×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आएको ग्यास कता हरायो ?

  •  
  • बिहिबार, फागुन २७, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नाकाबन्दीयता करिब ४ सय ‘अवैधानिक’ डिपो थपिए

    फाल्गुन २७, २०७२- नाकाबन्दीभन्दा पहिला सामान्य अवस्थामा दैनिक ६० देखि ६६ बुलेट ग्यास ल्याइन्थ्यो । अहिले ५० देखि ६० बुलेट आउन थालेको छ । यो भनेको करिब पुग्दो हो । तर, सर्वसाधारणका चुला अझै बल्न सकेका छैनन् । आएको ग्यास कता हराइरहेको छ त ?

    ‘नाकाबन्दीयता सबै ग्यास उद्योगका गरेर करिब चार सय भूमिगत डिलर खुलेका छन्,’ ग्यास बिक्रेता महासंघका एक उच्च अधिकारीले भने, ‘आयात भएको ग्यास तिनै डिलरलाई बढी मात्रामा दिइन्छ । तिनले उपभोक्तालाई दिँदैनन्, बढी फाइदा हुने ठाउँमा पठाउँछन् ।’ मुलुकमा ५५ वटा ग्यास उद्योग छन् ।

    महासंघका अनुसार उपत्यकामा करिब पाँच हजार ग्यास बिक्रेता छन् । तिनमा चार सय थपिएका हुन् । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले प्रमाणीकरण गरेका डिपो भने ८ सय मात्रै छन् । सरकारले प्रमाणीकरण भएकाबाट ग्यास वितरण गर्ने जनाएको थियो । तर, सरकारको लाचारी, स्वार्थसिद्धि र व्यवसायीको दादागिरीका कारण वितरण प्रणाली लठिभद्र छ ।

    नेपाल आयाल निगमका निर्देशक मुकुन्द घिमिरेले पहिलाको सामान्य अवस्थाका तुलनामा करिब ८३ प्रतिशत ग्यास भित्रिएको तथ्यांक दिए । तर सर्वसाधारणसम्म नपुग्नुको मुख्य कारण भूमिगत डिलर रहेको महासंघको निष्कर्ष छ । त्यस्ता डिलरले कालोबजारी गरेका छन् । उद्योगहरूले पनि तिनैलाई आपूर्ति गरिरहेका छन् ।

    व्यवसायीले ग्यास वितरणको विवरण अनिवार्य बुझाउनुपर्ने निर्देशन अबज्ञा गर्दै आएका छन् । ‘एक/दुई उद्योगबाहेक अन्यले ग्यास वितरणको विवरण कन्ट्रोल रुममा बुझाएका छैनन्,’ महासंघका सदस्य राजेश दाहालले भने, ‘विवरण नपठाउनु भनेको कम्पनीबाटै ग्यास अन्यत्र जानु हो ।’

    महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन देवकोटाले पनि अधिकांश उद्योगले भूमिगत डिपोलाई ग्यास दिने गरेकाले बजारमा समस्या कायमै रहेको बताए । एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे डिलर केही मात्रामा थपिए पनि चार सय संख्या नपुगेको दाबी गर्छन् । ‘पुराना केही डिपोले बिक्री गर्न छाडेकाले खाली ठाउँमा नयाँ थपिएका होलान्,’ उनले भने, ‘तर चार सय थपिएका छैनन् ।’

    उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले पनि ‘चोर बाटोबाट आपूर्ति हुँदा उपभोक्ताले ग्यास पाउन नसकेको’ बताए । ‘नाकाबन्दी खुलेको महिनौं बित्दा पनि ग्यास सहज नहुनु भनेको चोरबाटो बाटोबाट बिक्री हुनु हो,’ उनले भने, ‘जिम्मेवार पक्षले तत्काल प्रभावकारी अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ ।’

    डिपो सञ्चालनका लागि वाणिज्य विभागको स्वीकृति अनिवार्य चाहिन्छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले डिपोहरूमा अनुगमनको तयारी भइरहेको बताए । ‘अहिले पहिलो प्राथमिकता पेट्रोल/डिजेललाई दिएका छौं,’ उनले भने, ‘एक/दुई दिनमा ग्यास डिलर अनुगमन गर्नेछौं ।’

    नाकाबन्दी खुलेको महिना बित्दा पनि ग्यास अभाव कायमै भएपछि व्यवसायीले सरकारलाई ज्ञापनपत्रसमेत बुझाइसकेका छन् ।

    महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार ज्ञापनपत्रमा डिलर तथा डिस्ट्रिब्युटर्स प्रमाणीकरण गर्नुपर्ने, तेस्रो मुलुकबाट इन्धन आयात गर्न सम्झैता गर्नुपर्ने, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रमसँगै खाना पकाउने ग्यासको मूल्य समायोजन गर्नुपर्ने माग राखिएको छ ।

    उपभोक्ताले चाहेमा सिलिन्डरको धरौटी फिर्ता गर्नुपर्ने, उद्योगहरूलाई होटल तथा कलकारखानामा सोझै ग्यास बिक्री गर्न प्रतिबन्ध लगाउनुपर्ने, बिक्री वितरण पारदर्शी गर्न ग्यास कार्ड अनिवार्य गर्नुपर्ने थप माग छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.