×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपालमा ०७३ असार पछि फो जि सेवा

  •  
  • शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र २६ गते । मोबाइलमा बहुप्रतिक्षित फोर जी प्रविधि असारदेखि नेपालमा सञ्चालनमा आउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेक्नोलोजी न्युट्रल’ गरेर फोर जी प्रविधि सञ्चालन गर्न दिन लागेको हो ।
    १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई फोर जीको सञ्चालन गर्न दिने भएको हो । यो फ्रिक्वेन्सी संसारका विकसित धेरै मुलुकमा प्रयोग भइसकेको नेटवर्क टेक्नोलोजी हो । सन् २०११ बाट विश्वका विभिन्न मुलुकले फोर जी प्रविधि प्रयोग गरिसकेका छन् ।images
    ‘हामीले २६ सय र सात सय मेगाहर्ज व्याण्डमा एलटिईको मूल्य निर्धारण गर्ने तयारी गरेका छौं’, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले भने ’स्लट तोकेका छैनौँ, क्रपिङ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।’
    विश्वमा फोर जी एलटिई मा आधारित सबैभन्दा छिटो इन्टरनेट हङकङमा चल्छ । त्यहाँ प्रतिसेकेन्ड ५४.१ मेगाबाइटको स्पीडमा चल्छ भने स्पेनमा सबैभन्दा छिटो डेटा डाउनलोड हुन्छ । त्यहाँ १८.२४ एमविपिएस प्रतिसेकेन्डको गतिमा डाउनलोड हुन्छ ।
    ६ महिनापछि २६ सय र ७ सय फ्रिक्वेन्सीमा सबैले फोर जी सेवा दिन सक्ने झाले बताए । उनले भने ‘२६ सय र ७ सय मेगाहर्ज फ्रिक्वेन्सी चाहिँ हाल दूरसञ्चार सेवा दिइरहेका अपरेटरका साथसाथै लाइसेन्स नपाएका अपरेटरले पनि भाग लिन पाउने गरी ६ महिनापछि पाउनेछन् ।’
    ती फ्रिक्वेन्सी पाउनका लागि सेवा सञ्चालन भएको ६ महिनाभित्र लिलाम बढावढका आधारमा मूल्य तय गर्ने तयारी भएको उनले जानकारी दिए ।
    फोर जीका लागि मूल्य निर्धारणको काम तीब्र रुपमा काम अगाडि बढिरहेको छ । झाले भने ’औसत मूल्य तय गर्ने गरी काम अगाडि बढिरहेको छ ।
    नेपालमा सामान्यतया ९ सय मेगाहर्जमा थ्रीजी वा थर्ड जेनेरेसनको टेक्नोलोजी र १८ सय मेगाहर्जको फ्रिक्वेन्सीमा टुजी अथवा सेकेन्ड जेनेरेसनको टेक्नोलोजीमा प्रयोग भइरहेको छ जुन हामीले हाल चलाइरहेको मोवाइलको नेटवर्कमा प्रयोग भएको छ ।4g-feature

    एक तिहाइ क्षेत्रमा मात्र पुगेको थियो थ्रिजी
    नेपालको कूल क्षेत्रफलमध्ये करिब एक तिहाइमा मात्र थ्रिजी नेटवर्क पुगेको छ। संसारका धेरै देशहरुले फोर जी टेक्नोलोजी प्रयोग गरिसकेका छन् । नेपालमा भने यो प्रविधिका लागि पूर्वाधार नभएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि दूरसञ्चार अपरेटरलाई लाइसेन्स दिएको थिएन ।

    के हो फोर जी सेवा ?
    फोर जी अर्थात फोर्थ जेनेरेसन । फोर जी थ्री जीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो । फोर जी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ । यस सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन ।

    के हो टेक्नोलोजी न्युट्रल ?
    टेक्नोलोजी न्युट्रल भनेको कुनै पनि सेवाग्राहीले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्ने प्रविधि हो । जस्तो कि तपाईँले टुजी सेवा लिइरहनु भएको छ भने तपाइले त्यही सेवा र अपरेटरमा चाहेअनुसार थ्रिजी वा फोर जी सेवा चलाउन सक्नुहुन्छ ।

    टेक्नोलोजी न्युट्रल गर्यो भने नेपालको कुन कुन क्षेत्रमा फोर जी चल्छ ?
    सुरुमा १८ सय मेगाहर्जमा टेक्नोलोजी न्युट्रल गरेर फोर जी सेवाको सुरुवात हुनेछ । यस अनुसार हाल विभिन्न सेवा प्रदायकले दिने गरेको टु जी र थ्री जी सेवा सञ्चालन भएका सबै ठाउँमा फोर जी सेवा सञ्चालन हुनेछ । यसअनुसार नेपालमा टु जी वा जिएसएम सेवा पुगेका ठाउँहरुमा फोर जी सेवा सञ्चालन हुनेछ । Kenyan_mobile_industry_news_New_African_4G_LTE_networks_on_the_way

    नेटवर्क अपरेटरले कति पाउँछन् फ्रिक्वेन्सी ?
    फोर जी सेवा सञ्चालनका लागि नेपालमा चलेका ६ वटा दूरसञ्चार कम्पनीले न्यूनतम ६ मेगाहर्जको स्लट पाउनेछन् । त्यसमा थप फ्रिक्वेन्सी थप्न चाहेमा दुई मेगाहर्ज पाउनेछन् । त्यसैगरी अधिकतम थप्न चाहे १.६ मेगाहर्ज फ्रिक्वेन्सी पाउने झाले जानकारी दिए । उनले भने ‘मूल्य निर्धारणको काम भइरहेकाले न्यूनतम, थप र अधिकतम फ्रिक्वेन्सीलाई नेटवर्क अपरेटरले कति तिर्नुपर्छ यकिन भइसकेको छैन ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.