×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ह्यारीको नेपाल भ्रमणले पर्यटन प्रवर्द्धन गर्ने अवसर

  •  
  • आइतबार, चैत १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजु बास्कोटा

    काठमाडौं: बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण विदेशी बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण अवसर बनेको छ। ह्यारीको नेपाल भ्रमणबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रचार गरेकाले भ्रमण पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुने पर्यटन व्यवसायी योगेन्द्र शाक्य बताउँछन्। यसले नेपालका पर्यटकीय गन्तव्यलाई विदेशमा ‘ब्रान्डिङ’ गर्न सहयोग पुगेको छ।
    एक साताको औपचारिक भ्रमणमा नेपाल आएका ह्यारी भक्तपुर र पाटनका ऐतिहासिक दरबारको भ्रमण गरेर बर्दिया, लमजुङ हुँदै पोखरा पुगेर पुनः काठमाडौं फर्किएका छन् । एक साताको भ्रमण सकिएपछि ह्यारीले भूकम्प प्रभावित क्षेत्रमा भ्रमण गर्न अर्को थप एक साता नेपालमै रहने निर्णय गरेका छन्।
    शाक्यका अनुसार ह्यारीको भ्रमणका बारेमा नेपालले जुन रूपले प्रचारात्मक र पर्यटन प्रवद्र्धन गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन। बेलायती राजपरिवारमा हुर्केको व्यक्तिले नेपाललाई मन पराउनु र यहाँ भ्रमण गरेर अन्तर्राष्ट्रिय सन्देश प्रवाह गर्नुलाई नेपालले निकै महत्वका साथ हेर्नुपर्ने बुझाइ शाक्यको छ ।
    शाक्यका अनुसार बेलायतका राजकुमारले नेपाल सुरक्षित छ भनेर भ्रमण गर्नुले अन्य विदेशी आकर्षित गर्न निकै ठूलो सहयोग पुग्छ । यो भ्रमणलाई अन्तर्राष्ट्रिय समुदायले नै ह्यारीको पर्यटन भिजिट भनेर चिनेको दाबी शाक्यको छ।
    बेलायती राजकुमारको भ्रमणले नेपालले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धन गर्न गर्ने करोडौं रुपैयाँँको विज्ञापन निःशुल्क भएको बुझाइ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको छ । उनका अनुसार नेपालको पर्यटनमा यसअघि उनका पिता चार् र हजुरआमा एजिलावेथले गरेको नेपाल भ्रमणको पनि उत्तिकै महत्वपूर्ण योगदान छ । अहिले ह्यारीले गरेको भ्रमण र पर्यटकीय गन्तव्यलाई ब्रान्ड बनाएर प्रवद्र्धन गर्न सहज हुने बोर्डको भनाइ छ।
    चार्ल्स कै भ्रमणपछि बनेको रोयल ट्रेक
    सन् १९८० मा ह्यारीका पिता युवराज चार् नेपाल भ्रमणमा आएका थिए । उनले पोखरामा गरेको तीनदिने पदयात्रापछि नै फेवातालदेखि वेगनाश तालसम्मको पदायात्रा मार्ग रोयल ट्रेक अर्थात चार् ट्रेक बनेको ट्रेकिङ गाइड प्रतेम्बा शेर्पाले बताए।
    पोखराको विजयपुर खोलाबाट सुरु भएको चार्को तीन दिने यात्रा कालिकास्थान, गुरुङ गाउँ, चिसापानी हुँदै रूपाताल भएर वेगनाश तालसम्म पुगेको उनलाई गाइड गरेका शेर्पाले अन्नपूर्णलाई जानकारी दिए । चार् सन् १९८० को डिसेम्बरमा आएर गरेको यो पदयात्राको मार्ग अहिले ट्रेकिङ व्यवसायीका लागि निकै चलेको गन्तव्य बनेको छ।
    ह्यारीको यो भ्रमण नेपालले भोगेको भूकम्प र नाकाबन्दीपछिको ध्वस्त पर्यटनलाई उकास्न सबैभन्दा प्रभावकारी उपाय भएको पर्यटन बोर्डको बुझाइ छ।
    यो पदत्रायाका लागि हरेक वर्ष विदेशी पर्यटकको चासो हुने गरेको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए। एसियन ट्रेकिङमार्फत पर्यटकीय प्याकेज बनाएर यो गन्तव्यको प्रवद्र्धन गरिरहेका शेर्पाका अनुसार अहिले युवराज ह्यारी पुगेका लमजुङ र बर्दियाको होमस्टेलाई पर्यटनको अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ।
    नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको उपलक्ष्यमा राजकुमार ह्यारीले नेपाल भ्रमण गरेका हुन्। ह्यारीको यो भ्रमण नेपालले भोगेको भूकम्प र नाकाबन्दीपछिको ध्वस्त पर्यटनलाई उकास्न सबैभन्दा प्रभावकारी उपाय भएको पर्यटन बोर्डको बुझाइ छ।
    ह्यारी बसेको होमस्टे तथा घुमेका क्षेत्रलाई पर्यटकीय प्याकेज बनाउन सकिने बोर्डले जनाएको छ। ह्यारीको भ्रमणले बन्न सक्ने पर्यटकीय गन्तव्य पर्यटन व्यवसायीका अनुसार ह्यारीको नेपाल भ्रमण नै अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य हुन सक्छ।
    यसअघि ह्यारीकी हजुरआमा बेलायती महारानी एलिजावेथ द्वितीयाले दुईपटक र ह्यारीका बाबु चार् तथा आमा युवराज्ञी डायनाले एकपटक नेपाल भ्रमण गरेका थिए । बेलायती राजपरिवारको भ्रमणपछि नेपालको पर्यटकीय गन्तव्य जसरी उदीयमान भएको छ त्यसलाई निकै उच्च प्राथमिकता दिएर ह्यारीको पर्यटकीय गन्तव्यलाई पनि प्रवद्र्धन गर्नुपर्ने पर्यटन व्यवसायीको बुझाइ छ।
    नेपालमा जति पर्यटक आए पनि राजा, रानी, राजकुमार, राजकुमारीसँग जोडेर पर्यटनको कथा बन्नुलाई अझै मत्वपूर्ण ढंगले हेरिने शाक्यको बुझाइ छ। पर्यटन विकास भनेकै ‘स्टोरी टेलिङ’ भएकोले पर्यटन व्यवसायीदेखि सुरक्षा निकायसम्म नै यसको महत्व हुने गरेको नेपाली सेनाबाट अवकाशप्राप्त लेफ्टिनेन्ट कर्नेल केदारबहादुर सिंहले बताए। उनकै नेतृत्वको टोलीले तयार पारेको योजनामा चार्ल्स ले पोखरामा पदयात्रा गरेका थिए। चार्को यो यात्रासँग धनकुटाको भेडेटारमा रहेको चार् प्वाइन्ट पनि पर्यटकीय गन्तव्यसँग जोडिएको हो।
    नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको उपलक्ष्यमा राजकुमार ह्यारीले नेपाल भ्रमण गरेका हुन्। ह्यारीको यो भ्रमण नेपालले भोगेको भूकम्प र नाकाबन्दीपछिको ध्वस्त पर्यटनलाई उकास्न सबैभन्दा प्रभावकारी उपाय भएको पर्यटन बोर्डको बुझाइ छ। ह्यारी बसेको होमस्टे तथा घुमेका क्षेत्रलाई पर्यटकीय प्याकेज बनाउन सकिने बोर्डले जनाएको छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.