×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ४ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

सागर थापाको बयानः नाङ्गै पारेर बीच बजारमा उभ्याएको जस्तो भएको छ

  •  
  • बुधबार, माघ ०६, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    व्यक्तिको उक्साहटमा प्रहरीले फसाएको दाबी

    ६ माघ,काठमाडौं । नेपालले बङ्गबन्धु कपमा सनसनीपूर्ण फुटबल खेलिरहेको दृष्य पूर्वकप्तान सागर थापा टेलिभिजनमा हेरिरहेका छन् । यदि म्याच फिक्सिङ प्रकरणमा नपरेको भए उनलाई सम्भवतः सारा जनताले टेलिभिजनमा हेरिरहेका हुन्थे ।

    नेपालका राष्ट्रिय टोलीबाट ८८ वटा क्याप जितेका सागरको फुटबलबाट दुःखद बहिर्गमन भएको छ । एउटा खेलाडीलाई लाग्नसक्ने सबैभन्दा संगीन आरोप लागेको छ सागरसहितका चार खेलाडीमाथि ।

    म्याच फिक्सिङ प्रकरणका विषयमा सागरले पहिलोपटक अनलाइनखबरसित खुलेर कुराकानी गरेका छन् । उनले आफू निर्दोष रहेको भन्दै ढिलो चाँडो सफाई पाउने आशा पनि व्यक्त गरे । प्रस्तुत छ, अनलाइनखबरका लागि सागरसित चिरञ्जीवी पौडेलले गरेको कुराकानीः

    sagar thapa_650 final

    म्याच फिक्सिङमा परेपछि तपाईंको खेलजीवन भताभुंग भएको छ । फर्केर हेर्दा कस्तो लाग्छ ?

    – मैले कुनै गल्ती गरेको छैन । त्यसैले ढुक्क छु, ढिलो चाँडो न्याय पाउने छु । तर, यो केसले मेरो खेल जीवन मात्रै होइन, निजी जीवनसमेत भताभुङ्ग भएको छ । यतिबेला आफूलाई नाङ्गै पारेर बजारबीचमा उभ्याइएको जस्तो महसुस भइरहेको छ ।

    कुनै गल्ती छैन भने कसरी मुछिनुभयो त फिक्सिङमा ? के नेपालको प्रहरीले त्यसै पक्राउ गरेको हो ?

    – मलाई फसाइएको हो । मैले अहिलेसम्म यो कुरा मिडियामा बोलेको छैन । समय आएपछि बोल्छु भनेर बसेको थिएँ, आज बोल्दैछु । मलाई विप्लव गौतम भन्ने व्यक्तिले फसाएको हो । उ पहिले मच्छिन्द्र क्लबमा थियो । अहिले एएफसीमा काम गर्छ । यो सबै उसैको षड्यन्त्र हो ।

    पहिले म सबैको प्यारो थिएँ । अहिले सबैका नजरमा देशलाई धोका दिने गद्दार भएको छु । बाटो हिँड्दा म्याच फिक्सिङ गर्ने सागर थापा यहि हो भनेर कुरा गर्दै हिँडेको सुन्छु

    खासमा उसको दुश्मनी मसित भन्दा पनि गणेश थापासित थियो । जमानामा उसले गणेश थापाको छोरा गौरवसित टक्कर गर्न खोज्दा एएफसीबाट निकालिएको थियो । त्यतिबेलादेखि नै उ गणेश थापाको विरोधी हो । अहिले दुईवटा साँढेको फाइटमा हामीलाई बाच्छा बनाइएको छ । कर्माछिरिङलाई उकासेर एन्फाबाट निकालेर अर्को एन्फा बनाउन कोशिष गरेको पनि उसैले हो । गणेश थापाले यो गर्‍यो, त्यो गर्‍यो भनेर उसले सूचना दिने र कर्माछिरिङले यहाँ मिडियामा ल्याउने काम भइरहेको थियो ।

