×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१२ औं साग भव्य उद्‍घाटन

  •  
  • शनिबार, माघ २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    • महिला फुटबलको राम्रो सुरुआत, महिला हकीमा पदक पक्का
    – राजु घिसिङ, गुवाहाटी

    तस्बिरहरु : कौशल अधिकारी/कान्तिपुर

    माघ २२, २०७२- डिजिटल प्रविधिको भरपूर उपयोग गर्दै दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करणको उद्‍घाटन समारोह भव्य रुपमा शुक्रबार भएको छ । ओलम्पिक टर्चलाइट बाल्नेदेखि खेलको इतिहास, सहभागि आठै देशको पहिचान प्रदर्शनमा डिजिटल प्रविधि प्रयोग गरिएको थियो ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुवाहाटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा १२ औं साग सुरु भएको घोषणा गरेका थिए । अर्को आयोजना स्थल मेघालयको सिलोङमा पनि शनिबार उदघाटन समारोह हुनेछ ।

    भारतका केन्द्रीय खेल मन्त्री, असम र मेघालयका मुख्यमन्त्रीहरुको उपस्थितिमा आयोजित उद्घाटन समारोहमा स्थानीय सांस्कृतिक झलकहरु, गीत–संगीत, नृत्य प्रदर्शन गरिएको थियो । दक्षिण एसियाली आठै देशको नृत्य पनि देखाइएको थियो । मार्चपासमा नेपालको झण्डा श्रृतिका सिंहले बोकेकी थिइन् । उनी पौडी खेलाडी हुन् । यसअघि ओलम्पियन सुटिङ खेलाडी स्नेहा राज्यलक्ष्मी राणाले नेपालको झण्डा बोक्ने ओलम्पिक कमिटीले जनाएको थियो ।

    १२ दिनसम्म चल्ने बृहत् खेलकुदमा दक्षिण एसियाली आठ देश (नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र भुटान) का २ हजार ६ सय बढी खेलाडी सहभागि छन् । २३ खेलसमावेश सागमा खेलाडी र अफिसियल गरी कुल ३ हजार २ सय ६६ जना छन् । पुरुष हकीबाहेक सबै खेलमा सहभागि नेपालबाट ३ सय ८४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । कुल २ सय २८ स्वर्ण, २ सय २८ रजत र ३ सय ८ कांस्यपदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    छिमेकीवीच आपसी भाइचारा, सद्भाव र शान्तिको लागि दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) को रुपमा सन् १९८४ मा काठमाडौंबाट सुरु भएको बृहत् प्रतियोगिताको १३ औं संस्करण नेपालले आयोजना गर्नेछ । ढाकामा ११ औं संस्करण २०१० मा आयोजना गरिएको थियो । दुई–दुई बर्षमा सञ्चालन गर्ने योजनासहित साग सुरु भएको थियो तर, भारतीय ओलम्पिक कमिटिको विवाद र प्रधानमन्त्रीको निर्वाचनको कारण १२ औं सागको आयोजना तीन बर्ष ढिला भएको हो ।


    महिला हकीमा पदक पक्का
    गुवाहाटी–तीन देश मात्र सहभागि भएपछि नेपालले १२ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला हकीमा पदक जित्ने पक्का भएको छ ।

    दक्षिण एसियाली खेलकुदमा महिला हकी पहिलोपल्ट समावेश गरिएको हो । र, यसमा आयोजक भारत, नेपाल र श्रीलंका मात्र सहभागि भएका छन् ।

    त्यसैले नेपालले कम्तीमा कांस्य पदक जित्ने निश्चित भएको हो । यसअघि अन्तर्राष्ट्रिय हकीमा नेपालको कुनैपनि टिमले पदक जितेको छैन/थिएन ।

    भारतको मणिपुरमा आठ दिन प्रशिक्षण गरेर नेपाली टिम गुवाहाटी आइपुगेको हो । टिममा १८ खेलाडी र प्रशिक्षकसहित तीन अफिसियल छन् । ‘भारत विश्व हकीकै बलियो टिम हो । त्यसैले भारतसँग संघर्ष गर्ने प्रयास गर्नेछौं,’ प्रशिक्षक बाबुराम नेपालले कान्तिपुरलाई भने, ‘श्रीलंका हामीभन्दा अलि राम्रो टिम हो । हामीले जम्मा आठ दिन मात्र टर्फमा प्रशिक्षण गरेका छौं । तैपनि उसलाई हराएर रजत पदक जित्ने प्रयास गर्नेछौं ।’ नेपालले भारतसँग आइतबार खेल्नेछ भने श्रीलंकाको मंगलबार सामना गर्नेछ ।

