×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘हराएको ग्यास’ खोज्न बल्ल सरकार तात्यो

  •  
  • बिहिबार, चैत ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मार्चयता १३ लाख सिलिन्डर भित्रिए, उपभोक्ताले पाएनन्

    ११ चैत, काठमाडौं । नाकाबन्दी हटेको लामो समयमसम्म पनि ग्यासको हाहाकार जारी रहेपछि सरकारले यसको खास कारण खोज्ने भएको छ । ग्यास उद्योगदेखि विक्रेतासम्मले कालोबजारी गरेको भन्दै व्यापक आलोचना भएपछि सरकार तातेको हो ।

    आपूर्ति मन्त्रालयले ग्यासको बितरण प्रणालीको कमजोरी पत्ता लगाउन अध्ययन अघि बढाएको प्रवक्ता दीपक सुवेदीले बताए । यसका लागि एउटा अध्ययन तथा सिफारिस समितिसमेत बनाइएको छ ।

    मन्त्रालयका सहसचिव उत्तम नागिलाको संयोजकत्वमा बनेको समितिमा उपभोक्तावादी, ग्यास उद्योग संघ, विक्रेता संघ र आयल निगमको प्रतिनिधित्व छ ।

    ‘आपूर्ति जति बढ्दा पनि एक सिलिन्डर ग्यास पाउन उपभोक्ताले उस्तै सास्ती झेलेको देखियो,’ सह-सचिव सुवेदीले भने-‘ग्यास कहाँ हराइरहेको छ भन्ने खोज्न तथा उपभोक्ताले सहजरुपमा पाउने वातावरण तयार गर्न समिति बनेको हो ।’

    सहसचिव नागिलाको संयोजकत्वको समितिले बुधबारदेखि नै काम सुरु गरेको छ । समितिले मंगलबार काठमाडौंका केही ग्यास उद्योगको वितरण प्रणालीको अनुगमन गरेको छ । नेपाल ग्यास उद्योगबाट पुगेर वितरण प्रणालीको अध्ययन सुरु गरिएको नेपाल आयल निगमका प्रवक्ता तथा समिति सदस्य मुकुन्द घिमिरेले बताए ।

    ‘वितरण प्रणालीमा भएका कमजोरी हटाउने र उपभोक्ताको भान्सामा सहजै ग्यास पुर्‍याउने किसिमबाट कसरी काम गर्ने भन्ने विषयमा हाम्रो अनुगमन केन्दि्रत छ,’ प्रवक्ता घिमिरेले भने, ‘आपूर्ति सुधि्ररहँदा पनि गुनासो नहटेपछि यो काम थालिएको हो ।’

    कति आउँदैछ ग्यास ?
    आयल निगमका अनुसार नाकाबन्दीपछि प्रतिमहिना ४ हजार टनमा झरेको थियो । मार्च महिनाको पहिलो २० दिनमा भारतबाट १९ हजार टन ग्यास आयात भइसकेको छ । यो महिनाको अन्तिमसम्म आयात २५ हजार टन पुग्नसक्ने अवस्था देखिएको छ ।

    यसअनुसार नाकाबन्दी चरम अवस्थामा रहँदा भारतबाट २ लाख ८० हजार सिलिन्डर भर्न सकिने ग्यास आएको थियो । तर, अहिलेको आयातले महिनामा साढे १७ लाख सिलिन्डर ग्यास भरिने अवस्था छ । आयात बढ्दा पनि ग्यास पाउन सबैलाई मुस्किल देखिएको आपूर्ति मन्त्रालयका सहसचिव सुवेदी स्वीकार्छन् ।

    कन्ट्रोल युनिट प्रभावहीन
    ‘होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस लगायतले सहजै ग्यास पाएको भन्ने सुनिन्छ । त्यो धेरै हदसम्म सही हो,’ उनले भने, ‘कति ठाउँमा उद्योगबाटै बदमासी भएको छ भने कतिपय विक्रेताले पनि कालोबजारी गरेका छन् ।’

    आयल निगममा ग्यासको वितरण सुधार्न ग्यास कन्ट्रोल युनिट राखेर काम गर्दा पनि समस्या नसुल्झिएको उनले सुनाए ।

    ‘दिन-दिनै कुन कम्पनीमा कति बुलेट ग्यास आए, कति सिलिन्डर भरिए, कुन विक्रेताकोमा कति ग्यास पठाइए भन्नेबारे कन्ट्रोलसँग सूचना छ,’ सुवेदीले भने, ‘त्यही सूचनाका आधारमा उद्योगदेखि डिलरहरुसम्म अनुगमन पनि भएको छ । तर, पनि समस्या समाधान नभएपछि अब अध्ययन अनुगमन गर्दा पनि केही लागेन ।’

    अहिले बनेको अध्ययन समितिले यो अवस्था सुधार्न सुझावसहित दिने सिफारिसका आधारमा ग्यासको वितरण प्रणालीलाई सच्याइने मन्त्रालयले बताएको छ । पेट्रोलियम पदार्थको वितरण प्रणालीबारे अध्ययन गर्न सहसचिव सुवेदी नेतृत्वको अर्को समितिले काम गरिरहेको छ ।

     onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.