×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

२८ महिनापछि नेपालको पहिलो जीत, विमल ‘म्यान अफ दि म्याच’

  •  
  • बुधबार, पुष २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस २९, २०७२- नेपालले बंगलादेशमा भइरहेको बंगबन्धुगोल्डकप २०१६ मा बुधबार श्रीलंकामाथि १–० को जित रचेको छ । यो जितपछि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ । नेपालका लागि निर्णायक गोल विमल घर्तिमगरले गरे । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा रहेको छ र टिमको दुई खेलपछि चार अंक भएको छ ।

    नेपालले यसअघि आफ्नो पहिलो खेलमा मलेसियाका प्रिमियर लिग क्लब फेल्डासँग गोलरहित बराबरी खेलेको थियो । नेपालको सेमिफाइनल प्रवेशको समीकरण मंगलबार नै बंगलादेश र फेल्डाबीच हुने दोस्रो खेलले तय गर्नेछ । बंगलादेशको तीन र फेल्डाको एक अंक छ ।

    अन्तर्राष्ट्रिय फुटबलमा नेपालले लामो समययता बुधबार जित निकाल्न सफल रहेको हो । नेपालले अन्तिम पटक सन् २०१३ को सेप्टेम्बर ५ मा भारतलाई काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा २–१ ले हराएको थियो । त्यसयता नेपालले १२ खेलमा जित निकाल्न सकेन् ।

    त्यसमध्ये दस खेलमा नेपालले कुनै गोल पनि गर्न सकेको थिएन् । त्रिवेन्द्रममा नेपालले भारतविरुद्धको ४–१ को हारमा गोलको खडेरी समाप्त पारेको थियो । त्यसमा पनि विमलनै गोल गरेका थिए । नेपालले श्रीलंकाविरुद्ध प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा पहिलो पल्ट खेलिरहेको हो ।

    विमलको गोल खेलको दोस्रो मिनेटमै सम्भव भएको हो । ओभर ल्यापिङमा निस्केका रविन श्रेष्ठको क्रसमा विमलले नजिकको दूरीबाट गोल गरेका हुन् । नेपाली राष्ट्रिय टिमका लागि विमलको यो तेस्रो व्यक्तिगत गोल हो । उनका अरु दुई गोल पाकिस्तान र भारतविरद्ध रहेका छन् ।

    हालै दक्षिण भारतीय राज्य केरलाको त्रिवेन्द्रममा भएको साफ च्याम्पिनसप २०१६ मा नेपाल श्रीलंकाको हातबाट १–० ले पराजित भएको थियो । इन्ज्युरी समयको अन्तिम मिनेटमा भएको गोलले श्रीलंका विजयी भएपछि साफ च्याम्पियनसपमा नेपालको चुनौती समाप्त हुनुको प्रमुख कारण बनेको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.