×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

‘सूटर’हरू झण्डावाल गाडीमा

  •  
  • बुधबार, चैत २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सञ्चार उद्यमी अरुण सिंघानिया हत्यामा तानिएका पूर्व राज्यमन्त्री संजय साह ।फाइल तस्विर
    जनकपुरको शिवचोकमा अरुण सिंघानियालाई गोली हानेर ढालेपछि चार जना ‘सूटर’ राज्यमन्त्री संजय साहको झण्डावाल गाडी चढेर काठमाडौं आएका थिए ।

    चैत्र २४, २०७२- १७ चैत २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषाले एउटा सशस्त्र समूहका अध्यक्ष चन्द्रदीप यादवलाई सार्वजनिक गर्यो । प्रहरीले आफ्नो प्रेस विज्ञप्तिको शीर्षकमै भन्यो ‘सिंघानिया हत्याका योजनाकार पक्राउ ।’ विज्ञप्तिको पहिलो वाक्यमा महत्वका साथ भनिएको थियो, ‘सिंघानिया हत्याका योजनाकार र मुख्य भूमिका खेल्ने चन्द्रदीप यादवलाई पक्राउ गर्न हामी सफल भएका छौ ।’

    जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको प्रमुखको आवरणमा आपराधिक गतिविधिमा थिए चन्द्रदीप यादव । उनलाई पक्राउ गरेर प्रहरीले ६ वर्षअघि जनकपुरमा मारिएका संचार उद्यमी अरुण सिंघानिया हत्याको छानबीनलाई एउटा निष्कर्षमा पुर्‍याएको दाबी गरेको छ ।

    १७ फागुन २०६६ होली पर्वको दिन थियो । जनकपुरको शिवचोकमा होली मनाइरहेका सिंघानियालाई गोली हानियो । लगत्तै तराई जनतान्त्रिक पार्टी मधेश सशस्त्र समूहका मुकेश चौधरीले स्थानीय संचारकर्मीलाई फोन गरेर घटना आफूले गराएको भनेर जिम्मेवारी लिए । अर्को सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका राजन मुक्तिले पनि घटना आफूले गराएको भनेर दाबी गरे । चौधरी र मुक्ति दुवै अहिले जेलमा छन् । प्रहरीले उनीहरूलाई डेढ बर्षअघि भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

    चन्द्रदीप पक्राउ परेपछि अरुण सिंघानिया हत्याकाण्डको भित्री पाटो खोतल्न हामीले कारागारमा रहेका मुकेश चौधरीलाई भेट्यौं । उनले हाकाहाकी भने, ‘मलाई सिंघानियाको हत्या भए लगत्तै संजयले  ९८५४०२०२०७ नम्बरबाट फोन गरेर हत्याको जिम्मा लिन भनेका थिए । त्यसपछि मैले घटनाको जिम्मा लिएँ ।’

    दुई डनको चक्रव्यूह  

    भर्खरै पक्राउ परेका चन्द्रदीप यादवले समेत यसलाई पुष्टि गर्दै प्रहरीलाई घटनाको बेलिबिस्तार लगाएका छन् । उनको बयानले अनुसन्धानलाई निष्कर्षमा पुरयाउ सघाएको प्रहरीको भनाइ छ ।

    २०६६ फागुनमा सिंघानियाको हत्या हुँदा संजय साह भौतिक योजना राज्यमन्त्री थिए । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका एक जना प्रभावशाली नेता पनि थिए, उनी । जनकपुर बम काण्डमा साहका मानिस पक्राउ परेपछि तिनीहरूलाई छुटाउन विजय गच्छदारले वास्ता नगरेपछि उनी केही दिन फोरम क्रान्ति नाम गरेको संगठनमा सक्रिय भए । संविधानसभाको दोस्रो चुनाव भन्दा केही अघि साह राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीमा प्रवेश गरेर उपाध्यक्ष भएका उनी हालसम्म पनि सोही पदमा छन् ।

    चन्द्रदीप पक्राउ परेपछि सिंघानिया हत्याको नयाँ पाटो खुलासा भएको छ । चन्द्रदीपका अनुसार, जनकपुर टुडेमा श्रृंखलाबद्ध रूपमा प्रकाशित समाचारहरू यो हत्याको मुख्य कारण थियो ।

    २०६५ सालपछि जिविस धनुषाका सह लेखापाल रहेका जीवनाथ चौधरी र राज्यमन्त्री भएका साह बीच सम्बन्ध बिग्रिए पछि विवादमा जनकपुर टुडे पत्रिका पनि जोडिन पुग्यो । संजय साहले जनकपुरमा भ्रष्टाचार विरोधी आन्दोलन चर्काए । आन्दोलनमा जनकपुरका युवा सक्रिय देखिए पनि त्यसको लगाम संजय साहका हातमा थियो ।