    हो, कसैले गल्ती गरेको भए सजाय पाउनुपर्छ । कसैले फुटबलको पैसा खान्छ र खेलाडीलाई सुविधाबाट वञ्चित गर्छ भने हामी विरोध गर्छौं । तर, अनाहकमा कसैलाई लाञ्छित गर्नु पनि त ठिक होइन नी । त्यहि भएर एक पटक मेरो नेतृत्वमा गएर गणेश थापाको विषयमा खेलकुदमन्त्रीलाई ज्ञापनपत्र दिएका थियौं । त्यसपछि विप्लव गौतमलाई पर्‍यो कि यो गणेश थापाको खास मान्छे हो । त्यसैले मलाई सिध्यायो भने गणेश थापाको एउटा हात भाँचिन्छ भनेर म्याच फिक्सिङका जाल बुनेको हो ।

    यो सारा काम उसैले गरेको भनेर तपाईंलाई थाहा कसरी भयो ? एउटा व्यक्तिले आफ्नो स्वार्थपूर्तिका लागि सिंगो प्रहरी संगठनलाई प्रयोग गरिरहेको छ भन्नु अति काल्पनिक कुरा भएन र ?

    – जब हामी यो केसमा मुछियौं, त्यसपछि विगतका घटनाक्रमहरुबारे धेरै सोचविचार गर्‍यौं । जेलबाट निस्केपछि हामीलाई कसले फसायो त भनेर चारैतिर बुझ्दा विप्लव गौतमको कुरा आएको हो । अहिले हामीलाई सतप्रतिशत विश्वास भएको छ कि यो सबै उसैको करामत हो ।

    हाम्रो केस हुनुभन्दा एक महिना अगाडि त्यो मान्छेेले एसएसपी सर्वेन्द्र खनालसित भेटेको रहेछ । सर्वेन्द्र सरले पनि यो कुरा बताउनुभएको छ । म सर्वेन्द्र सरको विषयमा धेरै कुरा बोल्न चाहन्न । तर, उहाँले गरेका कामहरु पनि एकदमै सुद्द छन् भन्न सकिँदैन । उहाँलाई पनि पब्लिसिटी चाहिएको छ । किनभने प्रहरी संगठनमा उहाँलाई जित्न सक्ने भावी आइजिपीका दावेदारहरु छन् । घैंटे प्रकरणमा पनि उहाँको विषयमा धेरै कुराहरु आएका हुन् । कतिले राम्रो भनेका छन् त कतिले शंका पनि गरेका छन् ।

    भनेपछि सर्वेन्द्र खनालले एउटा व्यक्तिको उक्साहटमा परेर फसाउनु भएको शंका छ तपाईंहरुलाई ?

    – म ठाडै कसैमाथि आरोप लगाउन चाहन्न । तर, होइन भन्न सक्ने अवस्था पनि छैन । यद्यपि, हामी छुटेर आएपछि सर्वेन्द्रजीले राम्रै हिसाबले सम्झाउनुभएको थियो । मिडियासँग राम्ररी बोल्नु भनेको थियो । मेरो तिमीहरुसित कुनै व्यक्तिगत रिसइवी होइन भनेर भन्नुभएको थियो । मैले पनि उहाँप्रति कुनै नकारात्मक भावना पालेर हिँडेको छैन ।

    अर्को कुरा पनि म आज खुलासा गरिदिन्छु कि, विप्लव गौतमले नै विगतमा हामीलाई म्याच फिक्सिङको अफर गरेको थियो । त्यतिबेला मच्छिन्द्र र महेन्द्र पुलिस क्लबको म्याच हुँदा मच्छिन्द्रलाई जिताउन उसले नौ लाख रुपैयाँको अफर गरेको मलाई थाहा छ । अहिले फिक्सिङमा मुछिएको मध्ये एक जनालाई अफर गरेको थियो । तर, उसले त्यसलाई अस्वीकार गर्‍यो ।

    आज त्यहि विप्लवले मलाई यो अवस्थामा पुर्‍याएको छ । मैले उसलाई भनेको छु, यदि मेरो म्याच फिक्सिङ पुष्टि भयो भने म मर्छु, पुष्टि भएन भने पनि चूप लागेर बस्दिनँ ।

    प्रहरीले विदेशबाट ठूलो रकम रितेश थापाको खातामा आएको छ भनेर प्रमाण समेत दिएको छ । यो चाहिँ के हो ?

