×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विश्वका ठूला ‘कन्स्ट्रक्सन’मा चिनियाँ ठेकेदार

  •  
  • बुधबार, चैत १०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यसरी गर्‍यो चीनले पूर्वाधार विकासमा एकाधिकार

    नविन अर्याल
    १० चैत, काठमाडौं । दोस्रो जनयुद्धको समाप्तिपछि चिनियाँ कम्युनिष्ट पार्टीले च्याङकाइसेकको सेनासँग लडेर सत्ता कब्जा गर्‍यो । सन् १९४९ अक्टोेवरमा चीनको आकाशमा कम्युनिष्ट पार्टीको झण्डा फहरायो । समाजवादी सत्ताको नेतृत्व गर्दै राष्ट्रपति बने, माओत्सेतुङ ।

    चीनमा माओत्सेतुङको शासनलाई धेरै मुलुकहरुले स्वीकार गरेनन् । साशन टिकाउन विदेशी मुद्रा पनि चाहियो, डिप्लोमेसीमा पनि पहुँच चाहियो । यसका लागि माओत्सेतुङले नयाँ रणनीति अंगीकार गरे । उनले राज्यकै लगानीमा हजारौं कन्स्ट्रक्सन कम्पनीहरु जन्माए ।

    Mao zedong

    सन् १९४९ देखि चीनले सरकारकै लगानीमा विश्वभरि कन्स्ट्रक्सन क्षेत्रमा हात हाल्यो । माओले ठूला कम्पनीहरुमा कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्यहरुलाई महाप्रबन्धक बनाएर पठाए, जसले डिप्लोमेसी सुधार गर्ने कामसमेत गरे ।

    अहिले विश्वका ठूला-ठूला कन्स्ट्रक्सनमा चिनियाँ कन्ट्रयाक्टर काम गर्छन् । चीनको विश्वभर कन्स्ट्रक्सन क्षेत्रमा ठूलो लगानी छ । अहिले विश्वका प्रमुख १० कन्ट्रयाक्टरमध्ये छैठौं नम्बरसम्म चिनियाँ कम्पनी रहेको निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछाने बताउँछन् ।

    ‘विश्वका ठूला कन्स्ट्रक्सनमा चिनियाँहरु अगाडि छन्, विश्व कन्स्ट्रक्सन क्षेत्रमा चीनको एकाधिकार बढ्दैछ’ लामिछानेले अनलाइनखबरसँग भने- ‘चीनको सफलतालाई माओत्सेतुङको दुरदर्शिता मान्नुपर्छ ।’ माओले १० वर्ष लगातार सत्ता सम्हाल्दा चीनले कन्स्ट्रक्सन, औद्योगिकीरण, कृषि क्षेत्रमा क्रान्ति नै भयो ।’

    यतिबेला चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । अहिले पनि चीनमा ठूला कन्सट्रक्सन कम्पनीहरु सरकारी लगानीमा सञ्चालित छन् । चीनले श्रीलंका, भारत, पाकिस्तान, कोरिया, अफ्रिका, युरोपेली मुलुकको कन्स्ट्रक्सनमा ठूलो लगानी गरेको छ ।

    चीनले आफ्नै मुलुकमा पनि कन्स्ट्रक्सन क्षेत्रमा ठूलो लगानी गरेको छ । चीनमा चमत्कारिक देखिने ठूला हाइड्रोपावर, ठूला पुलहरु, टनेलमार्ग, गगनचुम्बी भवन, सडकहरु बनायो । कन्स्ट्रक्सनमा चीनको उपस्थिती अझ बलियो बन्दै गइरहेको छ ।

    चीनको सफलतालाई माओत्सेतुङको दुरदर्शिता मान्नुपर्छ ।’ माओले १० वर्ष लगातार सत्ता सम्हाल्दा चीनले कन्स्ट्रक्सन, औद्योगिकीरण, कृषि क्षेत्रमा क्रान्ति नै भयो ।

    नेपालमा चिनियाँ कन्ट्रयाक्टरहरुको ठूलो उपस्थिती रहेको छ । नेपालको जलविद्युत, विमानस्थल, सञ्चार, निर्माण क्षेत्र लगायतका ठूला परियोजनामा चिनियाँ ठेकेदारहरूको एकाधिकार देखिन्छ । अधिकांश ठूला जलविद्युत परियोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रोनिक ठेक्का चिनियाँ कम्पनीको हातमा छ ।

