×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सुष्माको भाषणः भारतले मुठ्ठी छोडेको संकेत तर, संयुक्त विज्ञप्तिमा अझै बार्गेनिङ

  •  
  • मङ्गलबार, फागुन ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     चिरञ्जीवी पौडेल/नयाँ दिल्ली

    भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार दिएको अभिव्यक्तिले नेपाली भ्रमण टोली निकै उत्साहित छ । भारतसँग असमझदारी हटेको दाबी प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री कमल थापाले गरिरहँदा स्वराजको अभिव्यक्तिले साँच्चै असमझदारी हटेको र भारत सन्तुष्ट बनेको प्रतीत हुन्छ ।

    Sushma-Swaraj-finalसुष्माले संविधान संशोधन र सीमांकन परिमार्जनका लागि गठित समितिले मधेस आन्दोलनलाई सम्वोधन गरिसकेको प्रष्ट शब्दमा बताइन् । उनले मोदीले जसरी ‘सबैलाई मिलाएर अघि बढ्नुपर्छ’ भन्नेखालका सुझाव थोपर्न चाहिनन् ।

    नाकाबन्दीयता भारतीय संस्थापनको जिम्मेवार व्यक्तिले नेपालका विषयमा पहिलोपटक यति सकारात्मक अभिव्यक्ति दिएको हुनुपर्छ ।

    इन्डियन काउन्सिल फर वल्र्ड अफेयर्समा ओली र थापाका बीचमा बसेकी थिइन् सुष्मा । सबैभन्दा पहिले उनैले बोलिन् । आफ्नो मन्तव्यको प्रारम्भमा उनले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना यसरी दिइन्:

    ‘आज एउटा सुखद संयोग छ । मैले ओलीजीको बायोडाटा हेर्ने मौका पाएकी थिएँ । उहाँको जन्मदिन २२ फेब्रुअरी, १९५२ रहेछ । मेरो जन्मदिन हो, १४ फेब्रुअरी १९५२ । म ८ दिनले जेठी रहिछु । दिदीको हिसाबले म ओलीजीलाई धेरै धेरै शुभकामना दिन चाहन्छु । भगवानले उहाँलाई दीर्घायू बनाउन् । स्वस्थ भएर उहाँले नेपालको सेवा गर्न पाउनुहोस् ।’

    यसरी माहौल बनाएपछि उनले परम्परागत शैलीमा दुई देशको सम्वन्धको महिमा गाइन् । ‘नेपाल र भारतको सम्वन्ध अहम् छ । यो भूगोलमा मात्रै आधारित नभएर भावनामा पनि आधारित छ । व्यापारमा मात्र नभएर ‘प्यार’ मा पनि आधारित छ ।’ सरकारमा मात्र आधारित नभएर जनतामा पनि आधारित छ ।’

    ‘यसको सबैभन्दा ठूलो उदाहरण हो,’ उनले भनिन्, ‘१७ वर्षसम्म कुनै प्रधानमन्त्री नेपाल गएको थिएन । २३ वर्षसम्म ज्वाइन्ट कमिसनको बैठकसमेत भएन । तर, मानिसहरुको सम्वन्ध उस्तै प्रगाढ रह्यो । रोटीबेटीको सम्वन्ध जारी रह्यो । त्यसैले यो सम्वन्ध सरकारको ‘मौताज’ होइन । यो मानिसहरुको स्वतस्फुर्त भावनाबाट बनेको हो ।’

    उनले भनिन्- ‘२६ मईमा हाम्रो सरकार बन्यो । २६ जुलाईमा ज्वाइन्ट कमिसनको मिटिङ गर्न म नेपाल गएँ । मेरो यात्राभन्दा एक सप्ताहपछि मोदीजीको नेपाल यात्रा भयो । मोदीजीले नेपालको संसदमा दिनुभएको भाषणका वाक्यहरु घरघरमा गुञ्जिएका थिए । जस्तै ऋषिमनबाट संविधान, युद्धबाट शान्ति, शस्त्रबाट शास्त्र ।’

