×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

३० करोड अनियमितता, १ करोड बिगो, १५ लाख ठहर

  •  
  • शनिबार, फागुन २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाल्गुन २९, २०७२- २०६९ भदौको पहिलो साता स्थानीय विकास मन्त्रालयले धनुषा जिविस र अन्तर्गतका गाविसमा ३० करोड अनियमितता भएको तथ्यांक सार्वजनिक गर्‍यो । तत्कालीन स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठकै नेतृत्वमा गएको अध्ययन टोलीले अनियमितताको आरोपमा निमित्त प्रमुख जिल्ला इन्जिनियर विनोद ठाकुरसहित २२ कर्मचारीलाई कारबाही गर्‍यो ।

    मन्त्रालयले पठाएको फाइलमाथि नौ महिना लामो अनुसन्धान गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ चैतमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

    १६ सरकारी कर्मचारीसहित ८७ जनालाई विपक्षी बनाएको अख्तियारले १ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गर्‍यो । मुद्दा दायर हुनेमा ७१ जना त उपभोक्ता समितिका पदाधिकारी थिए ।

    २०७२ असारमा विशेष अदालतले ९ जनामाथि अभियोग ठहर गर्‍यो । जसमा ६ सरकारी कर्मचारी र ३ जना उपभोक्ता समितिका पदाधिकारी थिए । उनीहरूबाट करिब १५ लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।

    विशेष अदालतले तयार पारेको फैसलाको पूर्ण पाठमा २५ वटा सडकमध्ये आधा दर्जन योजनामा भ्रष्टाचार भएको ठहर गरेको छ । स्थानीय विकास मन्त्रालयले भने ४२ वटा योजनामा अनियमितता भएको प्रतिवेदन तयार पारेको थियो ।

    यसरी हेर्दा मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरेको ३० करोडको अनियमितता प्रकरण विशेष अदालतले भ्रष्टाचार ठहर्‍याएको १५ लाख रुपैयाँको फैसलामा सीमित हुन पुगेको छ ।

    ‘भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्ने निकाय र निसाफ गर्ने न्यायालयका कामकारबाहीका कतिपय पद्धतिमा पुनरावलोकन जरुरी छ,’ विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले भने, ‘अनुसन्धान गर्ने निकायले पर्याप्त प्रमाण जुटाउनुपर्ने दायित्व भुल्नु हुँदैन,’ कार्कीले भने, ‘कतिपय अवस्थामा न्यायकर्मीहरूले पनि प्रमाण बुझ्ने क्रममा उदार भइदिने र बहकिने समस्या छ । त्यसमा पुनरावलोकन जरुरी छ ।’

    मन्त्रालयको स्थलगत छानबिन
    तीन वर्षअघि धनुषा जिविस र मातहतका गाविसमा करोडौं अनियमितता भएको विवरण सार्वजनिक गरिएको थियो । स्थलगत निरीक्षणका क्रममा पूर्वाधारतर्फ स्टिमेटअनुसार काम नभएको भेटिएको थियो । सामाजिक सुरक्षा भत्तातर्फ गाविस सचिवहरूले अघिल्लो वर्षको २३ करोड ९० लाख रुपैयाँ पनि फस्र्योट नगरेको भेटियो ।

    कतिसम्म भने एकजना सचिवले भत्ताको ५० लाख रुपैयाँ निकालेर जग्गा किनेका थिए । टोलीले ग्राभेलिङ र गिट्टी बिछ्याउने योजना परेका सडकमा माटोबाहेक केही नदेखिएको प्रतिवेदन बनायो ।

    एक करोडको बिगो मागदाबी
    नौ महिनाको अनुसन्धानपछि अख्तियारले जिविसका १६ कर्मचारीसहित ८७ जनालाई विपक्षी बनाएर १ करोड १३ लाख रुपैयाँ मात्रै बिगो मागदाबी गर्‍यो । अख्तियारमा पदाधिकारी नियुक्त हुनुभन्दा पहिले नै विशेष अदालतमा दायर मुद्दामा गाविसस्तरको अनियमितता, सामाजिक सुरक्षा भत्ताको अनियमितता समेटिएका थिएनन् ।

    अख्तियारले निमित्त प्रमुख जिल्ला इन्जिनियर विनोद ठाकुरसहित १६ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । बाँकी ७१ जनामध्ये अधिकांश उपभोक्ता समितिका पदाधिकारी थिए ।