    – रितेश थापाको बैंकको एकाउन्टमा मनि ट्रान्सफर भएको छ । त्यतिबेला उसलाई कम्बोडियाको एउटा क्लवमा खेल्नका लागि अफर आएको थियो । यो कुरा त्यतिबेलाको कोचकै अगाडि बसेर भएको हो ।

    पुलिस टिमले उसलाई बाहिर गएर खेल्ने अनुमति दिएन । यो कुरा त्यतिबेलाको मिडियाहरुमा नै आएको थियो । मलाई थाहा भएसम्म यो पैसा त्यहि क्लवले खेल्न आउनका लागि हवाई टिकट र एडभान्सका रुपमा पठाएको हो । क्लबले सिधै नपठाएर एजेन्ट मार्फत पठाएको थियो । कति पैसा भन्ने मलाई थाहा छैन । तर, पछि उसले त्यो पैसा रिफन्ड गरिदिएको भनेको छ ।

    रितेश थापाले त म्याच फिक्सिङका लागि पैसा आएको र त्यो पैसाले आफूले विहे गरेको प्रहरीसँग स्वीकारेका होइनन् र ?

    – त्यो झूट कुरा हो । हामी कुनै पनि खेलाडीले म्याच फिक्सिङ गरेको स्वीकारेको छैन । यदि त्यस्तो छ भने प्रहरीले प्रमाण देखाओस् । हामीले स्वीकारेको भनेर कसरी मिडियामा आयो अचम्मित छौं । हामीलाई सुरुमा मिडियामा बोल्न समेत दिइएन । प्रहरीले भनेको आधारमा खाली एकतर्फी समाचारहरु आइरह्यो । हामीलाई त्यतिबेला मिडियासँग पनि दुःख लागेको थियो ।

    अन्जन केसीलाई आएको पैसा चाहिँ के हो ?

    पैसा आएको छ भने प्रमाण देखाउनुपर्‍यो । भनेर मात्रै भएन । अन्जन केसी पहिले मेरो ‘टिम मेट’ थियो । उसले फुटबल छोडेको पाँच वर्ष जति भयो । प्रहरीले भनेको ट्रान्जेक्सन पिरियड र म्याचको तालमेल नै मिलेको छैन । अन्जन केसीको २७ हजार, १ लाख २५ हजार ट्रान्जेक्सन भएको भनिएको छ । के यति पैसामा म्याच फिक्सिङ हुन्छ त ? अरु ट्रान्जेक्सन खोई त ? प्रहरीले भनेको जस्तो एउटै म्याचको पाँच हजार डलर लिएको हो भने हामीले त्यो पैसा कहाँ खर्च गर्‍यौं त ? त्यो पनि त खोजी हुनुपर्‍यो ।

    Sagat Thapa

    तपाईंहरुलाई लागेको आरोपलाई एन्फाले कसरी लिएको छ ? एन्फाका पूर्वअध्यक्ष गणेश थापासित तपाईंहरुको कुराकानी भएको छ कि छैन ?

    एन्फाले (हाम्रो पक्ष) खासै केहि गरेको छैन । छुटेर आएपछि गणेश थापासित एकपटक भेट भयो । उहाँ आफैं पनि अप्ठेरो अवस्थामा हुनुहुन्थ्यो । न हामीले उहाँलाई सहयोगका लागि आग्रह गर्‍यौं न उहाँले सहयोग गर्ने आश्वासन नै दिनुभयो । आफैं समस्यामा परेको व्यक्तिबाट के सहयोगको अपेक्षा गर्ने र ।

    एएफसीले तपाईंहरुलाई आजीवन प्रतिवन्ध लगाइदिएको छ । के उसले पनि कसैको उक्साहटमा नै यस्तो गरेको हो त ?