    नेपालमा चिनियाँ उपस्थिति

    काठमाडौं उपत्यकामा रिङरोड विस्तारको काम चिनियाँ कन्ट्रयाक्टरले गरिरहेका छन् । रिङरोड विस्तारको दोस्रो चरणको काम पनि चीनलाई नै दिने सरकारको तयारी छ ।

    नेपाल सरकारको लगानीमा बनिरहेको ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत परियोजनाको सिभिल निर्माणको कम्पनी चिनियाँ कम्पनी सिने हाइड्रोले गरिरहेको छ ।

    ३० मेगावाटको चमेलिया हाइड्रोको काम चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनीले गरिरहेको छ । यद्यपि अहिले चमेलियाका काम रोकिएको छ । त्यस्तै, १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोको सिनो हाइड्रोले काम गरिरहेको छ ।

    तल्लो इन्द्रावतीको ४.५ मेगावाटको सिभिल संरचना पनि चीनकै पिङसाङ माइनिङ इन्डष्ट्री ग्रुपले बनाइरहेको छ । यो निजी क्षेत्रले बनाउन लागेको हाइड्रो परियोजना हो ।

    भैरूहवा विमानस्थलको स्केच

    भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सनले गरिरहेको छ । यो विमानस्थल २०१७ को अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।

    प्रस्तावित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पनि चिनियाँ कम्पनीले पाइसकेको छ । चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले पोखरा विमानस्थल बनाउने छ । यो विमानस्थल चीनकै सहुलियत ऋण सहयोगमा बन्न लागेको हो । विमानस्थलको ऋण सम्झौता प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको अवसर पारी सोमबार भएको छ ।

    वागमतीमा बन्न लागेको २० मेगावाटको मान्डुपावर कम्पनीमा चिनियाँ कम्पनीले काम गर्दैछ । त्यसैगरी नेपालमा रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) प्रतिवेदन बनाइदिन चीन सरकारसँग आग्रह गरिएको छ ।

    चीनको सिगात्सेसम्म आइपुगेको रेल सन् २०२० सम्म केरुङसम्म ल्याउने चीनको तयारी छ । सीमा नाकामा आइपुगेको रेललाई काठमाडौं, पोखरा र लुम्विनीसम्म पर्‍याउन डीपीआर अध्ययन गर्न लागिएको हो । नेपालमा चिनियाँ रेल विस्तारका लागि चीन सरकार समेत सकरात्मक छ ।

    trains-7a

    त्रिशुली-३ एको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनको ठेक्कासमेत चिनियाँ कम्पनी सीजीजीसीले पाएको छ । यो परियोजनामा चिनियाँ बैंक एक्सपोर्ट-इम्पोर्ट (एक्जिम) बैंकको लगानी रहेको छ ।

    नेपाल टेलिकम, एनसेल लगायतको पूर्वाधार विकासमा पनि चिनियाँ एकाधिकार नै रहेको छ । चिनियाँ कम्पनी हुवावे र जेडटीईले टेलिकमको सेवा विस्तारमा काम गर्दै आइरहेका छन् ।

    प्रस्तावित ७५० मेगावाटको पश्चिम सेतीमा थ्री गोर्जेजले करिव एक खर्ब बढी लगानी गर्दैछ । करिव डेढ खर्बको यस परियोजनमा २५ प्रतिशत लगानी नेपाली कम्पनीको हुने छ । थ्री गर्जेज आफै निर्माण कम्पनी भएको हुँदा पश्चिम सेतीको निर्माण पनि चिनियाँ कम्पनीले गर्नेछ । अन्य परियोजनामा पनि चिनियाँ कम्पनी आउन आतुर देखिन्छन् ।

    बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का पनि चिनियाँ कम्पनी रेलवे ग्रुपले पाएको थियो । तर, यस परियोजनामा तीतो अनुभव गर्नुपर्‍यो । सुरुङ निर्माणको काम गरिरहेको कम्पनीले ०६९ भदौमा एकतर्फीरुपमा सम्झौता तोडेर भाग्यो । उसले आयोजना निर्माण गर्ने वातावरण नभएको दोष लगाएको थियो ।

    चिनियाँ कम्पनीहरु घर बनाउँथे

    पञ्चायत कालसम्म चिनियाँ कम्पनीले नेपालमा निजी घरसमेत बनाउने गरेको निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष लामिछानेले बताए । उनका अनुसार यो काम ०५४/०५५ सालबाट रोकिएको हो ।

