×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रति तोलामा ५ सयले बढ्यो सुन, यसकारण अझै बढ्नसक्छ भाउ

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा अमेरिकी डलरसँग नेपाली रुपैयाँको सटही दर समेत उच्च हुँदा स्थानीय बजारमा विगत २ महिनादेखि उकालो लागेको सुनको भाउ बिहीबार पनि प्रति तोलामा ५ सय रुपियाँले बढेको छ ।

     

    मंगलबार प्रति तोलामा १ हजारले बढेर सुनको मूल्य स्थानीय बजारमा प्रति तोला ५४ हजार कायम भएको थियो । बिहीबार फेरि मूल्य बढेर प्रति तोला सुनको भाउ ५४ हजार ५ सय कायम भएको हो ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ३ सय रु. घटेर प्रतितोला ५३ हजारमा झरेको सुनको मूल्य मंगलबारदेखि उच्च दरमा बढ्न थालेको हो । भाउ लगातार उकालो लागेपछि २ महिनाको अवधिमा सुन प्रति तोलामा ७ हजार ५ सय रुपैयाँ महंगो भइसकेको छ । पछिल्लो एकसातामा मात्र सुन प्रति तोला ३ हजार ५ सय रुपैयाँ बढेको छ । गत आइतबार सुन प्रति तोला ५१ हजार २ सय रुपियाँमा किनबेच भएको थियो ।
    कात्तिकको पहिलो साता सुनको भाउ प्रति तोला ४७ हजार रुपियाँसम्म ओर्लिएको थियो । त्यसपछि उकालो लाग्न थालेको भाउ माघ लागेपछि साढे ४ हजार महंगो भइसकेको छ । माघ १ गते सुन प्रतितोला ४९ हजार ७ सयमा कारोबार भएको थियो ।
    अन्तर्राष्टिय बजारमा समेत सुनको भाउ तीव्र रफ्तारमा उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ लगातार बढेका कारण त्यसको प्रभाव नेपालको बजारमा समेत परिरहेको विश्लेषकहरुले बताएका छन् । अन्तराष्टिय संचारमाध्यमहरुका अनुसार तेलको मूल्य न्यून विन्दूमा झरेपछि लगानीकर्ताहरु सुरक्षित लगानीका लागि सुनतर्फ आकर्षित भएपछि सुनको भाउ बढ्न गएको हो । विश्व अर्थतन्त्रमा देखिएको समस्या र घट्दो तेलको मूल्यका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने संभावना रहेको विश्लेषकहरुले बताएका छन् । यसको अर्थ, नेपालको स्थानीय बजारमा समेत सुनको मूल्य अझ उकालो लाग्नेछ ।
    सुनको भाउलाई पछ्याउँदै मंगलबार प्रति तोलामा १५ रुपियाँले बढेर ७१५ मा पुगेको चाँदीको भाउ बिहीबार चाहि स्थानीय बजारमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    अन्तर्राष्ट्रिय बजारमा पनि नयाँ रेकर्ड
    कच्चा तेलको मूल्यमा भारी गिरावट आएसँगै भारतीय बजारमा समेत सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन । त्यहाँका संचारमाध्यमहरुका अनुसार स्थानीय बजारमा सुनको मूल्यमा जनवरी १ देखि हालसम्म प्रति दशग्राममा ४ हजार भारु वृद्धि भइसकेको छ । भारतमा प्रति दशग्राम सुनको मूल्य २८ हजार भारु नाघिसकेको छ । त्यहाँका विश्लेषकहले आगामी दुई महिनाभित्र सुनको मूल्य २९ हजार ५ सयसम्म पुग्नसक्ने प्रक्षेपण गरेका छन् । जनवरी १ मा २४ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य दिल्लीमा  २८ हजार ५ सय  ८५ पुगेको छ भने मुम्बईमा २८ हजार ४ सय पुगेको छ ।
    अन्तराष्टिय बजारमा पनि सुनको मूल्य उसैगरी बढिरहेको छ । सन् २०१५, २२ जुनपछि पहिलोपटक अन्तराष्टिय बजारमा सुनको मूल्य प्रति औंस १२ सय डलर भन्दा माथि पुगिसकेको छ । अन्तराष्टिय बजारमा तीव्र उकालो लागेको सुनको मूल्य सन् २०१३ को जुलाईपछि सबैभन्दा ठूलो बढोत्तरी रहेको एजेन्सीहरुले जनाएका छन् । अन्तराष्टिय बजारमा सन् २०११ पछि अहिले नै सबैभन्दा बढी लगातार रुपमा सुनको भाउ उकालो लागेको समेत बताइएको छ ।
    विश्लेषकहरुले विश्वका प्रायजसो सबै शेयरबजारमा आएको मन्दीका कारण समेत लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुनतर्फ आकर्षित हुँदा मूल्य बढ्न गएको दाबी गरेका छन् । भारत तथा नेपालमा सुनको मूल्य बढ्नुको अर्को कारण चाहि विवाहको मौसमले पनि हो ।

    bizshala

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.