    संयोगवश त्यही समयमा चौधरीको घरमा डकैती भयो । चौधरीले संजय साहले आफ्नो घरमा डकैती गराएको भनेर उजुरी दिए । त्यसपछि अरुण सिंघानिया प्रकाशक रहेको जनकपुर टुडे दैनिकमा डकैतीमा संजय साहको संलग्नतालाई जोडेर लगातार समाचार प्रकाशित भए । अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, त्यसपछि संजयले प्रकाशक सिंघानियालाई फोन गरेर धम्क्याएका थिए । अलि जिद्दी स्वभावका सिंघानियाले संजय साहको धम्कीलाई वास्ता गरेनन् । लगत्तै संजयकै योजनामा उनका दाहिने हात मानिने रामविनोद यादव र चन्द्रदीप यादवले सिंघानिया हत्याको योजना बनाए । १७ फागुन २०६६ मा होली मनाइरहेको बेला सिंघानियाको हत्या गरियो ।

     ‘सूटर’ मन्त्रीको गाडीमा
    घटनाको ६ बर्षपछि पक्राउ परेका चन्द्रदीप यादवले प्रहरी समक्ष नयाँ तथ्य उद्घाटन गरेका छन् । अरुण सिंघानियालाई गोली हानेपछि उनी र ‘सूटर’ हरू एकल सहनी, अन्सी राइन, मनक लामा र पवन लामा तत्कालीन राज्यमन्त्री साहको झण्डावाल गाडी चढेर राजधानी भित्रिएका थिए ।

    प्रहरीका अनुसार, जीवनाथ चौधरीको प्रभावमा जनकपुर टुडेले आफूलाई लखेटेको भन्ने संजयलाई लागेपछि प्रकाशक सिंघानियाको हत्या गर्ने योजना बन्यो । उनले यो कामको जिम्मा मुकेश चौधरी, रामविनोद यादव र चन्द्रदीप यादव तीन जनालाई दिए । साह निकट रामविनोदमार्फत चन्द्रदीप यादवलाई १० लाख रुपैयाँ पठाएर सूटरहरूको व्यवस्था गरियो ।

    सूटरको खोजी गर्न चन्द्रदीप बाबु थापा समूहको सम्पर्कमा पुगे । बाबु थापाको समूहले नै हो सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानेको । सोही समूहका चारजना सूटरहरू एकल सहनी, मनक लामा, पवन लामा र अन्सी राइनलाई सिंघानिया हत्याको जिम्मेवारी दिइयो ।  सहनी र राइन पक्राउ परे पनि लामाद्वय नक्कली पासपोर्ट बनाएर विदेश गइसकेको प्रहरीको बुझाइ छ ।

    अनुसन्धान स्रोतका अनुसार, घटनाको अघिल्लो दिन चारै जना सूटरलाई जनकपुरको रामा होटलमा राखिएको थियो । रामा होटल जनकपुर टुडेको कार्यालय छेउमै पर्छ । संजय साह आफंै एउटा भारतीय नम्बरको गाडी चढेर होटलमा पुगेका थिए । उनले नै सूटरहरूलाई दुई वटा हतियार दिए, सिंघानिया हत्यामा तिनै हतियारको प्रयोग भयो ।

    सिंघानियाको हत्या भएको साँझ चारै जना सूटरलाई लिएर राज्यमन्त्री संजय साहको गाडी काठमाडौं आयो । मन्त्रीले प्रयोग गर्ने झण्डावाल गाडी भएकोले प्रहरीले कतै पनि चेकजाँच गरेन । राज्यमन्त्री साह चाहिं भोलिपल्ट सिंघानियाको अन्त्येष्टिमा भाग लिन गए, श्रद्धाञ्जली दिएर काठमाडौं फर्के । नेपाल प्रहरीको तत्कालीन धनुषा नेतृत्वले चाहिं ‘अपराधीहरू भारततिर भागेको हुनसक्ने’ भनेर खोजबीन गर्न एउटा टोली पटनातिर पठाएको थियो ।

    अनुसन्धान स्रोतका अनुसार साहले हत्या प्रयोजनकै लागि सूटरलाई दुई वटा मोटरसाइकल दिएका थिए । घटनापछि प्रहरीले ती मोटरसाइकल खोजे पनि फेला पार्न सकेको थिएन । रोचक पक्ष के रहेछ भने सिंघानिया हत्याको केही महीनापछि जनकपुरको स्टेसन एरियाको प्रहरी चौकीका असई विरुद्ध संजय साह र उनका समर्थकहरूले आन्दोलन गरे । मन्त्री आफैं आन्दोलनमा सहभागी थिए । त्यही आन्दोलनका क्रममा विरोध स्वरुप ती दुई मोटरसाइकलमा आगो लगाइयो । प्रमाण नष्ट गर्न योजनाबद्ध ढंगले गरिएको काम थियो, त्यो । एउटा मोटरसाइकल पूर्ण रूपमा जल्यो भने अर्को आंशिक रूपमा मात्रै जलेको थियो ।