    ‘मोदीजी नेपाल भ्रमणमा गएको केही समयपछि नेपालमा ठूलो भूकम्प गयो । त्यतिबेला हामीलाई लागेको थियो, सायद संविधानको प्रक्रियामा ढिलाइ हुने छ । किनकि नेपालले नयाँ आपतसित लड्नुपरेको छ । तर, म बधाइ दिन चाहन्छु कि नेपालका राजनीतिक दलले त्यतिबेला परिपक्वता देखाए । यो समय संविधान नबनाउने होइन, चाँडो संविधान बनाउने हो, ताकि सारा राजनीतिक नेतृत्व एकैठाउँ देखिउन् भन्ने महसुस गरे । र, चाँडै संविधान बनाएर दिए । चिरप्रतिक्षित संविधान अगाडि आयो । हामीले स्वागत गर्‍यौं ।’

    सुष्माले थप व्याख्या गरिन्- ‘तर त्यसपछि केही मुद्दा उठे । मधेसीलाई लाग्यो कि हामीले राजनीतिक प्रतिनिधित्व अपेक्षाभन्दा कम पायौं । त्यसैले केही कुरा आए । तर, म फेरि नेपालका राजनीतिक नेतृत्वप्रति आभार व्यक्त गर्न चाहन्छु । संविधान बन्नासाथै संशोधन हुँदैन । तर, उहाँहरुले मधेसीको मागलाई जायज मागेर दुई संशोधन गर्नुभयो । त्यतिबेला प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । ओलीजी तपाईंलाई धन्यवाद व्यक्त गर्न चाहन्छु कि, तपाईंले ती संशोधनलाई अझै राम्रो बनाएर आफ्नो नेतृत्वमा पारित गर्नुभयो । जो मधेसीको मनमा शंका थियो, उहाँहरुको प्रतिनिधित्व कम भयो भन्ने, त्यसलाई सुनिश्चित गर्नुभयो । बाँकी जुन माग छन्, तपाईंले स्वयम् मसित कुरा गर्नुभयो र भन्नुभयो, यसका लागि राजनीतिक संयन्त्र खडा गरिनेछ । भारत आउनुअघि तपाईंले त्यो मेकानिज्म घोषणा गरेर आउनुभएको छ । कमल थापा यसको अध्यक्ष हुनुहुन्छ । राजनीतिक वर्तालापबाट समाधान निकालिन्छ भन्नुभएको छ । यही लोकतन्त्रको शक्ति हो ।’

    भारतमा प्रधानमन्त्री ओलीलाई गरिएको स्वागत र सोमबार व्यक्त सुष्माको भाषणले दुई देशबीच सौहार्दता कायम भइसकेको छनक दिए पनि भारतले अझै पनि बार्गेनिङ गर्न भने छाडेको छैन । भ्रमणको चौथो दिनसम्म दुई देशको संयुक्त वक्तव्य जारी नहुनुको कारण यही हो ।

    झूठ र पाखण्डको खिचडी

    सरसर्ती सुन्दा सुष्माको भाषण निकै परिवर्तित र सहृदयी प्रतीत हुन्छ । ओलीलाई प्रधानमन्त्रीमा देख्नै नचाहेको देशकी विदेशमन्त्रीले आज तिनै ओलीको गुणगान गाइरहेकी छिन् ।

    तर, अलिकति गहिरिनासाथ सुष्माको भाषणमा झूठ र पाखण्ड मिसिएको भेटिनेछ । संविधान जारी हुँदा भारतले स्वागत गररेको थियो भनेर उनले ठाडै झूठ बोलिन् । चाँडो संविधान जारी गरेर परिपक्वता देखाएको भनेर प्रशंसा गरिरहँदा उनले यो भुलिन् कि संविधान जारी गर्नबाट रोक्न उनकै मन्त्रालयका सचिव दौडादौड गर्दै नेपाल आएका थिए र उनैको दबावका बाबजुद नेपालले संविधान निर्माण गरेपछि भारतले ४ महिना नाकाबन्दी लगाइदिएको थियो । नेपालीहरुको स्मरणशक्ति यति कमजोर छ भन्ने सुष्माले कसरी ठानिन् ?

