×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सारापोभा डोपिङमा

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाल्गुन २६, २०७२- पाँचपल्टका ग्रान्ड स्लाम टेनिस च्याम्पियन मारिया सारापोभाले सोमबार अस्ट्रेलियन ओपनको क्रममा भएको डोपिङ परीक्षणमा आफू असफल भएको स्विकार्दै आफ्नो अक्षम्य भूलका लागि कस्तो सजाय हुने हो, त्यसबारे अनभिज्ञ भएको बताएकी छन् । रुसी पूर्व विश्व नम्बर १ खेलाडी सारापोभाले वल्र्ड एन्टी डोपिङ एजेन्सीद्वारा सन् २०१६ मा प्रतिबन्धित औषधिको सूची परिवर्तन भएयता आफूबाट त्यसैलाई उल्लंघन भएको बताइन् ।
    डोपिङबारे उनको स्वीकारोक्ति आएपछि विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडीमध्येकी सारापोभासँगको व्यावसायिक अनुबन्धलाई नाइक लगायत अरू ठूला ब्रान्डले तोडेको पनि घोषणा गरिसकेका छन् । नाइकले भनेको छ, ‘हामी आश्चर्यमा पनि परेका छौं र दु:खी पनि छौं,’ नाइकले भनेको छ, ‘हामीले अनुसन्धानको निर्णय नआउन्जेल मारियासँगको सम्बन्ध तोडेका छौं ।’ सारापोभा ‘मेल्डोनियम’ नामको प्रतिबन्धित औषधिको परीक्षणमा समातिएकी हुन् ।

    लस एन्जलेस होटलमा आयोजित पत्रकार सम्मेलनमा सारापोभाले भनिन्, ‘म परीक्षणमा असफल रहें र यसको पूरा जिम्मेवारी पनि लिन्छु,’ सारापोभाले भनिन्, ‘मैले ठूलो भूल गरेकी छु । विशेषत: मैले आफ्ना समर्थक र प्रशंसकलाई निराश पारें । त्यो भन्दा ठूलो मैले सानै उमेरदेखि टेनिस खेलिरहेकी छु र यो खेलप्रति मलाई धेरै माया छ । तर यही खेलप्रति मैले धोका दिएकी जस्तो भएको छ ।’

    ‘मलाई थाहा छ, ममाथि ठूलो सजाय पनि हुनेछ । तर म यसरी नै आफ्नो खेल जीवनको पनि अन्त्य गर्न चाहन्नँ,’ उनले भनिन्, ‘मलाई विश्वास छ, मैले दोस्रो अवसर पाउनेछु, आफूलाई सिद्ध गर्ने ।’ अन्तर्राष्ट्रिय टेनिस फेडेरेसनले पनि सारापोभा डोपिङ परीक्षणमा असफल रहेको र त्यसलाई लिएर सारापोभाले पनि आरोप स्वीकार गरेको जनाएको छ । डोपिङबारे असफल रहेको जानकारी सारापोभालाई मार्च २ मा दिइएको छ ।

    अहिले २८ वर्ष पुगेकी सारापोभा सन् २००४ मा विम्बल्डन जितेर चर्चामा आएकी थिइन् । सन् २००६ मा यूएस ओपन जितेकी सारापोभाले त्यसपछि सन् २००८ मा अस्ट्रेलियन ओपन पनि हात पारिन् । यस्तै सन् २०१२ र २०१४ मा उनले फ्रेन्च ओपन जितेकी थिइन् । अहिलेसमम ३५ डब्लूटीए उपाधि जितेकी सारापोभा अहिले विश्व वरीयतामा सातौं स्थानमा छिन् र पुरस्कार राशिमा तीन करोड ६० लाख डलर जितिसकेकी छन् ।

    पछिल्लो समय लगातार चोटबाट गुज्रिरहेकी सारापोभाले गत वर्षको विम्बल्डनयता तीन प्रतियोगिता मात्र खेलेकी छन् । हालै मात्र खुट्टाको चोटका कारण उनले यूएस ओपनबाट आफ्नो नाम फिर्ता लिएकी थिइन् । उनको पछिल्लो ठूलो प्रतियोगितामा उनी सेरेना विलियम्ससँग अस्ट्ेरलियन ओपनको क्वाटरफाइनलमा पराजित भएकी थिइन् । उनले अघिल्लो दिन मात्र ठूलो घोषणा गर्ने जानकारीसहित मिडियालाई बोलाएकी थिइन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.