    – एएफसीको कारवाहीमा हामीलाई दुःख लागेको छ । उसित हामीले अपिल गरेर ‘ग्राउन्ड अफ डिसिजन’ मागेका छौं । तर, कुनै जवाफ दिएको छैन । सुरुमा हामीलाई १० दिनमा जवाफ पठाउन भनेर स्पष्टिकरण सोधेको थियो । हामीले त्यहिभित्रमा जवाफ पठायौं । तर, त्यसको कुनै अध्ययन-विश्लेषण नगरीकन एक्कासी हामीलाई प्रतिवन्ध लगाइएको छ ।

    प्रहरीले पक्राउ पर्दा तपाईं कहाँ हुनुहुन्थ्यो ? कसरी पक्राउ पर्नुभयो ?

    – मलाई प्रहरीले आफैं आएर पक्राउ गरेको पनि होइन । त्यो दिन म ट्रेनिङबाट छोरालाई लिएर घर फर्किदै थिएँ । भोलिपल्ट फाइनल म्याच थ्रीस्टारबाट खेल्नुपर्ने थियो । थ्रीस्टारलाई लिग जिताउन भनेर चार महिनाको एग्रिमेन्टमा गएको थिएँ । टिमलाई फाइनलमा पुर्‍याएँ पनि । तर, फाइनल म्याच खेल्ने अघिल्लो दिन प्रहरीको फन्दामा परेँ ।ट्रेनिङबाट फर्किदै गर्दा रितेशको फोन आयो । उसले अर्जेन्ट छ भनेर भेट्न बोलायो । म घरतिर नगईकन छोरो लिएरै उसले बोलाएको रेस्टुरेन्टमा गएँ ।

    जेलमा रहँदा सुसाइड गर्नेसम्मका कुरा दिमागमा आउँथे । यस्तो बेइज्जति सहनुभन्दा मर्नु ठीक हो कि झैं लाग्थ्यो । तर, जसोतसो बाँचेर आएँ । अब जसरी हुन्छ आफूमाथि लागेको दाग मेटाउनु छ ।

    त्यहाँ पुग्दा रितेशसहित अन्जन केसी र विकास श्रेष्ठ तीन जना प्रहरीसित कुरा गरिरहेका थिए । रितेसलाई त्यो दिन ११ बजे दरवारमार्गबाट पक्राउ गरेको रहेछ । सुरुमा उसलाई एउटा प्रहरी भएका कारण सम्मानपूर्वक सोधपुछ गरेका रहेछन् । पछि रितेशले नै अन्जनको घर देखाइदिएको रहेछ । अन्जनलाई समात्न जाँदा विकाश श्रेष्ठ पनि राति त्यहि सुतेकाले सँगै पक्राउ पर्‍यो ।

    म पुग्दा प्रहरी इन्सपेक्टर सुदीप पाठकले रितेशलाई र्‍याखर्‍याख्ति पारिरहेका रहेछन् । रितेशसित कुरा गर्दा मेरो नाम आएपछि प्रहरीले उसलाई मलाई बोलाउन भनेको रहेछ । मलाई इन्सपेक्टरले म्याच फिक्सिङमा तपाईंको पनि नाम जोडियो भनेपछि झसँग भएँ । मैले त्यतिबेलै भनिदिएँ कि, ठीक छ प्रमाण देखाउनुस् म टुँडिखेलमा झुण्डिन पनि तयार हुन्छु ।