    उनले संविधान संशोधन गरेकोमा नेपालप्रति ‘आभार’ व्यक्त गरिन् र ओलीलाई धन्यवादसमेत दिइन् । यसको आशय के हो ? नेपालमा संविधान संशोधन हुँदा भारत किन आभारी हुनुपर्ने ? सुष्माले किन धन्यवाद दिनुपर्ने ? संविधानलाई नेपालको आन्तरिक मामला बताउने भारतले त्यसको संशोधनप्रति खुशी मनाउनुको औचित्य के हो ? के यसको सीधा अर्थ संविधान संशोधन भारतको एजेन्डा थियो भन्ने हो ? के उनले यसैको घुमाउरो स्वीकारोक्ति दिएकी हुन् ? प्रश्न उठाउने ठाउँ छ ।

    भारत नेपालको भाइ हो कि दाजु ?

    सुष्माले आफूलाई उमेरका आधारमा ओलीकी दिदी बताइन्, यसमा आपत्ति भएन । तर, उनले भारतलाई नेपालको दाजूका रुपमा व्याख्या गर्न खोजिन्, जुन निन्दनीय छ । ‘बिग ब्रदरको मतलव ठूलो दाजु मात्र नभएर जेठो दाजु पनि हुन्छ । ठूलो दाजुमा अहंकार हुन्छ । तर, जेठो दाजुमा सरोकार हुन्छ । भारत नेपालको जेठो दाजु हो ।’ उनले भारत नेपालको जेठो दाजु के आधारमा भयो भन्ने चाहिँ खुलाइनन् ।

    जबकि १९४७ मा स्वतन्त्र भएको भारतभन्दा धेरै अगाडिदेखि नेपाल स्वतन्त्र मुलुक हो । नेपाल र भारत मित्रहरु हुन् । साथी हुन् । दाजुभाइकै सम्वन्ध गाँस्ने हो भने स्वतन्त्र राष्ट्रका रुपमा, नेपाल भारतभन्दा धेरै जेठो दाजु हो ।

    नरम हुनु वाध्यताको उपज

    त्यसो त, दुई दिनअघि ओलीसँगको संयुक्त पत्रकार सम्मेलनमा आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिको स्पिरिट भन्दा अगाडि बढेकी छिन् सुष्मा । मोदीले पनि संविधानलाई महत्वपूर्ण उपलब्धि बताएकै थिए । तर, बाँकी विवादलाई सहमतिमा सुल्झाउनुपर्ने सुझाव दिन बिर्सेका थिएनन् । सुष्माको भाषणबाट नेपाली पक्ष उत्साहित हुनुको प्रमुख कारण यही हो कि उनमा पहिलोपटकको जस्तो ‘सहमति र सहकार्य’ को सुगारटाइ यसपटक थिएन ।

    यद्यपि, सुष्माको अभिव्यक्ति हृदयको आवाजभन्दा बढी बाध्यताको उपज हुन सक्छ । भारतले नेपालमाथि लिएको दबावमूलक नीति असफल भएपछिको ‘फेस सेभिङ’ हुन सक्छ । यिनै सुष्मा थिइन्, जो भारतको संसदमा कड्किएकी थिइन्, नेपालको नयाँ संविधानले भारतीय बुहारीहरुलाई नागरिकताबाट वञ्चित गरेको छ भन्दै । संविधानमा अहिले नागरिकतासम्वन्धी व्यवस्था जस्ताको त्यस्तै छ, तर, सुष्मा आफ्नो बोली फेर्न बाध्य भएकी छिन् ।

    सुष्माभन्दा पछि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिताको प्रसंग निकाल्नु अर्थपूर्ण थियो । उनले नयाँ संविधान जारी भएयता कति भारतीय महिला र पुरुषले अंगीकृत नागरिकता लिए भन्ने फेहरिस्त प्रस्तुत गरेर सुष्माले फैलाउन खोजेको भ्रमलाई ढिलै भए पनि जवाफ दिए ।

    (यो पनि पढ्नुस्: संयुक्त विज्ञप्तिमा दिल्लीको बार्गेनिङ)

    भारतमा प्रधानमन्त्री ओलीलाई गरिएको स्वागत र सोमबार व्यक्त सुष्माको भाषणले दुई देशबीच सौहार्दता कायम भइसकेको छनक दिए पनि भारतले अझै पनि बार्गेनिङ गर्न भने छाडेको छैन । भ्रमणको चौथो दिनसम्म दुई देशको संयुक्त वक्तव्य जारी नहुनुको कारण यही हो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.