    स्थानीय विकास मन्त्रालयले छानबिन गर्दा सामाजिक सुरक्षा भत्ता, विकास बजेट लगायतमा करोडौंको अनियमितता भेटेको थियो । जिविसबाट वितरितमध्ये सामाजिक सुरक्षा भत्तामा मात्रै १६ करोड १३ लाख रुपैयाँ अनियमित खर्च भएको मन्त्रालयले प्रारम्भिक छानबिनमा भेटेको थियो ।

    छानबिनले सडक योजनामा मात्रै १० करोडको अनियमितता भएको प्रारम्भिक अनुमान गरेको थियो । अख्तियारले एकमुष्ट रूपमा १ करोड १३ लाख रुपैयाँको बिगो मागदाबी गर्‍यो ।

    १५ लाखको ठहर
    विशेष अदालतले तयार पारेको फैसलाको पूर्ण पाठमा केही सीमित सडक योजनामा मात्रै भ्रष्टाचार भएको पुष्टि भएको छ ।

    न्यायाधीशहरू भूपेन्द्र राई, नरेन्द्र शिवाकोटी र प्रभा बस्नेतको संयुक्त इजलासले आरोपीहरू लक्ष्मीनारायण महतो र मदन मोहललाल कर्णले ४ लाख ९६ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहरेको छ । त्यस्तै विनोद ठाकुर, अशोक साह, रामेश्वर यादव र जीवनाथ चौधरीले ३ लाख भ्रष्टाचार गरेको विशेषको ठहर छ । उनीहरू सबैलाई ४ महिना कैद सजाय हुने फैसला भएको छ ।

    त्यसैगरी साकेत नगरको पीभीसी काम गर्ने उपभोक्ता समितिका अध्यक्ष प्रकाश मिश्रले ८५ हजार, बनिनिचा सडक उपभोक्ता समिति अध्यक्ष उमाशंकर यादवले ३ लाख र भंगाहा पुर्ने योजनाको उपभोक्ता समितिका अध्यक्ष रघुनन्दन यादवले १ लाख १० हजार भ्रष्टाचार गरेको ठहर भएको छ ।

    कहाँ चुक्यो छानबिन/अनुसन्धान ?
    स्थानीय विकास मन्त्रालयले नै छानबिनका क्रममा बिल भर्पाइ नभएका र बेरुजु हुने खालका क्रियाकलापलाई पनि भ्रष्टाचार भनेर छानबिन गरेको थियो । त्यसक्रममा करिब ३० करोड अनियमितता भएको भनेर मन्त्रालयले दाबी नै गर्‍यो । ‘छानबिन/अनुसन्धानका क्रियाकलापमा गम्भीर अनुसन्धान नगर्ने, तर अलि बढी प्रचार गर्ने परिपाटी भइदियो,’ पूर्वन्यायाधीश कार्कीले भने ।

    पदाधिकारी नभएको तत्कालीन अवस्थामा अख्तियारले पनि स्थानीय विकास मन्त्रालयले तयार पारेको प्रतिवेदनसँग बाझिने गरी प्राविधिक प्रतिवेदन तयार गरेको विशेषको फैसलामै उल्लेख छ ।

    कतिपय सडक योजनामा स्थानीय विकास मन्त्रालय र अख्तियारकै प्रतिवेदनमा फरक–फरक विवरण देखिएको, सम्पन्न हुन नसकेको कामबारे स्पष्ट विवरण नभएको फैसलामा उल्लेख छ । पूर्वराष्ट्रपति रामवरण यादवकै गाविस सपही वरपरका केही योजनामा भ्रष्टाचार प्रमाणित हुन सकेको छैन ।

    धनुषा जिविसको मुद्दामा सडक निर्माणका क्रममा नाममात्रैको गिट्टी थुपारेको, दररेट तय नगरी निर्माण गरेको, कतिपय ठाउँमा कागजी काम गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।

    पूर्वराष्ट्रपति यादवको घर जाने सडकमा भएको विकास निर्माण नापी किताब अर्थात् ‘मेजरमेन्ट बुक’मा उल्लेख नभएको र बर्सेनि एकै योजनाका नाममा रकम निकासा गर्ने समस्या देखिएको उल्लेख छ ।

    ‘अदालतले के कस्ता कागजात र विषयलाई प्रमाणका रूपमा स्विकार्छ, त्यसबारे अनुसन्धान केन्द्रित भएर वस्तुपरक रूपमा मुद्दा पेस हुनुपर्छ,’ कार्कीले भने, ‘मुद्दामात्रै तयार गरेर जिम्मेवारी सम्पन्न भयो भन्ने परिपाटी अन्त्य गर्न जरुरी छ । मुद्दामाथि ठहर गर्ने क्रममा समेत प्रतिवादीलाई माया गर्ने खतरा हटाउनुपर्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.