    ‘अहिले बरु चाइनिज कम्पनीको एकाधिकार छैन, पहिला धेरै थियो’ लामिछानेले भने- ‘अहिले स्पेसिफिक काममा मात्र चाइनिजहरु आएका छन् ।’ टनेल र भूमिगत संरचनाको काममा चाइनिजहरु ब्ढी सहभागी भइरहेको उनले बताए ।

    नेपालमा ०५२/०५३ सालसम्म चाइनिज कम्पनीहरु सफल भएको स्मरण गर्दै लामिछानेले भने- ‘माओवादी जनयुद्धले यिनीहरुलाई पनि छाडेन, त्यसपछि धेरै चाइनिज कम्पनीहरुले आफ्नो अफिस नै बन्द गरेर हिँडे ।’

    पूर्वाधारमा चिनियाँ लगानी

    नेपालको पूर्वाधार निर्माणमा चीनले सिभिल निर्माणमा मात्र नभई आर्थिक लगानी समेत गर्दै आइरहेको छ । चिनियाँ कम्पनी थि्र गर्जेजले पश्चिम सेती जलविद्युतमा एक खर्ब बढी लगानी गर्ने सम्झौता गरिसकेको छ । चीनको एक्जिमले माथिल्लो त्रिशूली-३ ए (६० मेगावाट) परियोजनामा १२ करोड डलर सहुलियतपूर्ण ऋण लगानीको सम्झौता गरेको छ ।

    एक्जिमले पोखरा विमानस्थ निर्माणका लागि करिव २२ अर्ब रुपैयाँ सहुलियत ऋण दिने सम्झौता गरिसकेको छ ।

    Pokhara-airport-New

    यसैगरी नेपाल वायुसेवा निगमलाई आन्तरिक उडान गर्नका लागि ३ अर्ब रुपैयाँ सहुलियत ऋण दिएको छ । चीनले २ वटा जहाज अनुदान र ४ वटा जहाज सहुलियत ऋणमा दिने सम्झौता गरेको छ । जसमध्ये सहुलियत ऋणका २ जहाज नेपाल आएर व्यवसायीक उडान गरिरहेका छन् । बाँकी जहाज लिनका लागि चीनले बोलाइसकेको छ ।

    सुन, ग्याँस र तेलखानीको अन्वेषणमा चीनले लगानी गरेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा आइतबारमात्र नेपाल र चीनबीच नेपालमा ग्याँस र तेलको सम्भाव्यता अध्ययन गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

    माथिल्लो मस्र्याङ्दीमा चीनको सिनोहाइड्रो कम्पनीले लगानी गर्दै छ । २५ मेगावाट क्षमताको माथिल्लो मादीमा पनि चीनले ७५ प्रतिशत लगानी गरेर आयोजना निर्माण भइरहेको छ ।

    नेपाली कम्पनीको अवस्था

    नेपाली कन्स्ट्रक्सन कम्पनीहरु विश्व बजारमा प्रतिस्पर्धा गर्ने खालका नरहेको लामिछाने बताउँछन् । विश्व बैंक र एडीबीको गाइड लाइनमा कुनै पनि आयोजनाको काम पाउन सम्बन्धित आयोजनाको लगानीको डेढ गुणा बढी टनओभर हुनुपर्ने बताउँदै उनले भने- ‘यतिमात्र होइन, त्यस्तै प्रकृतिको काम गरेको अनुभव पनि हुनुपर्छ । यो अन्तर्राष्ट्रिय कानुनजस्तो बनिसकेको छ ।’

    नेपाली कन्ट्रयाक्टरले सिक्ने अवसर नै नपाएको गुनासो गर्छन्, लामिछाने । नेपालमा ०३२/०३३ सालमा कुलेखानीको पहिलो सुरुङ कोरियन कम्पनीले खन्यो । नेपालमा सुरुङ खन्ने प्रविधि चार दशक नाघिसके पनि नेपाली अनभिज्ञ रहेको उनले बताए ।

    अहिले पनि सुरुङ भन्नेवित्तिकै चिनियाँ कम्पनी सम्झिन्छ । ‘यो अवधिसम्म नेपालीले सिक्ने अवसर पाएको भए धेरै सुरुङ नेपालीले खन्न सक्ने अवस्थामा पुगिसक्थे’ लामिछानेले भने- ‘सरकारले विदेशीलाई परियोजनाको ठेक्का दिँदा नेपालीलाई पनि सहभागी गराउने शर्त राखेको भए नेपालीहरु आफै सक्षम भइसक्थे ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.