    त्यसपछि त्यहाँबाट सर्वेन्द्र खनाललाई फोन गरेपछि उहाँलाई टेकुमै ल्याउन भने । मैले हाफपाइन्ट लगाएको थिएँ । छोरा पनि थियो । त्यसैले घर पुगेर ड्रेस चेन्ज गरेर आउँछु भने । त्यसपछि एकजना प्रहरी मसँगै आए । म घरमा गएर नहाईधुवाई गरेँ । प्रहरीलाई देखेर श्रीमती आत्तिएको अवस्था थियो । मैले उनलाई ‘कुराकानी गर्न बोलाएको छ, आत्तिनु पर्दैन’ भनेर सम्झाएँ ।

    मलाई टेकुमा रहेको अपराध महाशाखामा लगियो । त्यहाँ सर्वेन्द्र सरकै रुममा राखियो । उहाँले मसित खासै सोधपुछ गर्नुभएन । अञ्जनसित अलिकति बोल्नुभयो ।

    प्रहरीले हामीलाई बेलुकासम्म यत्तिकै झुलाएर राख्यो । हामीले किन राखिरहेको भन्दा ‘ठूलो इस्यू होइन, बेलुका तपाईंहरुलाई छाड्छौं’ भनेर झुक्याए । ‘धेरै हल्लाखल्ला गर्नु हुँदैन । मिडियामा गयो भने नराम्रो हुन्छ । बरु घरमा खाना बनाउन लगाउनु’ भनेका थिए । तर, त्यो उनीहरुको जालसाँझी रहेछ । भोलिपल्टदेखि दशैंको विदा हुने भएकाले त्यो दिन अदालत बन्द हुञ्जेल हामीलाई यत्तिकै अल्मल्याएका रहेछन् ।

    बेलुकी भएपछि आज यतै सुत्दा कसो होला भनेर भने । त्यसपछि क्यान्टिनबाट खाना पनि मगाउन लगाए । एक रातलाई ठीकै छ भनेर हामी पनि ढुक्कसित बसिरहेका थियौं । राति साढे सात बजेतिर एक जना प्रहरीले मोबाइलमा फेसबुक खोलेर देखाएँ । त्यहाँ हाम्रो न्यूज छापिएको रहेछ । राज्यद्रोहको आरोपमा ४ खेलाडी पक्राउ भनेर लेखिएको थियो । हामी त छाँगाबाट खसेझैं भयौं । बल्ल महसुस भयो कि हामीमाथि त निकै ठूलो षडयन्त्र रचिएको रहेछ । एकछिनपछि त हामीलाई हातमा हत्कडी लगाइदिए ।

    पहिलोपटक प्रहरी हिरासतमा रात बिताउँदा कस्तो अनुभव भयो ?

    – हामीलाई चोर-फटाहाहरु सुत्ने ठाउँमै सुत्न लगाइयो । जे भए पनि राष्ट्रिय खेलाडी त थियौं । एकदमै अपमानवोध भयो । बरु हामीलाई चिनेर हिरासतमा रहेका अन्य चोर-फटाहाहरुले हामी सुत्ने ठाउँमा सरसफाई गर्न मद्दत गरिदिए । त्यो रात निद्रा त कसैलाई लागेन । लाग्ने कुरै भएन । गफैगफमा रात बितायौं ।

    रितेस त बोल्न पनि सकेन । शौचालय जाने र आउने गरिरह्यो । जीन्दगीमा सबैभन्दा बढि आफूप्रति हिनतावोध भएको दिन हाम्रोलागि त्यहि थियो ।

    प्रहरीले पक्राउ गर्नुअघि म्याचिङ फिक्सिङको विषयमा प्रत्यक्ष अप्रत्यक्ष सोधपुछ तपाईंसित भएको थियो कि थिएन ?

