×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दिल्ली-कोलम्बो हुँदै खाडी लाने तस्करी बढयो

  •  
  • आइतबार, माघ ०३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एक महिला तिहाड जेलमा

    – कान्तिपुर संवाददाता , नयाँदिल्ली

    माघ २, २०७२- ६ महिनाअघि बनेको राहदानीमा भारतका दिल्ली, मुम्बई हुँदै ओमानको मस्कट आवागमन गरेको छाप लगाइदिएर फेरि दिल्ली हुँदै कोलम्बो पठाउने तयारीमा रहेकी एक नेपाली महिला विमानस्थलबाट पक्राउ परेकी छन् ।

    गत सोमबार पक्राउ परेकी बाँके घर भएकी २८ वषर्ीया पुजा पुनलाई न्यायिक हिरासतका क्रममा तिहाड जेलमा राखिएको छ । ‘जीवनमा पहिलोपटक विदेश उडेकी उनको राहदानीमा भारतका दिल्ली, मुम्बईदेखि ओमानसम्मको अध्यागमन छाप लगाइएको छ । त्यो पनि नक्कली रहेको पुष्टी भइसकेको छ,’ कानूनी उपचारबाट महिलाको उद्धारमा जुटेका माइती इन्डियाका बालकृष्ण पाण्डेले भने, ‘मानव तस्करीको सञ्जालले नेपाली युवतीलाई भारतका विभिन्न विमानस्थल हुँदै कोलम्बो उडाउने र त्यहाँबाट खाडी मुलुकमा पुर्‍याउन थालेको थप पुष्टी भएको छ ।’

    जनवरी ११ मा एयर इन्डियाको नियमित उडानबाट कोलम्बो जान लागेकी पुनको पासपोर्टमा किर्ते छाप र विवरण भेटिएपछि उनलाई तत्काल अध्यागमन प्रहरीले अनुसन्धानमा लिएको थियो । त्यसपछि पटियाला कोर्टले गरेको निर्णयमा कम्तिमा दुइ महिनाका लागि पुजालाई न्यायिक हिरासत क्रममा तिहाड जेलमा राखिएको छ । पुजाको गाउामा ४ नाबालक छोरा रहेको र क्यान्सरले ग्रस्त आमाको उपचारका लागि रोजगारीमा आफू विदेश जान चाहेको उनले बयानमा बताएकी छिन् । भारत प्रवासमा रहेका उनका श्रीमान ओमबहादुरसमेत केही बर्षयता सम्पर्कहीन भएको बयानमा उल्लेख छ ।

    पुजाको पासपोर्टमा बैदेशिक रोजगार बिभागले गत नवेम्भर ५ मा लगाएको श्रम स्टिकरमा ‘क्लिनर’ कामका लागि ओमान जाने विवरण छ । “पुजालाई बााकेबाट एक महिनाअघि काठमाडौं ल्याएर राखिएको र त्यहााबाट दिल्ली ल्याइएको थाहा भएको छ,”पाण्डेले भने-“उनलाई किर्ते कागजी प्रकृयामार्फत अवैधानिक रोजगारीको बाटोमा ल्याउने गाउादेखिका दलालहरुको पहिचान भैसकेको छ । काठमाडौंमा प्रहरी अनुसन्धान ब्युरोसहितको सहयोगमा मानव तस्करको संजाल पहिल्याउने काम भैरहेको छ ।” बैदेशिक रोजगार बिभागले पुजाको पासपोर्टमा लगाएको श्रम स्टिकरको छाप पनि नक्कली भएको अनुमानमा अनुसन्धान भैरहेको छ ।

    पासपोर्टमा श्रम स्टिकर भएको अवस्थामा अथवा दिल्लीस्थित नेपाली दुतावासको ‘नो अब्जेक्सन लेटर’ साथमा रहेको अवस्थामा भारतका कुनै पनि बिमानस्थलबाट तेस्रो मुलुक उड्न भारतीय अध्यागमनले रोक लगाउन सक्दैन । “मानव तस्करी र अनाधिकृत रोजगारीमा लैजान दिल्लीसहितका बिमानस्थललाई ट्रान्जिटका रुपमा उपयोग गर्ने क्रम बढेकाले दुतावासबाट ‘नो अब्जेक्सन लेटर’को व्यवस्था गरिएको हो”,दुतावासका काउन्सेलर एसएसपी यादव खनालले भने-“तर, तस्करीको अनेक उपाय पहिल्याउादै कहिले ढाका र कहिले कोलम्बो उडाएर पनि अर्को गन्तव्यमा महिला ओसारपसार भैरहेको सुचना आउने गरेको छ ।”
    माइती इन्डियाका पाण्डेका अनुसार अहिले तिहाड जेलमा रहेकी पुजालाई कानूनी प्रकृयामा रिहा गराएर घर फिर्ता पठाउन पहल थालिएको छ । उनको अभियोगमा माफी दिलाएर जमानत राख्ने प्रकृयामा नेपाली वकिल नन्दा शर्मालाई जिम्मेवारी दिइएको छ । बढीमा एक सातामा पुजालाई नेपाल फिर्ता पठाउने प्रयास भैरहेको पाण्डेले बताए ।

    अघिल्लो महिना पनि १६ नेपाली युवती दिल्ली बिमानस्थल हुादै कोलम्बो गएको र त्यहााबाट खाडी मुलुक लगिएको सूचना बाहिर आएको थियो । गत साता मात्रै नेपाल एयरलाइन्सको दिल्ली उडान हुादै कोलम्बो लैजान अन्तिम प्रकृयामा रहेका ५ युवतीलाई काठमाडौं बिमानस्थलमा पक्राउ गरिएको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, माघ ०३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.