसम्म समाधिमा !

  •  
  • शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रामकृष्ण ज्ञवाली

    पाेखरा, २५ चैत्र:

    विज्ञान भन्छ, ‘मान्छेले केबल तिन मिनेटसम्म अक्सिजन पाएन भने कोमामा जान्छ अर्थात मष्तिष्कको मृत्यु हुन्छ । अर्को केही मिनेटमा मुटु कै धड्कन बन्द हुन्छ ।’ तर एउटा सिद्धबाबा यस्ता छन् जो एक घन्टा होइन, दुई घन्टा होइन, पूरै दुई सय १६ घन्टा अर्थात नौ दिनसम्म बिनाअक्सिजन समाधिमा लीन हुन सक्छन् ।

    तिनै अदभुत क्षमताका धनी सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्य फेरि एकपटक समाधिमा लीन हुन पोखरा आएका छन् । शुक्रबारदेखि नौ दिनसम्म जमिनभित्रै समाधिमा बस्ने तयारीमा छन् ।

    हरेक वर्ष बडादसै र चैते दसैको नवरात्र समाधिमा लीन हँुदै आएका सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्यले यस वर्ष पोखराको धर्ती रोजेका हुन् । उनी रामघाटस्थित नरनारायण बाबा आश्रममा समाधिमा बस्नेछन् ।
    भारतका शक्तिपीठ र हिमाली भेगमा तपस्या गरेर ज्ञान प्राप्त गरेका रामानन्दाचार्य नेपालमा पहिलो पटक २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भूमि समाधि बसेका थिए । त्यसपछि बल्ल उनी एकाएक चर्चामा आएका हुन् । भारतमा ज्ञान प्राप्त गरे पनि उनी नेपाली हुन् ।

    बुधबार केही सञ्चारकर्मी र पत्रकारसँग भेट गरेर उनले आफ्नो समाधि कर्मको अनुगमन गर्न आग्रह गरे । उनले समाधिमा बस्नु अघि र नौ दिनको समाधि समाप्त भएपछि आफ्नो स्वास्थ्य परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

    उनका लागि सुत्न एउटा काठको बाकस तयार पारिँदैछ । कुनै पनि प्वाल नभएको काठको बाकसमा पहिले सिद्धबाबासुत्ने छन् । त्यो बाकसलाई बाहिरबाट चाबी लगाएर बन्द गरिनेछ । त्यो बाकसलाई बालुवा र माटोले पुरिनेछ । ‘बाकस पुरिएपछि बाकसभन्दा माथि कम्तीमा एक फिट माटो र बालुवाले पुर्नु होला । त्यो भन्दा धेरै जति पुरेपनि हुन्छ, कम गरे मेरो ज्यानलाई खतरा हुन सक्छ,’ सिद्धबाबाले भनेका छन्, ‘त्यसमाथि जमरा छर्नु होला ।’

    समाधिमा लीन भएपछि पुरै शरीर स्थिर गराउने बताउँदै सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्यले त्यसपछि आफुलाई अक्सिजन नै आवश्यक नपर्ने बताए । उनले नौ दिनपछि कति बजेर कति मिनेट जाँदा आपूmलाई खाडल र बाकसबाट बाहिर झिक्ने हो, त्यो समय पनि उनैले दिनेछन् ।

    ‘मैले जुन समय दिन्छु, ठिक त्यही समयमा झिक्नु होला, ढिलो गर्नुभयो भने मेरो ज्यान जान सक्छ,’ उनले भनेका छन्, ‘म समाधिमा लीन हुनु अघि जति समयका लागि त्यो तय गरेर लीन भएको हुन्छु, म समाधिबाट फर्किंदा तपार्इंहरुले बाकस खोल्न ढिलो गर्नु भयो भने मलाई खतरा हुन्छ ।’

    डा.बुद्धिबहादुर थापाका अनुसार बिना अक्सिजन २ सय १६ घन्टा बस्नु चमत्कार नै हुने बताए । ‘मेडिकल साइन्सले तीन मिनेटसम्म बिनाअक्सिजन मान्छे सद्दे ढंगले बाँच्न सक्छ भनेको छ,’ डा.थापाले भने, ‘बाबाजीले भनको कसरी सम्भव हुन्छ, हामी भन्न सक्दैनौ ।’सिद्धबाबा मंगलबार पोखरा आएका हुन् । पोखरा विमानस्थलमा मंगलबारदिउँसो विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिले भव्यस्वागत गरेका थिए ।

    samadhannews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.