    – प्रहरीले हामीसत कुनै सोधपुछ गरेको थिएन । बरु त्योभन्दा तीन महिनाअघि गणेश थापाले बोलाएर कुराकानी गर्नुभएको थियो । नेपालमा फिक्सिङको हल्ला भइरहेको छ, के हो भनेर सोध्नुभएको थियो । त्यतिबेला हामीले इन्चोनमा जापानसित खेलेको म्याचमा फिक्सिङ भएको भनेर गोलनेपाल डटकममा आएको थियो । हामीले यो सबै हल्ला मात्रै हो भनेर गणेश दाइलाई आश्वस्त बनायौं ।

    त्यो गोलनेपाल चलाउने विक्रम थापा जति खराब पत्रकार अरु देखेको छैन । उ अमेरिकामा बस्छ । हामीले उसित यो विषयमा कुरा गर्न धेरै चोटी ट्राइ गर्‍यौं । तर उ सम्पर्कमा नै आएन ।

    तपाईंमाथि यति संगीन आरोप लागेको छ । तर, आफू पूरै निर्दोष छु भन्नुहुन्छ । के मानिसहरुले यति सहजै पत्याउलान् त ?

    – हो हामीमाथि ठूलो कलंकको दाग लागेको छ । यसलाई मेटाउन सजिलो छैन । हामीविरुद्धको न्यूज मिडियामा यति एकपक्षीय ढंगले आयो कि जोसुकै पनि पनि पत्याउन वाध्य भए । हिरासतभित्र रहँदा दिन दिनैका पत्रिकाहरु मगाएर पढ्थ्यौं । हरेक दिन हाम्रो नेगेटिभ न्यूज छापिएको हुन्थ्यो । राष्ट्रपतिको सपथ खाएको भन्दा हाम्रो न्यूज ठूलो भएर आएको हुन्थ्यो ।

    १४ दिनसम्म हामीलाई मिडियाको छेउ पर्न पनि दिइएन । प्रहरीले अदालतमा लैजाँदा पनि मुखमा मास्क र टाउकोमा टोपी लगाउन दिन्थ्यो । मिडियालाई छलेर हामीलाई भित्र लगिन्थ्यो । त्यतिबेला हाम्रो पक्षबाट बोलिदिने कोहि भएनन् । १४ दिनमा बल्ल मैले मिडियासित आफ्नो छोटो कुरा राख्न पाएँ । पहिलेदेखि नै मिडियामा हाम्रो भनाइ आएको भए पब्लिकमा यति धेरै बदनाम हुँदैनथ्यौं होला ।

    तर, मलाई सतप्रतिशत विश्वास छ कि एक दिन हामी निर्दोष सावित हुनेछौं ।

    तपाईंको फुटबल करिअर त अब सकियो होइन ? कि अझै आशा छ फर्किन सक्छु भन्ने ?

    – म यसपाली सन्न्यास लिने योजनामा नै थिएँ । साफ च्याम्पियनसीप नेपाललाई दिलाएर फुटबलबाट विदा लिने लक्ष्य थियो मेरो । यो कुरा मैले सबैसित सेयर पनि गरिसकेको थिएँ । तर, मैले सोचेको भन्दा फरक तरिकाबाट मेरो करिअर अन्त्य भयो । सारा जीवन फुटबलमा बिताएँ, तर अन्त्यमा बदनाम भएँ । अब मसित केहि पनि छैन । म रित्तो भएको छु ।

    तपाईंहरुलाई मानिसहरुले हेर्ने नजर बदलिएको छ । तपाईंसित प्रत्यक्ष भेट्नेहरुले कस्तो व्यवहार गर्छन् ? अनि आफ्नै साथीभाइ र परिवारले के भन्छन् ?

