×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बाघ ‘ट्रयाप’ गर्ने क्यामरामा ‘ट्र्याप’ भए ह्यारी

  •  
  • सोमबार, चैत ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विष्णु नेपाल बर्दिया
    बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड आज बिहानै बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर जलयात्राको मज्जा लिनुका साथै निकुञ्जका वन्यजन्तुको अवलोकन गरेका छन्।
    बिहानै हेलिकप्टरबाट हिमाली दृश्यको अवलोकन गर्दै बर्दिया अवतरण गर्नासाथ राजकुमार ह्यारी गैंडामोचर पोस्टबाट बघौरा फाँटसम्म ४० मिनेट जलयात्रा गरे। त्यसपछि झन्डै आधा घन्टा जङ्गलमा पैदलयात्रा गरे।
    राजकुमार ह्यारी पैदल जङ्गल अवलोकनलाई त्यहाँ बाघको गतिविधि ट्र्यापिङ गर्दै आएको क्यामरामार्फत ‘ट्रयापिङ’ गरिएको थियो। आफूले बाघजस्तो हिँडेको गतिलाई ल्यापटपमार्फत हेरेपछि उनी खुसीले दङ्ग भए। सन् ९० को दशकबाट सुरु भएको बाघ ट्र्यापिङ प्रणाली सन् २००० बाट पूर्णरुपमा कार्यान्वयनमा आएको थियो । ट्र्यापिङका लागि तीनसय क्यामरा राखिएका छन् ।
    हिजोअस्ति वन्यजन्तुको गतिविधिको निगरानी गर्ने क्यामराले आज भने मानवीय गतिविधिको ट्र्याप गर्यो‍। बेलायती राजकुमार ह्यारीले सम्भवतः जीवनको पहिलोपटक नै बाघ हिँडेको जस्तो हिँडाइ गरी त्यो ट्र्यापिङ कार्यबारे जानकारी पनि लिए।
    बर्दिया राष्टिय निकुञ्जका प्राविधिक र विश्व वन्यजन्तु संरक्षण कोषका प्राविधिकले बाघको ट्र्यापिङ प्रविधिबारे राजकुमार ह्यारीलाई अवगत गराएका थिए । निकुञ्जभित्र ५० वटा बाघ रहेको सहायक संरक्षण अधिृकत अशोक भण्डारीले जानकारी दिए।
    जिन्सको पाइन्ट, नीलो आकासे सर्टमा मफलर झुन्ड्याएका राजकुमार ह्यारीले त्यहाँ रहेका वन्यजन्तुको अवलोकन गर्नुरेका थिए। हिमाल, प्रकृति, पर्यावरण र वन्यजन्तु संरक्षणमा विशेष रुची बोकेका ह्यारीले बाघको जस्तो हिँडाइ गरिरहँदा सो दृश्यलाई कैद गर्न सञ्चारकर्मी तँछाडमछाड गरेका थिए ।
    प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्नुहुने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिए। झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यहाँ मुख्यतः हात्ती, गँैडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् । यो निकुञ्ज दक्षिण एसियामा सबैभन्दा ठूलो बाघ भएको क्षेत्र हो ।
    विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पु¥याउँदै आएको छ । यहाँका वन्यजन्ुत हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्दछन् । निकुञ्जका विभिन्न चार ठाउँमा राखिएका हात्तीले राजकुमार ह्यारीको स्वागत गरेका थिए ।
    हात्तीको शरीरमा वेलकम टु ह्यारी इन नेपाल भनेर लेखिएको थियो । बाघको ट्र्यापिङसम्बन्धी जानकारी लिएपछि ह्यारीले बर्दिया सूर्यपटुवा गाविसको जैविक मार्गमा रहेको थारू घरवास (होमस्टे)को समेत निकै चाखपूर्वक अवलोकन गरे। थारू होमस्टे अवलोकनका अवसरमा थारू नाच र संस्कृति प्रदर्शन गरिएको थियो।
    पर्या–पर्यटनमा सौखिन राजकुमार ह्यारी नेपाल–बेलायत कूटनीतिक सम्बन्धको द्विशतवार्षिकीका अवसरमा पाँचदिने भ्रमणका सिलसिला चैत ६ गते नेपाल आएका हुन्। राजधानीमा व्यस्त कार्यक्रमका बीच राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेका राजकुमार ह्यारी नेपाल सरकारका तर्फबाट आयोजित स्वागत समारोहमा सहभागी भएका थिए। उनले भक्तपुर र पाटनका ऐतिहासिक, पुरातात्विक महत्वका भूकम्पले क्षति पुर्‍याएको क्षेत्रको भ्रमण गरी त्यहाँ भइरहेको पुनःनिर्माणका कार्यबारे जानकारी लिए।
    आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउनेछन्। पर्वतीय पदयात्राका सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन्। उनले गोर्खाका परिवारजनसित भलाकुसारीसमेत गर्नेछन्। सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने यहाँस्थित बेलायती दूतावासले जनाएको छ।
    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.