×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कोलकाता बन्दरगाहबाट ३ दिनदेखि नेपालतर्फ कन्टेनर ढुवानी ठप्प

  •  
  • बिहिबार, माघ २८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ २८, २०७२- भारतस्थित कोलकाता बन्दरगाहमा ‘दादागिरी शैली’ मा मुलुकतर्फ ढुवानीमा अवरोध सिर्जना गरिएको छ । बन्दरगाहबाट सडक मार्ग हुँदै हुने ढुवानी सोमबारयता रोकिएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप केडियाका अनुसार कोलाकाता बन्दरगाहमा सडक मार्गका लागि ट्रक र टेलर उपलब्ध गराउँदै आएको त्यहाँस्थित ‘इन्डो नेपाल ट्रक टेलर्स एसोसिएसन’ ले अवरोध खडा गरेको हो । एसोसिएसन आबद्ध व्यवसायीले सोमबारदेखि बन्दरगाहको मूल गेटमा टेन्ट गाडेर नेपालका लागि कन्टेनर तथा बल्क कार्गो मालसामान बोक्ने मालवाहक ट्रकलाई बन्दरगाहमै प्रवेश गर्न दिएका छैनन् ।
    भाडा र जरीवाना रकम वृद्धिका लागि दबाब दिन दुई दिनदेखि उनीहरूले यसरी अवरोध खडा गरेर नेपाल तर्फको ढुवानी अवरुद्ध पारेका हुन् । एसोसिएसनले नेपालका लागि हुने ढुवानीमा ट्रक र टेलरको क्षमताअनुसार डिटेन्सन २ हजारदेखि ३ हजार भारतीय रुपैयाँ र खाली कन्टेनरको रिटर्निङ शुल्क २ हजार ५ सय हुनुपर्ने माग अघि सारेको छ । यसअघि यही जनवरी १० मा डिटेन्सन र रिटर्निङ शुल्क वृद्धि गरिएकाले व्यवसायीको माग अनुचित भएको कोलकातास्थित एक क्लियरिङ एजेन्टले टेलिफोनबाट कान्तिपुरलाई बताए ।

    एसोसिएसन पदाधिकारीले बन्दरगाहबाट ढुवानी गर्न चाहने व्यवसायीहरूलाई पनि रोक लगाएका छन् । उनीहरूले ढुवानी व्यवसायी र क्लियरिङ एजेन्टहरूलाई कुटपिट गर्ने सम्मको धम्की दिइरहेको ती एजेन्टले बताए । एसोसिएसनलाई कोलकाताका स्थानीय विधायक तथा तृणमूल कांग्रेस नेता जनाब फिरहाद हकिम बबीको समर्थनसमेत रहेकाले बन्दरगाह प्रशासन तथा त्यहाँस्थित प्रहरीको युनिटले समेत सहजै व्यवसायीले बन्दरगाहको प्रवेशद्वारबाट हटाउन सकेका छैनन् । अवरोधका कारण सडक मार्गबाट एउटा पनि कन्टेनर बाहिरिन पाएको छैन ।

    अवरोधले बन्दरगाहमा नेपालतर्फ आउने करिब १ हजार कन्टेनर थुप्रिएका छन् । नेपालले प्रयोग गर्ने भारतको उक्त एक मात्र बन्दरगाह हो । त्यहाँबाट मुलुकको मुख्य नाका वीरगन्ज, विराटनगर, भैरहवाका लागि दैनिक ठूलो संख्यामा मालवाहक तथा कन्टेनर बाहिरिने गरेका छन् । बन्दरगाहमा नेपालका लागि आउने कन्टेनरमध्ये करिब ६० प्रतिशत ढुवानी सडक मार्गबाट हुन्छ ।

    कोलकातामा तेस्रो मुलुकबाट नेपालका लागि वार्षिक ४० हजार कन्टेनर आउने गरेका छन् । करिब १ महिनाअघि मात्रै रिटर्निङ शुल्क २० फिटको कन्टेनरका लागि १ हजार २ सय र ४० फिटका लागि १ हजार ५ सय पुर्‍याइएको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.