    हो, पहिले म सबैको प्यारो थिएँ । अहिले सबैका नजरमा देशलाई धोका दिने गद्दार भएको छु । बाटो हिँड्दा खेरी पनि मानिसहरु मसित उभिएर फोटो खिच्ने र अटोग्राफ माग्ने गर्थे । आजकाल बाटो हिँड्दा सुन्छु, म्याच फिक्सिङ गर्ने सागर थापा यहि हो भनेर कुरा गर्दै हिँडेका हुन्छन् ।

    साथीभाइले चाहिँ मलाई अझै हौसला दिइरहेका छन् । उनीहरुलाई विश्वास छ कि म निर्दोष छु भन्ने । ‘दुनियाले तिमीलाई जे भनोस् तिमी हाम्रो नजरमा पहिलेकै सागर हौ’ भनेर भन्छन् ।

    श्रीमतीको कुरा गर्नुहुन्छ भने मलाई यो विषयमा उनले एक पटक पनि सोधेकी छैनन् । सोध्नुपर्ने आवश्यकता नै ठानेकी छैनन् । किनकी उनलाई थाहा छ म कस्तो खालको मान्छे हुँ भनेर ।

    जेलमा बस्दा हामीलाई ३-४ दिनसम्म परिवारसित पनि भेट्न दिइएन । पहिलोपटक भेट्न पाउँदा उनी खुबै रोइन् । मैले सम्झाएँ, कि म यहाँ भित्र बसेर रोएको छैन । तिमी पनि बाहिर बसेर नरुनु । बच्चाको हेरविचार गर्नु । मलाई केहि हुँदैन । तर, त्यसो भने पनि मेरो मन भित्रभित्र रोइरहेको हुन्थ्यो ।

    यति लामो फुटबल करिअरमा किन कहिल्यै विदेशी क्लबमा गएर खेल्नुभएन ? कि अफर नै आएनन् ?

    मलाई प्रशस्त अफर आएका थिए बाहिरबाट । भाइचुङ भुटियाले आफैं फोन गरेर इस्ट बंगालबाट खेल्न आग्रह गर्नुभएको हो । बंगलादेश, सिंगापुर, मलेसीयाबाट पनि प्रस्ताव आएका हुन् । तर मैले खेल्न अस्वीकार गरेँ । मलाई नेपालबाट मात्रै खेल्नु थियो ।

    बाहिरबाट खेलेको भए पैसा पनि हुन्थ्यो र अनुभव पनि बढ्थ्यो । मौका गुमाएको जस्तो लाग्दैन ?

    – खासमा बाहिर गएर नखेल्नुमा मेरो आफ्नै कारण पनि छ । म लामो समय घरबाहिर बस्दा होमसिक हुन्छु । त्यहि भएर पनि हो । अर्को कुरा चाहिँ म सँधै स्वतन्त्र भएर खेले । लिडरसिप लिएर खेलेँ । बाहिरबाट खेल्दा त्यस्तो हूँदैन भनेर पनि हो ।

    अचेल घरमा बसेर राष्ट्रिय टिमको फुटबल हेर्दा कस्तो लाग्छ ? नेपालले साफ च्याम्पियनसीपमा खराब प्रदर्शन गर्नुमा म्याच फिक्सिङ प्रकरणको कति हात रहेको मान्नुहुन्छ ?

    – म साथीहरुसित रेस्टुरेन्टमा बसेर नेपालको म्याच हेरिरहेको छु । अस्ति साफ च्याम्पियनसीप हेरेँ । मनमा सोचाई आयो कि म टोलीमा भएको भए यतिबेला सबैले मलाई टेलिभिजनमा देख्थे होला ।

    साफ च्याम्पियनसीपमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । हामी यसपाली सजिलो गु्रपमा थियौं । उपाधि जित्ने सुनौलो अवसर थियो । हाम्रो ग्रुपमा रहेको पाकिस्तान प्रतियोगीतामा सहभागी भएको थिएन । श्रीलंका एकदम कमजोर थियो । तैपनि हामीले जित्न सकेनौं । हाम्रो खेलको तालमेल बिगि्रएको थियो । खेलाडीको आत्मविश्वास चकनाचुर भएको थियो । मलाई लाग्यो कि हामी भएको भए यसपाली उपाधी जित्ने सम्भावना थियो । तयारी पनि राम्रो थियो ।

    फुटबलबाट टाढा रहँदा कत्तिको गाह्रो भएको छ ? दिनचर्या कसरी बित्छ आजकाल ?

