×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गगन महामन्त्रीमा नउठेको भए ससुरालाई कति फाइदा हुन्थ्यो ? अर्जुननरसिंहलाई देउवा पक्षबाटै अन्तरघात

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    २५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा चुनाव लडेका ज्वाइँ-ससुरा गगन थापा र अर्जुननरसिंह केसी दुबै पराजित भएका छन् । कतिपयलाई लाग्दो हो, गगन थापाले चुनाव नलडेको भए ससुराले जित्ने थिए कि ?

    तर, महामन्त्रीको मत परिणामलाई विश्लेषण गर्दा के स्पष्ट देखिएको छ भने गगन थापाले चुनाव नलडेको भए पनि अर्जुननरसिंह केसीले शशांकलाई जित्न नसक्ने रहेछन् । चुनावी गणितले के स्पष्ट पारेको छ, केसीको हारको कारण उनका ज्वाइँ होइनन्, देउवा गुटकै नेताहरु हुन् ।

    महामन्त्रीका बिजेता शशांकले १४१७ मत ल्याएका छन् । अर्जुननरसिंह केसीले पाएको मत १०१७ मत मात्र छ । यो भनेको ४ सय मतको फराकिलो अन्तर हो ।

    Mahamantri Mat

    गगन थापाले ५८४ मत पाएका छन् । ज्वाइँ-ससुराको मत जोड्दा १५९१ मत पुग्छ, जुन शशांकको भन्दा केही बढी हो । तर, गगन थापा चुनावमा नउठेको भए के हुन्थ्यो ?

    त्यो अवस्थामा गगनले पाएको ५८४ मत सबै केसीकै पोल्टामा पर्ने दाबी गर्न सकिँदैन । किनभने गगनले आफूतिर तानेको अधिकांश संस्थापन पक्षको मत छ । गगनले ससुराका लागि ‘मार्गप्रशस्त’ गरिदिएको भए उनको पक्षमा झरेको ५८४ मतमध्ये धेरै मत संस्थापन पक्षका उम्मेद्वार शशांककै पक्षमा जाने थियो । गगनले पाएको ५८४ मतमध्ये धेरै शशांककोमा र थोरै मात्र अर्जुननरसिंहको ढ्वाङमा खस्ने सम्भावना थियो ।

    शशांक कोइराला एक्लैले अर्जुननरसिंह केसीको भन्दा ४०० मत बढी पाएका छन् । गगन थापाले छेकेको ५८४ मतमध्ये २ सय मतमात्रै शशांकले तानेको अवस्था पनि उनले १६ सय मत हात पार्ने थिए ।

    गगनको मतबाट केसीले ३ सय मत नै तानेको अवस्थामा पनि -जुन सम्भव थिएन) अर्जुननरसिंहको भागमा १३ सय मतमात्रै खस्ने स्थिति हुन्थ्यो, जुन शशांकको भन्दा ३ सय मत कम हुन्थ्यो ।

    यो स्थितिमा गगन थापाले महामन्त्रीमा प्रतिस्पर्धा नगरेको भए पनि केसीले कोइरालासँग कम्तिमा ३ सयभन्दा बढी मतान्तरले हार्ने स्पष्ट देखिएको छ ।
    बरु गगन थापाले महामन्त्रीमा चुनाव लडेर ससुरालाई जित नजिक पुग्न सहज गराइदिएका छन् । किनभने गगनले संस्थापन पक्षका शशांकको भोट काटेर केसी र कोइरालाको मतान्तरलाई अझ बढी फराकिलो हुन र केसीको शर्मनाक हार हुनबाट जोगाइदिएका छन् ।

    केसीलाई देउवा पक्षबाटै धोका

    महामन्त्रीमा देउवापक्षबाट चुनाव लडेका अर्जुन नरसिंह केसीलाई देउवापक्षबाटै अन्तरघात भएको प्राप्त मत परिणामले स्पष्ट पारेको छ ।
    भर्खरै गुट परिवर्तन गरेर देउवातिर लागेका केसीलाई देउवा पक्षले भित्रैदेखि विश्वास नगर्नु उनको हारको अर्को कारण बन्यो ।

    सभापतिमा देउवालाई मतदान गरेको खुमबहादुर खड्का समूहले केसीलाई मतदान नगरेर शशांकलाई मत नदिएको भए शशांकको मत यति धेरै आउने थिएन ।

    विशेषतः शशांक हिन्दुराष्ट्रको पक्षधर भएकाले खुमबहादुर खड्का समूहको भोट केसीलाई गएन र उनले हार व्यहोरे । देउवा पक्षबाट यसरी अन्तरघात नभएको भए गगन थापाले संस्थापन पक्षको भोट काटेको अवसरमा केसीको जित लगभग निश्चित थियो ।

    संस्थापनको भोट काटेकोमा ससुराले ज्याइँसँग गुनासो हैन, धन्यवाद दिनुपर्ने यो चुनावी परिणामले स्पष्ट पारिदिएको छ ।

    गगनको मनोवैज्ञानिक जित

    त्यसो त गगन थापाले महामन्त्रीमा चुनजाव जितेनन् । तर, मनोवैज्ञानिक रुपमा गगन नेताका रुपमा कांग्रेसभित्र स्थापित भएका छन् । पार्टीभित्र उनले कृष्ण सिटौलाको भन्दा सम्मानजनक मत ल्याएका छन् । गगनले पाएको ५८४ मत पार्टीभित्रको युवा पुस्ताको भरोसाको मत हो ।

    पार्टीभित्र भर्खर उदाउँदै गरेको युवाले गुटको बेरियर छिचोलेर ५८४ मत ल्याउनु भनेको सम्मानजनक उपस्थिति हो । पार्टीको महामन्त्री र देशको गृहमन्त्री चलाइसकेका सिटौलाले गगनको जति पनि मत ल्याउन सकेनन् ।

    तर, नेपाली कांग्रेसमा युवा पुस्ताका नेताले चुनाव हार्नु र लिगेसी बोकेकाहरुले नै जित्नु सुखद विषयचाँहि होइन ।

    अब गगन थापाले भावी राजनीतिमा कसरी आफूलाई प्रस्तुत गर्छन्, त्यसले उनको दोस्रो सफलता निश्चित गर्नेछ । तर, केसीको हकमा भने आफूले विश्राम लिएर अब ज्वाइँ पुस्तालाई सघाउनु उचित होला कि ?

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.