दिपक लामिछाने/दोहा
रोजगारीका लागि खाडी राष्ट्र कतारमा कार्यरत गोरखालीहरुको साझा संस्था गोरखा सेवा समाज कतारले एक मृगौला पिडितलाई नेपाली रुपिया एक लाख चौविस हजार सहयोग गरेको छ । दुई वटै मृगौला खराब भई डायलोसिस गराई रहेका धादिङ्ग मुरली भञ्ज्याङ्ग ४ का रामकृष्ण रिजाललाई सो रकम सहयोग गरेको हो । 
गोरखा सेवा समाज कतारका प्रथम उपाध्यक्ष दिपक लामिछानेको सक्रियतामा संकलित रकमलाई संस्थाका द्दितिय उपाध्यक्ष राकेश श्रेष्ठले पिडितिलाई राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाण्डौंको प्रागणमा नै सो रकम हस्तान्तरण गरेको हो । उपाध्यक्ष श्रेष्ठ हाल घर विदामा नेपालमा हुनुहुन्छ ।




















