×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अन्तत: एफबीआईले खोल्यो आईफोनको पोल

  •  
  • बुधबार, चैत १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :एजेन्सी
    आईफोनको सुरक्षाप्रणालीमा कम्जोरी रहेको पुष्टि
    एजेन्सी: विश्वचर्चित अमेरिकन मोबाइल आइफोनको सुरक्षा प्रणाली संघीय जाँच ब्यूरो (एफबीआई) ले ह्याक गर्न सफल भएको छ।

    एफबीआईले आईफोनको सुरक्षाप्रणाली ह्याकपछि गरेको अनुसन्धानबाट आईफोनको प्रयोग गरि अमेरिकाको एक स्कुलमा आतंकवादीले आक्रमण गरेको पुष्टि गरेको छ।

    पाकिस्तानी मूलका एक अमेरिकी र उनका छिमेकीले सन् २०११ र १२ मा अमेरिकाको क्यालिफोर्नियास्थित एउटा माध्यमिक विद्यालयमा गरेको आक्रमणको छानबिनका क्रममा एफबीआईले आईफोन ह्याक गरेको हो ।

    एफबीआईले आईफोन ह्याक गरेर त्यो स्कुलमा यी दुईजनाले आईफोनको सहयोगमा त्यो स्कुलमा आक्रमण गर्न सफल भएको प्रमाणित गरेको हो ।

    आईफोनले आफ्नो मोबाइलको सुरक्षाप्रणालीलाई कसैले तोड्न नसक्ने दाबी गरिरहेका बेला एफबीआईले उसको सुरक्षाप्रणालीमा पसेर आईफोन अनलक गर्न सफल भएपछि आईफोनले गल्ती पनि स्वीकारेको छ ।

    एफबीआईका अनुसार क्यालिफोर्नियाको स्कुलमा पाकिस्तानी मूलका सयेद फारुक र उनका छिमेकी अमेरिकी नागकरिक इन्रिक मार्क्वेजले आईफोनको मद्दतमा आक्रमण गरेका थिए ।

    क्यालिफोर्नियाको स्कुलमा आक्रमण भएपछि एफबिआईले आईफोन अनलक गर्न एप्पलाई चेतावनी दिएको थियो । आफ्नो अनुसन्धानले आईफोन आतंकवादी गतिविधिमा प्रयोग भएको भन्दै एफबिआईले आईफोन अनलक गर्न दिएको चेतावनी गैह्रकानुनी भएको भन्दै एप्पलका प्रमखु टीम कुक अदालतसमेत गएका थिए ।

    एप्पले एफबीआईको दाबी सरासर झुट भएको जनाउँदै आफूले सुरक्षाका सबै मापदण्ड पुरा गरेकाले आफ्नो फोन आतंकवादी गतिविधिमा प्रयोग हुनै नसक्ने तर्क गर्दै आएको थियो ।

    करिब ५ वर्ष चलेको यो विवादमा एफबीआईले एप्पलको पोल खोल्ने गरि उसको फोन आतंकवादी गतिविधिमा प्रयोग भइरहेको तथ्य बाहिर ल्याएको हो ।

    एप्पलका प्रमुख टिम कुकले उक्त घटनामा आइफोनको संलगतना नभएको दाबी गर्दै आएका थिए। तर, सोमबार एफबीआईका अनुसनधानकर्ताहरुले प्रविधिको प्रयोग गर्दै आइफोनको लक ह्याक गरेर उसको कम्जोरी पत्ता लगाएपछि आइफोन र एफबीआईबीचको मु‍द्दा पनि टुंगिएको छ।

    यता, एप्पलले भने आइफोनले एफबीआईबाट आफ्नो पोल खोलिदिएपछि बजार गुमाउने डरले ग्राहकहरुलाई भ्रममा नपर्न भन्दै आफूले आईफोनको सुरक्षाप्रणालीमा सुधार गरिसकेको दाबी गरेको छ ।

    उसले एफबीआईविरुद्धको मुद्दामा पनि पछि हट्दै आगामी दिनमा त्यस्ता आतंकवादी घटना भएमा एफबीआईका अनुसनधानकर्तालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि एप्पलले जनाएको छ ।

     
    उसले अमेरिकी जनताको मोबाइलमा डाटाको सुरक्षा, व्‍यक्तिगत वा गोपनियता सुरक्षाको जिम्मेवारी लिनेसमेत विश्वास दिलाउन चाहेको बताएको छ। नागरिकको स्वतन्त्रता र सुरक्षालाई नजिकबाट नियालेर यसबारेमा बहस र छलफल गर्ने समेत एप्पलले बताएको छ।

    सोही घटनामा यसअघि माइक्रोसफ्टका संस्थापक बिल गेट्स पनि विश्वचर्चित अमेरिकन कम्पनी एप्पल विरुद्ध उभिएका थिए। एउटा आईफोन अनलक गर्ने विषयमा उनले आफूलाई एफबीआई समर्थकमा उभ्याएका थिए।

    उनले फाइनान्सियल टाइम्समा लामो अन्तरवार्ता दिँदै आतंकवादसँग सम्बन्धित अनुसन्धानमा प्रविधिक कम्पनीको कानून प्रवर्द्धन गर्न एप्पललाई आग्रह समेत गरेका थिए। तर सिलिकन भ्यालीका अधिकांश कम्पकनीले यो विषयमा भने एप्पललाई समर्थन गरेका थिए।

    एजेन्सीको सहयोगमा

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुन र चाँदीकाे भाउ बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.