    आंशिक रूपमा जलेको मोटरसाइकललाई जनकपुरको एउटा वर्कशपमा लगेर फालियो । २०७० सालमा जनकपुरमा प्रहरी प्रमुखको रूपमा एसपी उत्तम सुवेदी पुगे । उनले सशस्त्र समूहमा लागेका झण्डै ७५ जनालाई समातेपछि सिंघानिया हत्यामा प्रयोग भएका ती दुई मोटरसाइकल संजय साहका मानिसले जलाएको रहस्य खुल्यो । त्यही रहस्यमय सूचना पछ्याउँदै अगाडि बढ्दा यो हत्याकाण्डमा संजय साह तानिन सक्ने सुईंको प्रहरीले पायो ।

    सशस्त्र समूहका मानिसबाट प्रहरीले अर्को महत्वपूर्ण सूचना पायो । यो घटनामा संजय निकट रामविनोद यादव र चन्द्रदीप यादव संलग्न भएको प्रमाण खुल्यो । यसपछि मुकेश चौधरी र चन्द्रदीप यादबसम्म पक्राउ परे र घटनाको भित्री पाटो बाहिर आयो । यसरी आधा जलेको मोटरसाइकलबाट शुरु भएको सिंघानिया हत्या काण्डको छानबीन १७ चैत २०७२ मा चन्द्रदीप यादव समातिएपछि एउटा अध्याय समाप्त भएको छ । यद्यपि सिंघानियालाई गोली हान्ने काममा संलग्न रामविनोद यादव, मनक लामा र पवन लामालाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

    सिंघानिया हत्याको जिम्मेवारी लिने मुकेश चौधरी अहिले ललितपुरको नक्खु कारागारमा छन् । उनी अहिले के सोचिरहेका होलान् भनेर हामीले सम्पर्क ग¥यौं । मुकेशले ‘जानी नजानी आफू प्रयोग भएको स्वीकार गरे ।’ उनले भने, ‘संजयले हामीसँग सबै कुरा भन्दैनथ्यो । भित्री खेल के हो उही जानोस् तर उसको आग्रहमा सिंघानिया हत्याको जिम्मा मैले लिएको हो ।’

    सशस्त्र समूहको सकस  

    सिंघानिया हत्याकाण्डको तीन वर्षपछि १८ वैशाख २०६९ मा जनकपुरमा बमकाण्ड भयो । संजय साह र मुकेश चौधरी सो बमकाण्डमा मुछिएका कारण जेलमा छन् । मिथिला राज्यको माग लिएर धर्नामा बसेका बेला जनकपुरको रामानन्द चोकमा बम बिस्फोट गराइएको थियो । बिस्फोटमा पाँच जनाको मृत्यु भएको थियो ।

    जनकपुर बमकाण्ड र अरुण सिंघानिया हत्याकाण्डलाई जोड्ने तन्तु भनेको संजय साह र जीवनाथ चौधरीबीचको शत्रुतापूर्ण सम्बन्ध थियो । कुनै बेला कवाडी सामान संकलन गर्ने संजय साह र जिविसका सह–लेखापाल जीवनाथ चौधरीबीचको सम्बन्ध दुश्मनीमा परिणत भएपछि आज त्यसको तनाव सिङ्गो जनकपुरले भोगिरहेको छ ।

    जनकपुरले यो तनाव अझै कहिलेसम्म झेल्नुपर्ने हो टुङ्गो छैन । किनकि प्रहरीले जनकपुर बमकाण्डका आरोपी संजय साहलाई सिंघानिया हत्या अभियोगमा समेत मुद्दा दायर गर्दैछ । कुनै चमत्कार नभए संजय तत्कालै जेल बाहिर आउन सक्ने सम्भावना देखिंदैन । तर, संजयका प्रतिद्वन्द्वी र जनकपुरको अपराध मामिलाका अर्का केन्द्र जीवनाथ चौधरी जनकपुरका एक्लो डन भएका छन् । विशेष अदालतले २०७२ असारमा जीवनाथ चौधरीलाई भ्रष्टाचारको अभियोगमा रु.३ लाख जरिवाना र १८ महीना कैद गर्ने फैसला गरिसकेको छ । तर जीवनाथले सर्वोच्च अदालतमा पुनरावेदन गरेका कारण यो फैसला कार्यान्वयन भइसकेको छैन । त्यसैले अपराधको जालोमा जेलिएको जनकपुर तत्कालै पुरानै लयमा फर्किन्छ भन्न सकिने अवस्था अझै छैन ।

    (खोज पत्रकारिता केन्द्रका लागि तयार पारिएको रिपोर्ट)

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.