×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सिड्नीमा सिकारूले चलाएको कारले ठक्कर दिदा १६ महिनाका नेपाली बालकको मृत्यु

  •  
  • बिहिबार, चैत २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अभिभावकसँग श्रेयन । तस्वीरः फेसबुकबाट

    अष्ट्रेलिया
    सिड्नी—चार महिना अगाडि आफ्नो जन्मदिन मनाएका एक नेपाली बालकको सिकारूले चलाएको कारले ठक्कर दिदा मृत्यु भएको छ । बिहीबार विहान ९ः३० बजे नेपालीको बाक्लो बस्ती रहेको सिडनीको अवर्नमा फुटपाथमा हजुरआमासँग हिडिरहेका बेला कारले ठक्कर दिदा नेपाली बालक श्रेयन थापाको मृत्यु भएको हो ।

    उनका परिवारहरु यस बखत पीडामा रहेका छन् भने पुलिसले घटनाको अनुसन्धान थालेको छ । विहान आफ्नी हजुरआमा मेनुकासँग बाटोमा हिडिरहेका बेला सिकारू चालक भएको कारले एक्कासी ठक्कर दिएको थियो । कारले ठक्कर दिदा ती १६ महिनाका बालक श्रेयनकी आमा रोजिता र बुवा सजुन भने घटनास्थलभन्दा केही पर मात्र थिए ।
    कारले ठक्कर दिएका बालक श्रेयन । तस्वीर: फेसबुक

    कारले ठक्कर दिएका बालक श्रेयन । तस्वीर: फेसबुक

    परिवारले दिएको जानकारीअनुसार कार चालक ५० वर्षको रहेको छन् । बालक फुटपाथमा हिडिरहेका बेला कारले ठक्कर दिएको थियो ।  अस्ट्रेलियन प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको र क्रोनोअरका लागि रिपोर्ट तयार पार्न लागेको बताइएको छ ।

    परिवारका एक साथीले द डेली टेलिग्राफसँग भनेका छन्, ‘उनको परिवार छोराको यादले घर फर्किने नसक्ने अवस्थामा रहेको छ ।’ ‘तिनीहरु एकदमै मर्माहत भएका छन्,’ उनले थपे ।
    बालको उपचार गरिदैं । तस्वीरः सेभेन न्युज

    बालको उपचार गरिदैं । तस्वीरः सेभेन न्युज

    श्रेयनका बुवा अंग्रेजीको परीक्षाका लागि तयारी गरिरहेको बेला बालक हजुरआमासँग बाहिर पैदल यात्रा लागि गएका थिए । घटना पश्चात प्रहरी र मेडिकल टिमले वालकलाई बचाउने प्रयास गरेका थिए ।

    ६ महिना अगाडि गत नोभेम्बरमा श्रेयनलाई परम्परागत भात ख्वाइका लागि नेपाल लगिएको थियो ।
    घटनास्थलमा अाकस्मिक सेवाका प्रहरी । तस्वीरः कार्मिला रोचे/द डेली टेलिग्राफ

    घटनास्थलमा अाकस्मिक सेवाका प्रहरी । तस्वीरः कार्मिला रोचे/द डेली टेलिग्राफ

    प्रत्यदर्शी एन्ड्री सनर्सले उक्त घटना प्रत्यक्ष देखेका थिए । ‘बालकको हजुरआमा बच्चालाई अगालोमा कसेर भावविहल बनेर रोइरहेकी थिइन । मेरो अगालोमा मेरी छोरी थिइन्,’ उनले भने, ‘तैपनि मैले बालकको हजुरआमालाई अगालोदेखि छुट्टयाउने प्रयास गरे ताकि चाडै नर्सले बच्चाको उपचार गर्न सकुन् ।’
    बालकलार्इ हस्पिटल लग्न एम्बुलेन्समा राखिदै । तस्वीर : द डेली टेलिग्राफ

    बालकलार्इ हस्पिटल लग्न एम्बुलेन्समा राखिदै । तस्वीर : द डेली टेलिग्राफ

    ‘केही समयपछि बालककी आमा पनि त्यही आइन । एकछिन त उनले के भइरहेको छ त्यसको मेसो पाउनै सकिनन्, जब थाहा पाइन । उनले आफूलाई सम्हाल्नै सकिनन् । यो मेरा लागि अत्यन्त डरलाग्दो घटना भएको छ । र एकदमै दुःखदायी रहेको छ ।’

    नर्स मोरियम जेरिकाकाअनुसार उनी आफ्नो पिताका साथ घरमा रहेको र घटना हुनासाथ बच्चालाई मद्धत गर्न घटनास्थलमा पुगेकी थिइन । ‘ट्राफिक जाम भइरहँदा म दौडेर घटनास्थलमा पुगे,’ उनले भनिन्, ‘बालकको हजुरआमाको छातीबाट बच्चालाई निकालेर चेकअप गर्ने काम गरे । बच्चाको धडकन चेक गर्दा धडकन थिएन । उसलाई केही श्वास दिने प्रयास गरे ।’

    केही समयपछि प्रहरी आएर घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ ।

    nepalipatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.