×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

जबरजस्ती बिहेविरुद्ध रिंकुको विद्रोह

  •  
  • बुधबार, चैत २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :बाबुआमाले जबरजस्ती बिहे गराइदिन खोजेपछि घर छाडेकी १७ वर्षीया रिंकु । तस्बिर: क्रान्ति शाह
    बाबुआमालाई चुनौती दिँदै घर छोडिन्
    वीरगन्जः  उमेर नपुग्दै अभिभावकले जबरजस्ती बिहे गर्न लागेपछि रिंकु ठाकुर लोहार घरै छाडेर हिँडेकी छन् । बुधबार बिहान घरपरिवारबाट विद्रोह गरेर घर छाडेकी रिंकुलाई वीरगन्जमा रहेको माइती नेपालले आफ्नो आवधिक गृहमा संरक्षण दिएर राखेको छ ।
    ‘आज मलाई गलत भन्ने मेरा बुवाआमा र समाजलाई भोलिका दिनमा म सही थिएँ भनेर देखाउनु छ’, माइती नेपालको आवधिक गृहमा भेटिएकी १२ कक्षा उत्तीर्ण रिंकुले भनिन्, ‘यो कुरालाई मैले इखकारुपमा लिएकी छु, म अझै पढ्छु र मधेसी समाजका लागि रोल मोडेल बनेर देखाउँछु ।’
    वीरगन्ज उपमहानरपालिका–१ छपकैया निवासी नागेन्द्र ठाकुर लोहारकी जेठी छोरी हुन् रिंकु । उनका एक बहिनी र भाइ पनि छन् । उनी हाल वीरगन्जकै तराई एफएममा समाचार वाचिकाकारुपमा पनि कार्यरत छिन् ।
    मधेसी दलित परिवारकी १७ वर्षीया रिंकुको उनका अभिभावकले उमेर नपुग्दै भारत घोडासहनका सात कक्षामात्रै पढेका युवकसँग बिहेको कुराकानी छिनिसकेका छन् ।
    आगामी बैशाख १३ गते उनको विहे तय भइसेकेको छ। बिहेका लागि रिंकुका अभिभावकले केटा पक्षलाइ दाइजोका रुपमा नगद एक लाख ३० हजार रुपैयाँ पनि बुझाइसकेका छन् ।
    उमेर नपुगेकाले बिहे नगर्ने भन्दै उनले अझै पढने इच्छा रहेको बारम्बार गुहार लगाउँदा पनि बुबाआमाले जबरजस्ती बिहेको कुरा छिनेका रिंकुले बताइन् ।
    ‘मेरो उमेर पनि भा’को छैन, म अझै पढ्न चाहन्छु । अहिले बिहे गर्दिनँ भनेर धेरै रोइकराइ गरेँ’, रिंकुले भनिन्, ‘मलाई घरमै बन्धक बनाएर राखियो, शारीरिक र मानसिक यातना पनि दिइयो ।’
    घरमै बस्दा अभिभावकले बलजफ्ती बिहे गराइदिने भएपछि विद्रोह गरेर घर छाडेको उनले बताइन् । ‘मधेसी समाजमा उमेर नपुगेका चेलीबेटीको करकापमा बिहे गर्ने विकृति धेरै छन्’, उनले भनिन्, ‘अब पनि कति ‘स्याक्रिफाइस’ गर्ने ? कहिलेसम्म यसरी सहने भनेर यो कदम उठाएकी हुँ ।’
    ‘बिहेको कुरा चल्दादेखि नै हुन्न भन्दै आएँ । म अझै पढ्छु भनेँ तर मेरो कुरा कसैले सुनेनन् । त्यसैले यस्तो कठोर कदम चालेकी हुँ’, रिकंकुले भनिन्, ‘मैले यो विद्रोह आफ्नो लागि मात्र होइन, मधेसी समाजका अरु दिदीबहिनीका लागि पनि गरेकी हुँ ।’
    उनले थपिन्, ‘मलाई यो पनि थाहा छ, मेरो यो विद्रोह मेरा लागि त्यति सहज छैन तर विश्वासका साथ भन्छु आज मेरो घरपरिवार र समाजले गलत भने पनि भोलिका दिनमा उनीहरुले नै मलाई सम्मान गर्छन्, त्यसका लागि मैले केही गरेर समाजलाई देखाउनु छ ।’
    बलजफ्ती विहेका लागि अभिभावकले यातना दिन थालेपछि रिंकुले गत बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठसँग माग्न पुगिन् ।
    प्रहरी उपरिक्षक श्रेष्ठले उमेर नपुगेकाले रिंकुको इच्छाविपरित विहे नगरिदिन भन्दै रिंकुका बुबा र आमालाइ सम्झाएर पठाएका थिए । प्रहरीले सम्झाएर पठाए पनि रिंकुका बुवाआमाले शुक्रबारदेखि नै उनलाई शारीरिक यातना दिएर घरमै बन्धक बनाएका थिए ।

