×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अनुमतिबिना २० लाख नयाँ सिलिन्डर बजारमा

  •  
  • शनिबार, चैत १३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो
    ‘उद्यमीले नाकाबन्दीको फाइदा उठाए’
    काठमाडौं: खाना पकाउने ग्यासको सिलिन्डर उत्पादन गर्ने उद्योगले नाकाबन्दीको समयमा सरकारको इजाजतबिना नयाँ सिलिन्डर बजारमा पुर्‍याएको आरोप लागेको छ।
    उपभोक्ताबाट बढी रकम असुल गर्न उद्योगीले नाकाबन्दीको फाइदा उठाई नयाँ सिलिन्डर बजारमा ल्याएको ग्यास विक्रेता महासंघले जनाएको छ।आपूर्ति मन्त्रालयमा शुक्रबार आयोजित बैठकमा महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सिलिन्डर उद्योगीले बढी मुनाफा आर्जन गर्न सरकारको इजाजतबिना नै २० लाखभन्दा बढी सिलिन्डर बजारमा ल्याएको बताए।
    उनले भने, ‘यस्ता सिलिन्डर पुराना ग्राहकभन्दा नयाँ ग्राहकसँग बढी रकम लिएर वितरण गरिएको छ। पुराना उपभोक्ता भने महिनौंदेखि लाइनमा बसेर पनि ग्यास पाउन सकेका छैनन्।’ अध्यक्ष अर्यालले उद्योगीले इजाजतबिना ठूलो संख्यामा सिलिन्डर बजारमा ल्याएको आरोप लगाए पनि कुनकुन उद्योगले कति सिलिन्डर भित्र्याए भन्ने जानकारी भने दिएनन्।
    अर्यालका अनुसार सिलिन्डर थप्नुअघि नेपाल आयल निगमसँग इजाजत लिनुपर्छ। तर, उद्योगीले आधी तौलको सिलिन्डर बाँड्दा उपभोक्ताको घरमा थन्किएको बहाना बनाउँदै अवैध रूपमा २० लाखभन्दा बढी नयाँ सिलिन्डर थपेको अर्यालले आपूर्तिमन्त्री गणेशमान पुनलाई जानकारी गराए। ‘यस्ता सिलिन्डर बढी रकम लेनदेन र पहुँचको आधारमा नयाँ ठूला घरानियाँलाई मात्रै बिक्री गरियो’, उनले भने, ‘यसरी उद्योगी नाकाबन्दीको मौकाको फाइदा उठाएर कालोबजारी गरी करौडौं रुपैयाँ उपभोक्ताबाट असुल्न सफल भए।’
    बैठकमा उत्पादन क्षमता १४ हजार सिलिन्डर रहेको श्रीमाया ब्रान्डमा सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योगले नाकाबन्दीको समयमा ३८ हजार पुर्‍याएको भन्दै अनुगमनकारी निकायको आलोचना गरिएको थियो। निगमका प्रवक्ता मुकुन्द घिमिरेले नाकाबन्दीको समयमा र अहिले कुनै पनि उद्योगलाई सिलिन्डरको संख्या थप्न इजाजत नदिएको दाबी गरे।
    आपूर्तिमन्त्री पुनले ग्यासको सहज आपूर्ति र वितरण प्रणाली प्रभावकारी बनाउन स्मार्टकार्ड प्रणाली कार्यान्वयनमा ल्याउन गृहकार्य सुरु गरेको जानकारी दिए। सरोकारवाला निकायसँग छलफलको आधारमा केही महिनाभित्रमै उक्त कार्ड प्रणाली कार्यान्वयनमा ल्याउने उनको दाबी थियो।
    मन्त्री पुनले ग्यास आपूर्ति र वितरण प्रणालीबारे तत्कालीन र दीर्घकालीन विषयमा पनि योजना बनाएर कार्यान्वयनमा ल्याइने बताए। मन्त्री पुनका अनुसार गत असोजमा चार हजार टन ग्यास आयात भएकोमा यो महिनामा ३० हजार मेट्रिक टनको हाराहारीमा आयात हुनेछ।
    वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले मागअनुसार आपूर्ति नभएकाले बजारमा ग्यास सहज नभएको बताए । कोइरालाले अहिलेको अवस्थामा ग्यासको बजार सहज बनाउन कम्तीमा मासिक ३५ हजार मेट्रिक टन ग्यास आयात गर्नुपर्ने सुझाव दिए।
    उपभोक्तावादी प्रेमलाल महर्जनले १६ लाख सिलिन्डर उपभोक्ताको घरमा होल्ड भएकाले पनि समस्या कायमै रहेको जानकारी दिए। बैठकमा सहभागी भएका उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले उद्योगीका कारण बजारमा ग्यासको अभाव भइरहेको जानकारी गराएका थिए।
    बैठकमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकुमार सुवेदी सहभागी थिए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुन र चाँदीकाे भाउ बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.