    – फुटबलबाहेक जीवनमा अरु केहि थिएन । अहिलेसम्म राष्ट्रिय टोलीबाट निरन्तर ८८ वटा म्याच खेलेँ । कुनै म्याचमा मैदान छाडेर निस्किनँ । कुनै म्याचमा ड्रप भइनँ । कहिल्यै घाइते भइनँ । हरेक म्याचमा १०० प्रतिशत दिने प्रयास गरेँ । तर, मेरो यतिका वर्षसम्मको योगदान पानीको फोहोरा जसरी फुटेको छ । अहिले आएर के मन दुखाउनु ।

    मभित्र कस्तो छट्पटी छ भन्ने शब्दमा वर्णन गर्न सक्दिन । बिहान उठ्छु । काम केहि हुँदैन । फेरि सुत्छु । आफूलाई बेकारी जस्तो लागिरहेको छ । काम केहि नभए पनि दिन त बित्दो रहेछ । यसो साथीभाईसित भेट भयो । गफ गर्‍यो । गफैगफमा उही म्याच फिक्सिङको प्रसंग निस्कन्छ । तनाव बढ्छ ।

    जीन्दगीमा फुटबल भन्दा अर्थोक केहि जानिएन । व्यवाहारिक कुरामा कहिल्यै चासो राखिएन । अहिले आएर बुझ्दैछु, व्यवहार के रहेछ, जीवन के रहेछ । विगतमा मैले कहिल्यै बत्तिको विलसमेत तिरेको छैन । अब थाहा पाउदैछु कि बत्तिको विल तिर्नसमेत कति झण्झट हुँदो रहेछ ।

    मैले आफूलाई भर्खर जन्मेको एउटा बच्चा जस्तो सम्झेको छु । जसको बल्ल जीवन सुरु भएको छ । जेलमा रहँदा सुसाइड गर्नेसम्मका कुरा दिमागमा आउँथे । यस्तो बेइज्जति सहनुभन्दा मर्नु ठीक हो कि झैं लाग्थ्यो । तर, जसोतसो बाँचेर आएँ । अब जसरी हुन्छ आफूमाथि लागेको दाग मेटाउनु छ । अरु लक्ष्य केही छैन ।

    जीवन त धेरै लामो छ । अबका योजनाहरु के छन् तपाईंका ?

    ठोस योजना केहि बनाइसकेको छैन । मैले भनिहालेँ कि फुटबल बाहेक मैले जानेको केहि छैन । फुटबलमै लागेर पढाई बिगारेँ । न कतै जागीर खान दरखास्त हाल्न सक्छु, न सडकमा मम बेचेर बस्न सक्छु । अब के गर्ने र कसो गर्ने भन्ने दोधारमै छु । साथीभाइसित मिलेर गाउँमा भएको जग्गामा अर्गानीक खेति गर्ने कि भन्ने सोचमा पनि छु । तर निर्णय लिइसकेको छैन ।

    फुटबल नछुनुभएको कति दिन भयो ?

    – यो केसमा फसेपछि फुटबल त खेलेको छैन । फुटसल चाहिँ नियमित खेल्छु ।

    नेपाली फुटबल फ्यानहरुलाई के भन्न चाहन्नुहुन्छ ?

    – मेरो भन्नु यत्ति छ कि हाम्रो कारणले फुटबललाई माया गर्न नछाड्नुस । हामी दोषी हौं भने सजाय पाउने छौं, निर्दोष हौं भने सफाई पाउने छौं । तर फुटबल सँधै निर्दोष छ ।

    – See more at: http://www.onlinekhabar.com/2016/01/377463/#sthash.7PdM8T87.dpuf

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    भेनेजुएला भूकम्प : फुटबलर यामभर्ट बेरोटेरानकाे मृत्यु
    विश्वकप फुटबल : पनामामाथि घानाको रोमाञ्चक जीत
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.