×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विश्वका घुम्नैपर्ने शहरमा काठमाडौं पनि ( फोटो फिचर )

  •  
  • शुक्रबार, चैत १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ज्ञानेन्द्र खड्का

    पहिलोमा लण्डन, २३औं मा काठमाडौं
    काठमाडौं: विश्व चर्चित अनलाइन ट्रिप एडभाइजर डटकमले सन् २०१६ मा घुम्नै पर्ने शीर्ष २५ स्थानको सूची सार्वजनिक गरेको छ। ट्रिप एड्भाइजरले सार्वजनिक गरेको घुम्नै पर्ने शीर्ष २५ स्थानको सूचीमा नेपालसमेत परेको छ।
    ट्रिप एड्भाइजरले नेपालको राजधानी सहर काठमाडौंलाई सन् २०१६ मा घुम्नै पर्ने स्थानको सूचीको २३ औं नम्बरमा अटाएको हो। उसले काठमाडौं उपत्यकालाई ऐताहासिक सहरको संज्ञा दिएको छ भने यहाँ प्राचीन मन्दिर र मूर्तिहरु रहेको उल्लेख गरेको छ।
    काठमाडौं उपत्यकालाई आकर्षक गाउँहरुले भरिएको सहर भन्दै यहाँ दरबार स्क्वायरहरु, स्थानीय संस्कृति हेर्न पाइने उल्लेख गरेको छ। ट्रिप एड्भाइजरले काठमाडौं नजिकै जंगली जनावारको अवलोकन गर्दै पदयात्रामा जान सकिने पनि लेखेको छ।
    त्यसैगरी यहाँ पर्यटकीय केन्द्र ठमेल पनि रहेको उल्लेख गर्दै मौलिक गलैंचा, कागजका सामाग्री र कालिगढहरुको उत्कृष्ट कला पनि हेर्न पाइने जनाएको छ। उसले यहाँका पसलहरुमा पुरातात्विक महत्वका सामाग्रीहरु पाइने जनाउँदै सन् २०१६ मा एक पटक काठमाडौं पुग्नैपर्ने सुझाव दिएको छ।
    उसको सूचीको पहिलो स्थानमा बेलायतको राजधानी लण्डन परेको छ । दोस्रो नम्बरमा आईसआईसको निशानामा परिरहेको ट्रकीको इस्तान्बुल सहर परेको छ।
    ट्रिप एड्भाइजरको घुम्नै पर्ने सूचीको तेस्रो नम्बरमा मोरक्कोको मर्राकेच सहर परेको छ । चौथो नम्बरमा फ्रान्सको राजधानी पेरिस रहँदा पाँचौ नम्बरमा कम्बोडियाको सिएम रेयाप सहर परेको छ।
    घुम्नै पर्ने स्थानको छैटौं नम्बरमा चेक रिपब्लिकको प्राग सहर अटाएको छ । सातौं नम्बरमा इटालीको राजधानी रोम रहेको भने आठौं नम्बरमा एसियाली मुलुक भियतनामको हनोई सहर परेको छ।
    ट्रिप एड्भाईजरको घुम्नैपर्ने स्थानको नवौं नम्बरमा अमेरिकाको न्यूर्योक सहर रहेको छ । दसौं नम्बरमा इन्डोनेसियाको उबुद रहँदा ११ औं स्थानमा स्पेनको बार्सिलोना सहरलाई ट्रिप एड्भाइजरले राखेको छ।
    घुम्नै पर्ने स्थानको सूचीको १२ औं नम्बरमा पोर्चुगलको लिस्बन सहर पर्दा १३४ औं नम्बरमा युनाईटेड इमिरेट्सको दुबई सहर परेको छ। त्यसैगरी घुम्नै पर्ने सहरको १४ औं नम्बरको सूचीमा रसियाको सहर सेन्टपिटसबर्ग पर्न सफल भएको छ। थाईल्यान्डको बैंकक सहर १५ औं नम्बरमा रहेको छ।
    १६ औं नम्बरमा नेदरल्यान्ड्सको आम्सटर्डम सहर अटाएको छ । सूचीको १७ औं नम्बरमा अर्जेन्टिनाको ब्यूनसआयर्स रहेको छ। १८ औं नम्बरमा चिनियाँ सहर हङकङ अटाउँदा १९ औं नम्बरमा मेक्सिोको प्लाया डे कारमेन परेको छ । त्यसैगरी २० औं नम्बरमा दक्षिण अफ्रिकाको केप टाउन सेन्ट्रल अटाएको छ।
    घुम्नै पर्ने स्थानको सूचीमा जापानको टोक्यो २१ औं नम्बरमा रहेको छ । २२ औं नम्बरमा पेरुको क्युस्को रहेको छ भने २३ औं नम्बरमा नेपालको राजधानी काठमाडौं पर्न सफल भएको हो।
    त्यसैगरी २४ औं नम्बरमा अस्ट्रेलियाको सिड्नी सहर रहेको छ। त्यसैगरी घुम्नै पर्ने स्थानको अन्तिम तथा २५ औं नम्बरमा हंगेरीको बुडापेस्ट सहर अटाएको छ।
     -एजेन्सीको सहयोगमा 

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.