×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सातवटै प्रदेशमा इन्धन डिपो बनाइने

  •  
  • शनिबार, फागुन २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :दाङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री पुन । तस्बिर: गजेन्द्र बोहरा
    गजेन्द्र बोहरा
    पेट्रोलियम कानुन बनाइ लागू गर्ने तयारी 
    तुलसीपुरः वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले पेट्रोलियम कानुन चाँडै बन्ने बताएका छन् । यसअघि नै पेट्रोलियम बनिसके पनि अझैसम्म त्यो न त लागू भएको छ न त नियमावलीहरु नै पूर्ण भएका छन् ।
    इन्धन तथा खाद्यान्न डिपोहरुको स्थलगत निरीक्षणका लागि अहिले देशभ्रमणमा निस्किएका आपूर्तिमन्त्री पुनले शनिबार दाङका पत्रकारहरुसँग भने ‘चाँडै नै हामी कार्यविधि बनाउँदैछौँ, अब पेट्रोलियम कानुन बनाएर त्यो मेरै कार्यकालमा लागु गराउँछु ।’
    त्यसका लागि कार्यदल बनाएर काम सुरु भइसकेको पनि उनले जानकारी दिए । त्यस्तै उनले आपूर्ति व्यवस्था, उपभोक्ता अधिकार तथा वितरण प्रणालीसम्बन्धी ऐन, नियमावलीहरुलाई परिमार्जन गर्ने र थप कडाईका लागि लागु गर्ने पनि बताए ।
    उनले पेट्रोलियम कानुन नबन्द देशमा इन्धनको कालोबजारी मौलाएको भन्दै त्यसलाई रोक्नका लागि मन्त्रालयले हरसम्भव प्रयास गरेको पनि दाबी गरे ।
    ‘म आफैँ पनि अनुगमन गएर कतिपय निजी डिपाहरुमा छापा मारेको छु’ उनले भने ‘मन्त्रालयले करिब ४० जति कर्मचारी खटाएर देशभर अनुगमनको काम तीव्र पारेको छ ।’
    उनले बजारमा अनुगमनको अभाव तथा उपभोक्ताको जागरणको कमीले पनि कालोबजारी मौलाएको बताए । ‘त्यसैले अब हामीले सबैभन्दा पहिला उपभोक्तामा जागरण ल्याउने खालका अभियान पनि सञ्चालन गर्नेछौँ ।’
    नाकाबन्दीबाट नेपालीले पाठ सिक्नुपर्ने भन्दै उनले देशभर कम्तीमा चार–पाँच महिनाका लागि इन्धन भन्डारण गर्ने तयारी भइरहेको पनि बताए ।
    त्यसका लागि देशभर अहिले भएका १० वटा इन्धन डिपोहरुमा सय प्रतिशत नै इन्धन भन्डारण गरिरहने पनि उनले जानकारी दिए ।
    त्यस्तै उनले सातवटै प्रदेशमा प्रदेशस्तरीय इन्धन डिपो बनाउने तयारी भइरहेको पनि सुनाए । त्यसमध्ये एउटा डिपो प्रदेश नं. ५ का लागि दाङमा हुनेछ । उनले दाङको तुलसीपुरमा इन्धन डिपो राख्नका लागि आवश्यक पर्ने जग्गाको पनि निरिक्षण गरेका थिए ।
    यहाँको तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा सरकारकै नाममा रहेको कपास विकास समितिको जमिन इन्धन डिपोको लागि उपलब्ध गराउने सहमति भएको छ ।
    त्यस्तै चीनबाट पनि एक तिहाइ इन्धन आपूर्तिका लागि सम्झौता अन्तिम चरणमा पुगेको र, प्रधानमन्त्रीको भ्रमणका क्रममा त्यसले पूर्णता पाउने पुनले बताए ।
    ‘प्रधानमन्त्रीको भ्रमणका लागि चीनसँग बृहत वाणिज्य सम्झौता हुनेछ’ उनले भने ‘त्यसमा इन्धनको आपूर्ति पनि बढाउने भन्ने कुरा छ ।’
    उनले एउटामात्रै देशसँग व्यापार–सम्झौताले कस्तो पीडा भोग्नुपर्छ भन्ने कुरा यसपटकको भारतीय नाकाबन्दीले पाठ सिकाएको भन्दै सबै छिमेकी देशहरुसँग समान सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।
    रिपोटर्स क्लब दाङले गरेको पत्रकार भेटघाटमा आपूर्तिमन्त्री पुनले अझैँ पनि इन्धनको सहजता हुन नसकेको स्विकार पनि गरे ।
    आएको इन्धन तथा ग्याँस क्षणभरमै वितरण गरेर सकिने भएका कारण पनि अहिले प्रशस्त भन्डारण हुन नसकेको उनको भनाई छ ।
    ‘त्यत्रो चारचार महिना खाली भयो, सबै भाँडाहरु रित्ता छन्, भर्खर आपूर्ति सहज हुन थालेको छ, अहिल्यै स्थिति सामान्य हुँदैन त्यसैले जति इन्धन अनि ग्याँस आएपनि नपुग्ने कारण त्यही हो ।’ त्यसमा पनि अझै शतप्रतिशत आपूर्ति हनु नसकेको उनले बताए ।
    आयल निगमले अहिले आमउपभोक्तालाई प्रशस्त इन्धन पुर्याउन नसकेको र घाटासमेत व्यहोरिरहेको भन्दै उनले अहिलेको अवस्थामा निगमले बोनस बाँड्न नपाउने बताए ।
    बोनस बन्द गर्नका लागि गत पुसमा नै उनी आफैले निर्देशन दिएर नबाँड्ने निर्णय गराएको पुनले बताए । ‘मेरै निर्देशनमा आयल निगमले बोनस नबाँड्ने निर्णय गरेको छ’ उनले भने ‘फेरि यो कुरा पटकपटक किन उठिरहेको भन्ने मलाई पनि थाहा छैन तर, बोनस बाँडिन्न ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.