×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार भएन

  •  
  • सोमबार, चैत ०१, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दमाम: साउदी अरबमा अलपत्र परेका नेपाली कामदारले आफूहरुको उद्धारमा दूतावासले चासो नदिएको गुनासो गरेका छन्।
    रोजगारदाता कम्पनीले बन्धक बनाई अलपत्र पारेपछि दूतावासलाई हारगुहार गरिएको भए पनि उद्धारमा चासो नदिइएको पीडित नेपालीले गुनासो गरेका हुन् । उद्धारमा दूतावासले चासो नदिँदा स्वदेश फर्कन नपाएको उनीहरुले बताएका छन्।
    काठमाडौँ थापागाउँस्थित ‘अल नसिर ओभरसिजप्रालि’मार्फत २२ महिनाअघि साउदीको पश्चिमी क्षेत्र जेद्धामा रहेको ‘अम्जाद फइज अलओटाबी स्टाबिविस्ट फर कन्ट्रक्सन’ कम्पनीमा आएका १० नेपालीको अझै उद्धार हुन सकेको छैन। पटक-पटक जेद्धास्थित महावाणिज्य दूतावासलाई उद्धार गरिदिन आग्रह गरिए पनि बेवास्ता गरिएको सुनसरीका कमुद्र्धिन मियाँले गुनासो गरे।
    ‘दूतावास धाउन थालेको वर्षदिन भइसक्यो, कर्मचारीले आश्वासन मात्र दिने गरेका छन्। भोकै बस्नुपर्ने स्थिति आएको छ,’ उनले भने-‘यता हामी रोइरहेका छौँ, उता घरपरिवारमा रुवाबासी चलेको छ।’
    कम्पनीको अवस्था नाजुक बनेपछि यहाँको सरकारले रातो सूचीमा राखेको कारण २२ महिनाअघि साउदी आएका ती नेपाली कामदारको हालसम्म पनि आवास अनुमतिपत्र बन्न सकेको छैन। रोजगारदाता कम्पनीले परिचयपत्र लगायतका महत्वपूर्ण कागजात नबनाइदिएका कारण उनीहरु अलपत्र परेका हुन्।
    नेपाली कामदारलाई गैरकानुनी ढङ्गबाट लुकाईछिपाई अन्य कम्पनीमा काममा लगाइएको थियो। अवैध कामदारका रुपमा काममा लगाई एकातिर नेपालीले १० महिनादेखि काम गर्न पाएका छैनन्। यहाँको आवास अनुमतिपत्र नभएकै कारण बिरामी परेका उनीहरुले औषधी उपचारसमेत गर्न पाएका छैनन्।
    रातोसूचीमा परेका कम्पनीले सुधार नगरेसम्म कुनै कारोबार गर्न नपाउने, विदेशी कामदार ल्याउन भिसा नपाउने र त्यहाँ कार्यरत कामदारलाई अन्यत्र स्थानान्तरण गर्न नपाउने भएका कारण उनीहरु समस्यामा परेका हुन् । बन्द हुने स्थितिमा पुगेको कम्पनीमा पठाएर म्यानपावर कम्पनीले आफूहरुलाई फसाएको सप्तरी राजविराजका प्रेमनारायण झाले बताए।
    अवैध कामदार भएकै कारण ती नेपालीले स्वदेश फर्कनका लागि रु पाँच लाखदेखि रु छ लाखसम्म जरिवाना भुक्तान गर्नुपर्ने बताइएको छ। सो बराबरको रकम भुक्तान नगरी स्वदेश फर्कन नपाउने पीडित नेपालीले बताएका छन्। पटक पटक प्रहरीले पक्राउ गर्दै छाड्ने गरेका कारण पनि जरिवाना बढ्दै गएको छ ।
    लाखौँ रुपैयाँ भुक्तान नगरी स्वदेश फर्कन नपाइने भन्दै उनीहरुले उद्धारका लागि सहयोगको याचना गरेका छन्। ‘जरिवाना तिर्न त्यत्रो पैसा कहाँबाट ल्याएर तिर्ने हो, हामीलाई म्यानपावरले नराम्रोसँग फसायो” सर्लाही बर्मपुरेका सोमन राउतले रुँदै पीडा सुनाए।
    ‘काम छाडेको पनि १० महिना भइसक्यो, छाक टार्न धौ-धौ भएको छ’ उनले भने। स्वदेश फर्कने कुनै उपाय नदेखिएपछि केही नेपाली कामदार बन्धक बस्ने सर्तमा अन्य कम्पनीमार्फत लाखौँ रकम जरिवाना तिराएर राहदानी ट्रान्सफर गरी वैध कामदारका रुपमा सरेका छन्। जरिवाना तिरेर राहदानी ट्रान्सफर गरिदिन मञ्जुर भई रोजगारी दिएको सो कम्पनीको रकम मिलानका लागि थप २ वर्ष काम गर्नुपर्नेछ।
    यता जेद्धास्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडेल भने उद्धारको पहल भइरहेको बताए। लामो समयसम्म गैरकानुनी रुपमा बसेका कारण पनि स्वदेश फिर्तीका लागि जरिवाना तिर्नुपर्ने कानुनी बाध्यता भएकाले समस्या देखिएको उनको भनाइ छ।
    रासस 

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०१, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.