जकार्ता
फाल्गुन १९, २०७२- इन्डोनेसियामा आज ७.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । सुमात्रा प्रायदिपमा आएको भूकम्पपछि पश्चिम र उत्तर सुमात्रा तथा आचे क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
अहिलेसम्म मानवीय क्षतिको कुनै रिपोर्ट आएको छैन । २००४ मा यो क्षेत्रमा सुनामी आएको थियो । भूकम्पको इपिसेन्टर जमिनदेखि १० किलोमिटर तल रहेको छ ।




