    बाबुआमाले जबरजस्ती बिहे गरिदिन खोजेपछि घर छाड्दै रिंकु । तस्बिर: क्रान्ति शाह
    आफनै घरमा बन्धक बनाइएको खबर पाएपछि रिंकुलाई प्रहरीले मङगलवार बेलुकी उद्धार गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको थियो । मङ्गलबार बेलुकी प्रहरी कार्यालयमा रिंकुसँगै आएका उनका फूपाजु र फूपु दिदीलाई जिम्मा लगाएर प्रहरीले पठाएको थियो ।
    मङगलवार बेलुकी उद्धार गरेर प्रहरी कार्यालयमा ल्याइएकी रिंकुले आफू अब घरमा बस्न नसक्ने बताउँदै बसेपनि ज्यान जानसक्ने भनेपछि बुधबार बिहान प्रहरीकै सहयोगमा उनले घर छाडेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
    रिंकुले गुहार गरेपछि उनलाई उद्धार गर्न बुधबार बिहान प्रहरी उपरीक्षक श्रेष्ठ, प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी र  माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरीका साथै सन्चारकर्मीहरुको टोली उनको घर पुगेको थियो ।
    ‘म अब घरमा बस्न सक्दिन, घरमा बसेँ भने कि त जबरजस्ती बिहे गराइदिन्छन् कि मेरो ज्यान नै लिन्छन्’, रिंकुको भनाइ उधृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘पटक पटक घर छोडने कुरा गरेपछि  रिंकुलाई उनकै इच्छामा बुधबार प्रहरीको सहयोगमा उद्धार गरेर माइती नेपालको जिम्मा गलाइएको हो ।’
    रिंकुको खाना र बसोबासको प्रबन्ध माइती नेपालको आवधिक गृहमा गरिएको बताउँदै प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले उनको शिक्षाका लागि वीरगन्जका कलेज संचालकहरुसँग कुरा भइरहेको बताए ।
    ‘रिंकुको खानपान, बास र शिक्षाको प्रबन्ध प्रहरी र माइती नेपालले गर्छ’, उनले भने, ‘आजदेखि रिंकुको जीवनले नयाँ मोड लिएको छ । यस्ती साहसी मधेसकी किशोरीलाई म सलाम गर्छु ।’
    रिंकु जस्तै अन्य युवतीहरुले पनि समाजमा विकृतिका रुपमा रहेको बालविवाह र जबरजस्ती विवाहको विरोध गर्न सके समाजमा यस्ता विकृति न्यूनीकरण गर्न सकिने प्रहरी नायव उपरीक्षक  बोगटीले बताए ।
    माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरीले रिंकुलाई माइती नेपालको आवधिक गृहमा संरक्षण दिएर राखिएको बताइन् ।
    ‘आजदेखि यिनी मेरै छोरी भएकी छिन् , यिनको पढाइलाई निरन्तरता दिन्छौँ’, उनले भनिन्, ‘मधेसी समाजमा उमेर नपुग्दै बिहे गर्न अस्वीकार गरेर परिवारबाटै विद्रोह गरेर घर छाडने रिंकु मधेसको पहिलो साहसी किशोरी हुन् ।’
    उनले मधेसी समाजमा भएको रिंकुको विद्रोह र साहस सबैले सलाम गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘रिंकुको यो कदमले मधेसका अरु चेलीबेटीलाई पनि बाटो देखाउने काम गरेको छ ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.