माघ ६, २०७२- पाकिस्तानको उत्तर–पश्चिमको पेसावर नजिकको चारसद्दा सहरमा रहेको बच्चा खान विश्वविद्यालय आतंकवादी हमला भएको छ । सेनाका अधिकारीको अनुसार चारजना आतंकवादी मारिएपनि केही आतंकवादीले विश्वविद्यालयको दोस्रो र तेस्रो तलालाई कब्जामा लिइरहेको बताइएको छ ।
यस्तै स्थानिय मिडियाका अनुसार १५ देखि २० जना विद्यार्थी मारिएकाे अाशंका गरिएकाे छ भने विश्वविद्यालयबाट विद्यार्थीहरुलाई उद्दार गरिएको छ ।
विश्वविद्यालयका साहयक प्राध्यापक डा. सकुरका अनुसार अातंकवादीहरु विश्वविद्यालयकाे पछिल्लो भागबाट प्रवेश गरेका थिए । विश्वविद्यालयमा हमला भएकाे थाह पाउने बित्तिकै धेरै विद्यार्थीहरु मेन गेटबाट बाहिर भागेका थिए । विश्वविद्यालय सहरबाट केही पर खेतहरुकाेबीचमा स्थित छ ।
सन् २०१४ मा पेसावरमा भएको विद्यालय आक्रमण १३० विद्यार्थीको ज्यान गएको थियो । चरसद्दा पेसावरबाट ५० किलोमिटरको दुरीमा पर्छ ।

स्थानिय समयअनुसार साढे ९ बजे तिर आतंकवादीहरुले बम बिस्फोटन गराएर विश्वविद्यालयम भित्र प्रवेश गरेका थिए । अबिले पाकिस्तानी सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त भइरहेको छ ।
विश्वविद्यालयलाई अहिले सेना तथा प्रहरीको भख्तरबन्द गाडीहरुले घेर्नुका साथै व्यापक मात्रामा अत्याधुनिक हातहतियार सहितका सुरक्षाकर्मी पनि तैनाथ गरिएको छ ।
विश्वविद्यायलमा कविता कार्यक्रम भइरहेको बेला उक्त आक्रमण भएको हो । सो समयमा त्यहाँ ३ हजारको संख्यामा विद्यार्थी तथा ६ सयको संख्यामा आगन्तुकहरु रहेको आंकलन पाकिस्तानको जियो न्युजले गरेको छ ।
केही दिन अघि मात्रै प्रशासनले पेसावरको विद्यालयम आतंकवादीहरुले पुन: आक्रमण गर्नसक्ने सूचना पाएपछि केही विद्यालयलाई बन्द गरेका थिए ।





















