×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

संयुक्त वक्तव्यबाट पन्छियो ईयू

  •  
  • बुधबार, चैत २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :नेपालस्थित र्इयू राजदूत रेन्स्जे तिरिन्क ।
    सन्तोष घिमिरे 
    काठमाडौं: युरोपेली संघ (ईयू) र भारतले नेपालको संविधानबारे प्रतिकूल टिप्पणी गरेपछि नेपालमा देखापरेको आक्रोशकै बीच ईयूले वक्तव्यमा संविधानबारेको आफ्नो धारणा प्रतिबिम्बित नभएको स्पष्ट पारेको छ ।
    नेपालस्थित ईयू राजदूत रेन्स्जे तिरिन्कले मंगलबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई सिंहदरबारमा भेट गरी ब्रसेल्समा युरोपेली संघ र भारतको संयुक्त वक्तव्यमा नेपालको संविधानबारे जे भनिए पनि युरोपेली संघले नेपालको संविधानलाई स्वागत गरिसकेको र उसको मान्यतामा परिवर्तन नआएको बताइन् ।
    नेपालमा रहेको जर्मन पार्लियामेन्ट बुन्डेसट्यागको टोलीले पनि संविधानजस्तो आन्तरिक मामिलामा टिप्पणी गरेर युरोेपेली संघ र भारतले गल्ती गरेको अडान सार्वजनिक गरेको छ ।
    राजदूत तिरिन्कले नेपालमा संविधान जारी भएकोमा ईयूले विगतमा स्वागत गरेको र अहिले पनि ईयूको सोही ‘पोजिसन’ कायम रहेको बताएकी हुन् । ‘नेपालको नयाँ संविधानबारे ईयूको धारणामा कुनै बदलाव आएको छैन । ईयू—भारत संयुक्त वक्तव्यमा नेपालको संविधानबारे कसरी त्यसखालको भाषा पर्न गयो, म पनि आश्चर्यमा छु’, राजदूत तिरिन्कले भेटमा भनेकी थिइन् ।
    ईयू—भारत शिखर सम्मेलनपछि ब्रसेल्समा जारी संयुक्त वक्तव्यको १७ औं बुँदामा संविधानमा मिल्न बाँकी मुद्दा समयसीमा तोकेर हल गर्न नेपाललाई सुझाव दिइएको थियो । शिखर सम्मेलनमा नेपालको संविधानबारे समेत छलफल भएको थियो ।
    ईयू–भारतको सुझावप्रति गम्भीर आपत्ति जनाउँदै सरकारले त्यसलाई नेपालको आन्तरिक राजनीतिक मामिला र सार्वभौमिकतामा हस्तक्षेपका रूपमा लिएको थियो । यसबारे प्रस्टीकरण दिन राजदूत तिरिन्क आफैं समय मागेर मन्त्री थापालाई भेट्न मंगलबार परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।
    मन्त्री थापाले संविधानमा देखिएका समस्या समाधान गर्ने काम नेपालको आन्तरिक राजनीतिक विषय भएकाले त्यसबारे भारत र ईयूले संयुक्त वक्तव्यमा समेट्नु आपत्तिजनक भएको बताएका थिए ।
    ‘एसिया र युरोपेली मुलुकका संविधानभन्दा हाम्रो नेपालको संविधान कुनै पनि किसिमले कमजोर छैन । संविधानमा देखिएका केही विवादका विषय पहिलो संशोधनमै समेटिइसकेका छन् । यसमा भारत, ईयू वा अन्य कुनै विदेशी मुलुकले वक्तव्य निकालेर हामीलाई सुझाव दिइरहन आवश्यक छैन’, मन्त्री थापाले भने ।
    राजदूत तिरिन्क निकै ‘डिफेन्सिभ’ मुडमा मन्त्री थापासमक्ष प्रस्तुत भएकी थिइन् । मन्त्री थापाले आफ्नै नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक समितिले आन्दोलनरत मधेसी दलका मुद्दालाई गम्भीरताका साथ हेरिरहेका बखत अन्तर्राष्ट्रिय समुदायका तर्फबाट वस्तुपरक विश्लेषण आउनुपर्ने धारणा राखेका थिए ।
    अधिकारीका अनुसार राजदूत तिरिन्कले भारतको जोडबलमा नेपालको नयाँ संविधानको विषय संयुक्त वक्तव्यमा पर्न गएको भन्ने आशय व्यक्त गरेकी थिइन् ।
