×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रसियामा विमान दुर्घटना, ६१ जनाको मृत्यु

  •  
  • आइतबार, चैत ०७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :एजेन्सी

    काठमाडौंः फ्लाई दुबईको विमान रसियमा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका सबै ६१ जनाकै ज्यान गएको समाचार छ ।  प्राप्त समाचारअनुसार सो विमानमा रहेका सबै ६१ जनाको नै ज्यान गएको पुष्टि उक्त एयरलाइन्सले नै गरेको छ ।

    शनिबार बिहान दक्षिणी रसियाको रोस्तोभ ओन दन विमानस्थलमा सो विमान अवतरण गर्ने तयारीमा रहेको समयमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।
    अवतरणको तयारीको विमान अकस्मात जलेको र त्यसपछि आगो लागेको अवस्थामा नै विस्फोट पनि भएको समाचारमा जनाइएको छ ।
    उक्त विमानस्थल वरिपरिको मौसम खराब रहेको थियो । पहिलो प्रयासमा सम्भव नभएपछि विमानले दोस्रो पटक अवतरणको लागि प्रयास गरेको थियो । त्यस क्रममा नै विमान दुर्घटनाग्रस्त बनेको बताइएको छ ।
    उक्त विमानमा रहेका सबैजना यात्रुको ज्यान गएको भन्दै उक्त हवाई सेवा कम्पनीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
    अवतरणका लागि जमिनमा आउने बेलामा नै बोइङ ७३७ आकासमै आगो लागेर पड्किएको र त्यसका कारण कुनैपनि यात्रुलाई विमानबाट उद्वार गरी बाहिर झिक्न नसकिएको उक्त एयरलाइन्सले जनाएको छ ।
    रसियाको आकस्मिक व्यवस्थापनसम्बन्धी मन्त्रालयले जनाएअनुसार उक्त विमानमा ५५ जना यात्रु रहेका थिए । ५५ जना यात्रु र चालक दलका सदस्य ६ जना गरी सबै ६१ जनाको नै ज्यान गएको समाचारमा जनाइएको छ ।
    रसियाका टेलिभिजनहरुले उक्त विमानमा भएको दुर्घटनापछिको अवस्थाका साथै बिमान बलेको र यसका कारण कुनैपनि यात्रुलाई बाहिर निकाल्न नसकिएको दृश्य देखाएका छन् ।
    उक्त विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएको थियो । वर्षासँगै चलेको कडा हावाका कारण त्यहाँको मौसम खराब रहेको सूचना हवाई उड्डयन अधिकारीहरुले प्रकाशन गरेका थिए ।
    जसका कारण उक्त विमान दुर्घटना हुन पुगेको बताइएको छ । खराब मौसमका कारण पहिलो प्रयासमा विमान अवतरण गराउन नसकेपछि दोस्रो पटक अर्को प्रयास भएको थियो ।
    तर त्यो प्रयास पनि असफल भएपछि विमान दुर्घटनाग्रस्त बन्न पुगेको हो । उक्त एयरलाइन्सले आफ्नो फेसबुक पेजमा विमान अवतरणको बेलामा दुर्घटनामा परेको जानकारी दिएको छ । उक्त पेजमा फ्लाईदुबईको उडान नम्बर एफजेट ९८१ दुर्घटनामा परेको जनाइएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत ०७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले आज पनि पठायाे राहत सामग्री
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    विश्व बजारमा तेलको मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.