×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

निलम्बित सभासद साह सिंघानिया हत्याको आरोपी

  •  
  • बुधबार, चैत २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र २४, २०७२- तीन वर्षअघि पाँच जनाको ज्यान जाने गरी गराइएको विस्फोटका मुख्य आरोपी निलम्बित सभासद सञ्जयकुमार साह सञ्चार उद्यमी अरुण सिंघानिया हत्यामा समेत संलग्न रहेको खुलासा भएको छ । सिंघानिया हत्याका मुख्य आरोपी चन्द्रदीप यादवले निलम्बित सभासद साह र उनका सहयोगी रामगोविन्द यादवले १० लाखको ‘सुपारी’ दिएर सिंघानियालाई हत्या गर्न लगाएको बयान दिएका छन् ।

    सिंघानिया हत्याका आरोपीहरू निलम्बित सभासद साह, हत्याको जिम्मा लिने तत्कालीन सशस्त्र समूहका नाइके अर्जुन सिंह -प्रकाश विद्यार्थी) भनिने मुकेश चौधरी, गोली प्रहार गर्ने एकलाल भनिने योगेन्द्र सहनी र साहका पूर्वसहयोगी ओम यादवलाई धनुषा ल्याइएको छ । उनीहरू विभिन्न जिल्लाका कारागारमा थिए । पत्रकार सम्मेलनमार्फत बुधबार उनीहरूलाई सार्वजनिक गरिने स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार सिंघानिया अध्यक्ष रहेको जनकपुर टुडे सञ्चार समूह सम्बद्ध जनकपुर टुडे दैनिक तथा रेडियो टुडेमा प्रकाशित/प्रसारित समाचार तथा रेडियोका प्रबन्ध निर्देशक अनुराग गिरीको जग्गा बिक्रीसम्बन्धी विवादका कारण हत्या गराइएको खुलेको छ । २०६५ भदौ १४ मा जनकपुर-८ रामानन्द चोकस्थित जीवनाथ चौधरीको घरमा भएको डकैतीमा साह तथा प्रहरी उपरीक्षक छविलाल जोशी बञ्जाडे समेतको नाम जोडेर जनकपुर टुडेमा समाचार प्रकाशित भएको थियो ।

    उक्त डकैतीमा संलग्नता आरोपमा पक्राउ परेका भरत झाले सार्वजनिक रूपमा दिएको बयान रेडियो टुडेले प्रत्यक्ष प्रसारण गरेको थियो । जनकपुर टुडेमा प्रकाशित समाचारलाई आधार बनाई ०६५ भदौ १८ मा साह समर्थित केही युवाले मिल्स एरियास्थित टुडे सञ्चार समूहको कार्यालयमा तोडफोड गर्दै सम्पादक तथा प्रकाशकलाई ज्यान मार्ने धम्की दिएका थिए । भोलिपल्ट त्यससम्बन्धी समाचार पनि प्रकाशित भएको थियो ।

    साहले रेडियो टुडेका तत्कालीन प्रबन्ध निर्देशक गिरीको महेन्द्रनगर सखुवास्थित जग्गा सस्तोमा लिन खोजेका थिए । उक्त जग्गा स्थानीय व्यवसायीको हातबाट महँगोमा बिक्री गर्न लगाउनु पनि हत्याको एक कारण रहेको यादवले बयानमा उल्लेख गरेका छन् । यद्यपि, जनकपुर टुडे वा रेडियो टुडेमा प्रकाशित/प्रसारित समाचारमा सञ्चार समूहका अध्यक्ष सिंघानियाको कुनै हस्तक्षेप नरहेको परिवारका सदस्यको भनाइ छ ।

    सिंघानियालाई ०६६ फागुन १७ मा शिवचोकमा गोली हानी हत्या गरिएको थियो । ०६९ वैशाख १८ मा रामानन्द चोकमा गराइएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । दुवै घटना साहकै निर्देशनमा भएको प्रहरीले बताएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.