×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अब ट्रक गुडाउँदै घुम्ती नाटक

  •  
  • शनिबार, चैत ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र ५, २०७२- शुक्रबार साँझ अनामनगरमा एउटा ट्रक जुनकीरीझैं चम्किँदै, गुड्दै आयो । चारैतिरका ‘बडी’ पालैपालो खुले । ट्रक नै थिएटरमा बदलियो । र, सुरु भयो इटालियन नाटककार लियो लियोनीको ‘फ्रेडरिक’ को अनुदित नाटक ‘मनचिन्ते फिरन्ते ।’

    तस्बिरहरु : संजोग मानन्धर

    मण्डला थिएटरको पार्किङ लटनेर अकस्मात् ट्रकमै रंगमञ्च तयार हुँदा छक्क परेका वरपरका मानिस एकाएक अघिल्तिर ओइरिए । आसपासका घरका बार्दली र झ्यालमा छिमेकीहरु दर्शक भएर कुँडुलो परे । पश्चिमा देशमा अभ्यास भइसकेको ट्रक थिएटर नेपालमा बिस्तार हुँदै गर्दा ९५ वर्षीय नाटककार सत्यमोहन जोशी, नेता रघु पन्त, दीप श्रेष्ठलगायत छक्क पर्दै थिए ।

    ‘१९९८ सालमा बालकृष्ण समले मौलिक नेपाली नाटक थालेर जसरी क्रान्ति ल्याए, त्यस्तै क्रान्ति हो यो,’ पाका रंगकर्मी जोशीले जोशिलो आवाजमा दर्शकतिर हेर्दै आवाज दिए, ‘युवा रंगकर्मीले केन्द्रिकृत नाटक कर्मलाई ट्रकमा गुडाउँदै देशका कुनाकाप्चासम्म पुर्‍याउनेछन् । यो रंगमञ्चको क्षेत्रमा ऐतिहासिक परिवर्तन हो ।’

    एमाले नेता रघु पन्तले गतिलो थिएटर नभएको सहर वास्तविक अर्थमा ठूलो सहर नमानिने भन्दै मोबाइल थिएटरलाई शुभकामना दिए । गायक दीप श्रेष्ठको समूहले गीत सुनायो । मण्डलाका राजन खतिवडाले कयौं रात नसुतेरै देखेको सपना पूरा भएको भन्दै खुसियाली साटे । मण्डला थिएटरकी उपाध्यक्ष सिर्जना सुब्बाले जर्मन नियोग जिआइजेडबाट प्रदत्त ट्रकको साँचो बुझिन् । त्यसपछि अध्यक्ष दयाहाङ राईले भने, ‘वैशाखभित्रमा उपत्यकाका १५ ठाउँमा ट्रकमा नाटक देखाउँछौं, अर्को वर्ष देशभरि ।’

    संयोगवश ट्रकनेर आइपुगेका निर्देशक खतिवडाका पितालाई देखेपछि संस्कृतिविद् तथा नाटककार सत्यमोहन जोशीले पुलकित हुँदै खादा ओडाउँदै सम्मान गरेका थिए । कान्तिपुर टिभीका समाचार प्रमुख दिलभूषण पाठक, कलाकार दीपकराज गिरीले रंगमञ्चमा नयाँ शैली भित्र्याएको भन्दै मोबाइल थिएटर सञ्चालकलाई बधाई दिए । कार्यक्रमको उद्घोषण गरिन्, अभिनेत्री प्रियंका कार्कीले ।

    रंगकर्मीहरुले ट्रकको नाम ‘जुनकीरी’ घुम्ती रंगमञ्च दिएका छन् । स्थायी र केन्द्रीकृत नाटक मञ्चन परम्परा तोड्दै आफूहरुले दर्शकलाई नाटकघर नभई नाटकघरलाई दर्शकसम्म पुर्‍याउने लक्ष्य राखेको बताएका छन् । यसअघि २०६६ सालमा अस्थायी रुपमा घुम्ती रंगमञ्च चलाउदै देशाटन गरे पनि यसपल्ट स्थायी रुप दिन खोजेको उनीहरुको भनाई छ । ‘नाटकघरसम्म आउन नसक्ने अथवा थाहा नभएका तर कलामा चाख भएका समुदायमा जुनकीरी घुम्ती थिएटर केन्द्रित गर्दैछौं,’ मण्डलाको प्रेस नोटमा भनिएको छ ।

    ट्रक रंगमञ्चको पहिलो नाटकलाई विप्लव प्रतीकले नेपालीमा उल्था गरेका हुन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.