×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

नेपालमा हस्तक्षेप गर्दा एक्लियो भारतः ओली

  •  
  • बुधबार, चैत २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो
    बालकुमार नेपाल
    काठमाडौं: प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले अन्तर्राष्ट्रिय समुदायमा एक्लिएको र आफ्नै मुलुकभित्र चर्को आलोचना खेपेपछि नेपालको मधेस आन्दोलनबाट भारत पछाडि सरेको ठहर गरेका छन् । मंगलबार सुरु भएको एमाले पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीले प्रतिकूल अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशका कारण अघोषित नाकाबन्दीलाई अघोषित रूपमै भारतले फिर्ता लिएको उल्लेख गरेका हुन् ।
    प्रधानमन्त्री ओलीले प्रतिवेदनमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय जगत्को व्यापक आलोचना, आफ्नै देशभित्रको चर्को दबाब, मधेस आन्दोलनलाई थप लम्ब्याउन नसकिने यथार्थबोधका कारण भारत सरकारले आफ्ना नीतिहरूको पुनरावलोकन गर्दै अघोषित नाकाबन्दीलाई अघोषित रूपमै हटायो ।’
    कुनै पनि मुलुकको आन्तरिक मामलामा अनुचित चासो र हस्तक्षेप वाञ्छनीय नहुने भन्दै प्रधानमन्त्री ओलीले संविधान जारी गरेपछि भारतले अनावश्यक चासो राखेको उल्लेख गरेका छन् । उनले नाकाबन्दीका विषयमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराएको र भारत भ्रमणपछि सम्बन्धमा सुधार आएको पनि उल्लेख गरेका छन् ।
    संविधान निर्माण कुनै पनि सार्वभौम मुलुकको आन्तरिक मामिला र सम्पूर्ण रूपमा उसको स्वतन्त्र निर्णयको विषय भएको उल्लेख गर्दै ओलीले त्यसमा अनुचित चासो र हस्तक्षेप वाञ्छनीय र ग्राह्य नहुने उल्लेख गरेका छन् ।
    नाकाबन्दीले राष्ट्रिय स्वाधीनतालाई चुनौती दिएको र त्यसको विरोधमा सिंगो राष्ट्र एकताबद्ध भएको पनि ओलीको ठहर छ ।संकटका बेला देशमा देखिएको अभूतपूर्वक एकतालाई आफूले अमूल्य पुँजीका रूपमा संस्मरण गर्ने ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
    ओलीले आफूले छिमेकी भारत र चीनमा गरेको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा थप आयाम सुरु गरेको पनि दाबी गरेका छन् । आफूले गरेको भारत भ्रमणबाट नेपालको संविधान घोषणापछि सुरु भएको असमझदारी तथा तिक्तता अन्त्य गर्न र परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्धलाई सामान्यीकरण गर्दै नयाँ उचाइमा विकसित गर्न आधार पहिल्याउन सफल भएको पनि उनले उल्लेख गरेका छन् । उनले भारतसँग नेपालको संविधान बारेका भ्रम चिर्न आफ्नो भ्रमण सफल भएको जिकिर प्रतिवेदनमा गरेका छन् ।
    भारत–चीन भ्रमणका क्रममा भएका विभिन्न सम्झौतालाई प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण उपलब्धि भनेका छन् । ओलीले सार्वभौम, समानता, पारस्परिक लाभ र अहस्तक्षेप सिद्धान्तमाथि आधारित विदेश सम्बन्धका पक्षमा पार्टी रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । छलफलका लागि पेस गरेको १२ पेज लामो प्रतिवेदनमा प्रधानमन्त्री ओलीले अहिलेको सरकारको काँधमा ऐतिहासिक जिम्मेवारी आएको बताएका छन् ।
    नेपाली कांग्रेस भद्र सहमतिबाट पछाडि हटेको र इमानमा टिक्न नसकेको आरोप उनले लगाएका छन् । उनले संविधान घोषणा गर्ने बेलामा नै धर्मराएको कांग्रेस सरकार गठनको बेला विचलित हुन पुगेको उल्लेख गरेका छन् ।
    प्रतिवेदनमा कांग्रेस दलहरूबीचको एकतालाई तोड्न चाहने शक्तिकेन्द्रलाई खुसी पार्दै प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको आरोप लगाएका छन् ।
    ओलीले आगामी सरकार सञ्चालनमा पार्टी र सरकारको भूमिका, पार्टी निर्माण र संगठन परिचालन, पार्टीको कार्यदिशा र पार्टी निर्माण, विभिन्न निकायमा गर्नुपर्ने मनोनयनका सन्दर्भमा पनि छलफलका लागि बैठकसमक्ष आह्वान गरेका छन् ।
    विवाद मिलाउन कार्यदल
    एमालेले पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने व्यक्तिको चयन गर्न मापदण्ड बनाउन कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसको पार्टी सचिवालय बैठकले यस्तो कार्यदल गठन गरेको हो । कार्यदलले मापदण्ड तयार गरी विभागमा मनोनीत गर्ने व्यक्तिहरूको टुंगो लगाउने छ ।
    महासचिव ईश्वार पोखरेलेको संयोजकत्वमा गठित कार्यदलमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्ण बिष्ट छन् । कार्यदलले छलफल गरी मनोनीत हुने व्यक्तिको टुंगो लगाउने जानकारी प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिए । मंगलबार सुरु भएको पोलिटब्युरो बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले लिखित प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि बुधबार पोलिटब्युरो सदस्यले आआफ्ना धारणा राख्नेछन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.