    यसपल्ट पुरुष टिम भने बजेट अभावमा सागमा सहभागि भएको छैन । पुरुषमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले नाम दर्ता गराएका छन् । हकीका खेलहरु गुवाहाटीस्थित मौलना मोहम्मद तयबुल्लाह हकी स्टेडियममा हुनेछन् ।

    महिला फुटबलको राम्रो सुरुआत
    गुवाहाटी–सिलोङ पुगेको १२ घन्टा नबित्दै मैदानमा ओर्लिएको नेपाली महिला फुटबल टिमले शुक्रबार बंगलादेशमाथि ३–० को जित निकाल्दै राम्रो सुरुआत गरेको छ ।
    काठमाडौंबाट दुई दिनको यात्राले खेलाडीहरु थकित थिए । तर, नेपालले जवाहरलाल नेहरु स्टेडियममा आक्रमक सुरुआत गरेको थियो । नेपालको तीनै गोल पहिलो हाफमा भएका थिए ।
    ६ बर्षअघि ढाकामा रजत पदक जितेको नेपाली महिला टिमकी सदस्य दीपा क्षत्रीले दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । कप्तान अनु लामाले १७ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । तेस्रो गोल निरु थापाले पहिलो हाफको अन्त्यतिर गरेकी थिइन् ।

    बंगलादेशविरुद्ध नेपाली महिला फुटबल टिमले शतप्रतिशत जित निकाल्दै आएको छ । हिराकुमारी भुजेल र सपना लामाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेको खेलको दोस्रो हाफमा भने नेपालले आक्रमक खेललाई निरन्तरता दिन सकेन । पहिलो हाफमा बंगलादेशले गरेको एक आक्रमणमा गोलकिपर लीला लाम्गादेले उत्कृष्ट बचाउ गरेकी थिइन् । ‘लामो यात्राले थकित भएपनि सुरुमै गोल भयो र खेल जित्न सजिलो भयो,’ बेन्चमै रहेकी टिमकी सिनियर खेलाडी भगवती थापाले भनिन्, ‘अर्को खेलमा अझ राम्रो गर्नेछौं ।’ नेपालले दोस्रो खेलमा आइतबार माल्दिभ्सको सामना गर्नेछ ।

    शुक्रबारै सम्पन्न दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन भारत र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । पाँच देश सहभागि महिला फुटबलमा राउन्ड रोबिन लिगको आधारमा शीर्ष दुईमा रहने टिमले स्वर्णपदकको लागि फाइनल खेल्नेछन् । लिगमा तेस्रो हुनेले कांस्यपदक पाउनेछ ।

    भलिबलमा दोहोरो हार

    गुवाहाटी–१२ औं सागको पहिलो दिन नै भलिबलमा नेपालको दुवै टिम पराजित भएको छ । महिला र पुरुष दुवै टिमले श्रीलंकासँग समान ३–० को हार बेहोरे ।

    नवीन चन्द्र बोर्दोलई इन्डोर स्टेडियममा भएको पहिलो खेलमा नेपाली महिला टिमलाई श्रीलंकाले २५–१९, २५–१४ र २८–२६ ले निरास पाऱ्यो । यससँगै नेपालको महिला भलिबलमा फाइनल पुग्ने लक्ष्य संकटमा परेको छ । सन् १९९९ र २००६ को ासगमा नेपाली महिला टिमले भलिबलमा कांस्यपदक जितेको थियो । गत बर्ष काठमाडौंमा आयोजित दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपमा भने नेपालले श्रीलंकालाई हराएको थियो । त्यसमा नेपाल तेस्रो भएको थियो ।

    त्यही कोर्टमा नेपालको पुरुष टिममाथि पनि श्रीलंका हावी भयो । त्यसमा श्रीलंकाले २५–१०, २५–१५ र २५–१० को जित निकाल्यो । समूह ‘ए’मा रहेको नेपालले शनिबार आयोजक भारतको सामना गर्नेछ । महिला टिमको सेमिफाइनल पुग्ने भाग्य अफगानिस्तानसँग शनिबार हुने खेलको नतिजामा निर्भर छ ।

    अरु खेल
    साइक्लिङ, पुरुष फुटबल, खोखो, पौडी, स्क्वास, भारोत्तोलन र कुस्तीको खेल शनिबार गुवाहाटीमा सुरु हुदैछ । पुरुष फुटबललमा नेपालले पहिलो खेलमा आइतबार भुटानको सामना गर्नेछ । नेपाली पुरुष फुटबल टिमले १९८४ र १९९३ को दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको थियो । यसमा सन् पहिले राष्ट्रिय टिम सहभागि हुने प्रचलन थियो । तर, १९९९ पछि यू २३ टिमले प्रतिस्पर्धा गर्दै आएको छ ।

    त्यस्तै, सिलोङमा शनिबार आर्चरी, ब्याडमिन्टन र टेबलटेनिसको प्रतिस्पर्धा हुनेछ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.