×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मुम्बई हल्लाउने एउटा चोरी

  •  
  • सोमबार, पुष २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस २६, २०७२- फाटफुट पटके चोरी भइरहन्छन् । तर, अहिले एउटा चोरीले नेपालमात्र होइन्, छिमेकी भारतको फिल्म नगरीसम्मै तरंग ल्याएको छ । आर्थिक तथा माया नगरी भनेर समेत चिनिने महाराष्ट्रको मुम्बईस्थित एक बिल्डरको घरबाट चार नेपाली युवाले चोरेको १ करोड ४० लाख भारु (२ करोड २४ लाख नेपाली) को चर्चा देश/परदेशमा फैलिएको छ ।

    १८ वर्षभन्दा कम उमेरका ती युवाले उक्त रकम सुरक्षित तरिकाले नेपाल त भित्र्याए । तर, त्यसअघि नै प्रहरीको फन्दामा परे । प्रहरीले घटनामा संलग्न ४ मध्ये २ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट ६० लाख ४ हजार ५ सय भारु बरामद भएको छ । प्रहरीले बरामद रकमसहित आइतबार दैलेख सिंहसैन ७ का लक्ष्मण भनिने लव शाही र जगतजंग शाहीलाई सार्वजनिक गरेको हो । माष्टर प्लानर मानिएका सोही ठाउका उपेन्द्र शाही र अछाम कालेकाँडा राकुगाउँका भरत शाही फरार छन् ।

    कसरी भयो चोरी : गाउँमा आर्थिक अवस्था कमजोर भएपछि सिंहसैन ७ का लव शाहीले लेख्न–पढन पाएनन् । गाउँकै दौतरीसंग कालापार (भारत) हानिए । साथीहरुको लहैलहमा मुम्बई पुगेका उनले त्यहाँ गौरब रमेश गेदावनको घरमा काम पाए । छिट्टै मालिकको बिश्वास जिते । किचनसम्मको पहुच बनाएका लबकै संलग्नतामा गेदावनको घरबाट ठुलो रकम चोरी भएको हो ।

    मालिकका लागि खाना पकाउने र उनको स्याहार–सुसारको काम लबको काध माथि थियो । मुम्बई चेम्बुर सुभाषनगरमा बस्ने गेदावान त्यहाका कहलिएका बिल्डर थिए । उनलाई पैसाको कमि थिएन । साँझपख घर फर्किदा कहिलेकाही झोलामा पैसा बोकेर आउथे । त्यसलाई बेपर्वाह ढंगले बेडरुममा राख्थे । लब यी दृष्य नजिकैबाट हेरिरहन्थे । ‘धन भनेपछि महादेबका पनि तीन नेत्र’ भन्छन् । उनको मनमा पाप पलायो ।

    उनले त्यो कुरा त्यही घरमा चौकिदारी गर्ने गाउकै साथी भरत र जगतजंगलाई सुनाए । प्रहरीका अनुसार, उनीहरुले मुम्बइकै अर्को ठाउमा काम गर्ने गाउकै उपेन्द्र शाहीलाई फोन गरेर सूचना दिए । ‘उपेन्द्रको अपराधिक ब्याकग्राउण्डको अर्को पाटो समेत खुलेको छ । उसकै प्लानिङमा रकम चोरिएको देखियो,’ भेरी अंचल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यात भन्छन्, ‘उनकै नेतृत्वमा चोरी गरेर चारैजना सुरक्षित नेपाल प्रबेश गरेका थिए ।’

    बिल्डर गेदावनको गाडीमा भएको उक्त रकम चोरेर चारैजना बासी, दिल्ली हुदै तिकुनिया नाका भएर नेपाल छिरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘गेदावनले रकम सहितको झोला गाडीमै छाडेको र त्यो झोला उठाएर आफुहरु आएको बयान पक्राउ परेकाहरुले दिएका छन्,’ एसएसपी बस्न्यात भन्छन्, ‘उनीहरुको हुलिया र ठेगाना सहित हामीलाई खबर आएपछि चारैतिर प्रहरीको जालो बिछ्याएका थियौं । पक्रन सफल भयौं ।’

    जगतलाई नेपालगन्ज बसपार्क र लबलाई कैलाली चुहा लम्की–८ लम्कीबाट पक्राउ गरिएको हो । २७ लाख ६० हजार ५ सय रुपैया भारु टिकापुर ९ दुर्गापुरस्थित धिरज शाहीको घरबाट बरामद भएको छ । त्यस्तै उनीहरुकै सुचनाका आधारमा नेपाली १० लाख ४० हजार रकम कोहलपुर ११ स्थित नबराज शाहीले संचालन गरेको दैलेखि शाही होटल र बाँकी ३२ लाख ४४ हजार भारु लम्कीका धिरजकै घर बाहिरको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । १ करोड ६० लाख भारु मध्ये ६० लाख ४ हजार ५ सय भारु मात्र बरामद भएको र थप अनुसन्धान चलिरहेको बाँके प्रहरी प्रमुख एसपी बशन्त पन्तले बताए ।
    परदेशमा गुम्दै नेपाली बिश्वास : रोजगारीका लागि नेपालीहरुको परम्परागत गन्तब्य हो, छिमेकी भारत । उदाउदो अर्थतन्त्र भएको भारतका बिभिन्न सहरहरुमा लाखौं नेपाली काम गर्छन । केहीको पहुच ‘मालिक’को बेड देखि किचनसम्मको हुने गर्छ ।

    तर, पछिल्ला दिनमा चोरी, लुटपाट जस्ता अपराधकर्ममा नेपालीहरुको संलग्नता देखिन थालेपछि बिश्वास गुम्दै गएको छ । ‘अपराध र अपराधीको कुनै सीमा, जात र धर्म त हुदैन तर, यस्ता घटनाहरुले भारतमा नेपालीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनसक्छ,’ एसएसपी बस्न्यातले भने, ‘हामीले समयमै अपराधिलाई प्रक्राउ गरेर जहा भएपनि अपराधी पक्राउ गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छौं ।’ भारतमा ठुलो मात्रामा नगद घरमा राख्न नमिल्ने र सम्पत्तिको स्रोत खुलाउनु पर्ने जस्ता अनेक कारणले गर्दा कतिपय ठुला चोरीका घटना भने सार्बजनिक हुँदैनन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.