    भारतले नेपालको संविधानलाई स्वागत नगरी पाँच महिनासम्म नाकाबन्दी लगाएको भए पनि ईयूले चाहिँ संविधान अनुमोदन भएलगत्तै मुक्तकण्ठले स्वागत गरेको थियो ।
    नेपालको संविधानलाई अपूर्ण भन्दै संविधानमा बाँकी रहेका मुद्दालाई समयबद्ध तरिकाले हल गर्नुपर्ने सुझाव ईयू र भारतले संयुक्त रूपमा दिएपछि सरकारले त्यसलाई अनावश्यक र अस्वीकार्य हस्तक्षेप भनेको थियो ।
    सरकारले नेपालको आन्तरिक राजनीतिक मामिलामा अनावश्यक टिप्पणी नगर्न ईयू र भारतलाई आग्रह गरेको थियो । वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी भनेको थियो, ‘संविधान निर्माण गर्नु र जारी गर्नु नितान्त एउटा मुलुकको आन्तरिक मामिला हो । नेपाल अहिले राजनीतिक स्थिरता र विकासको मार्गमा अघि बढिसकेको छ । यो पृष्ठभूमिका विरुद्धमा ईयू र भारतले जारी गरेको वक्तव्यले नेपाली जनताको भावनामा प्रहार गरेको छ ।’
    परराष्ट्रले ईयू–भारतको संयुक्त वक्तव्यबाट संयुक्त राष्ट्रसंघीय बडापत्रमा उल्लिखित अहस्तक्षेपको आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको ठहर गरेको थियो ।
    ‘नेपालमा दिगो र समावेशी संवैधानिक व्यवस्थापन होस् ताकि संविधानमा मिल्न बाँकी मुद्दा समयबद्ध रूपमा सम्बोधन हुन सकोस् । यसबाट नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास प्रवद्र्धनमा सहयोग पुगोस्’, भारत र ईयूले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको थियो ।
    ईयू र भारतले गल्ती गरेः जर्मन सांसद
    जर्मनीका सांसदहरूले युरोपेली युयियन र भारतबीच जारी भएको संयुक्त वक्तव्यमा नेपालको संविधानजस्तो आन्तरिक राजनीतिक विषय उल्लेख हुनु गलत रहेको प्रतिक्रिया दिएका छन् ।
    नेपाल भ्रमणमा आएका पाँच जर्मन सांसदले नेपाली सांसदसँग होटेल सोल्टीमा मंगलबार गरेको अन्तरक्रियामा त्यस्तो धारणा राखेका हुन् । अन्तरक्रियामा नेपाली सांसदहरूको नेतृत्व गरेका कांग्रेसका डा. मीनेन्द्र रिजालले ईयू–भारतको संयुक्त वक्तव्यमा नेपालको संविधानको विषय कसरी पर्न गयो भनी जिज्ञासा राखेका थिए ।
    अन्तरक्रियामा सहभागी सांसद रामनारायण बिडारीका अनुसार रिजालले नेपाल संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै संविधानजस्तो आन्तरिक विषय विदेशी मुलुकका संयुक्त वक्तव्यमा आउनु उचित नरहेको धारणा राखेका थिए ।
    संसद् सचिवालयले आयोजना गरेको दिवाभोजसहितको अन्तरक्रियामा जर्मन सांसदहरूले भने, ‘ईयू–भारतको संयुक्त वक्तव्यमा नेपालको संविधानको विषय पर्नु हुने थिएन । यो गलत भयो । फेरि यसलाई धेरै बढाइचढाइ गरेर चर्चामा ल्याउनु पनि त्यति उपयुक्त होइन । यसका कारण जर्मनी र नेपालबीचको सम्बन्धमा असर पर्दैन भन्ने हामीलाई लाग्छ ।’
    अन्तरक्रियामा सांसद दिलनाथ गिरी, छायाँ शर्मा, संसद्का महासचिव मनोहर भट्टराईलगायत सहभागी थिए । नेपालस्थित जर्मन राजदूत माथियस मेयरले सोमबार दिएको रात्रीभोजका क्रममा समेत जर्मन सांसदहरूले सोही धारणा राखेको स्रोतले जनायो । नेपालको नयाँ संविधानलाई स्वागत गर्नेमा ईयूकै एक सदस्य मुलुक जर्मनी पनि अग्रपंक्तिमा थियो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.