×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मान्यता पाउन दुई क्रिकेट संघको दौडधुप

  •  
  • आइतबार, पुष २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    राजनीतिक किचलोका कारण नेपालको क्रिकेट पछाडि पर्न सक्ने चिन्ता व्यक्त हुन थालेको छ।

    खेलकुदमा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको क्रिकेटसँग सम्बन्धित दुईवटा समिति गठन भएपछि दुवैले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को मान्यता पाउन पहल शुरु गरेका छन्।

    अर्को हप्ता दुबईमा हुने आइसीसीको बोर्ड बैठकमा नेपालको विवादबारे छलफल हुने भएपछि दुवै संघले आफ्ना प्रतिनिधि त्यसतर्फ पठाउने तयारी गरेका हुन्।

    अहिले राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेर काम गरिरहेकी नेपाल क्रिकेट संघकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे मंगलबार दुबई जाँदैछिन्।

    उनले त्यहाँ हुने प्रमुख कार्यकारी अधिकृतको बैठकमा भाग लिने र अर्को हप्ता हुने आइसीसी बैठकमा नेपाली क्रिकेट संघको निर्वाचनबारे जानकारी गराउने बताइएको छ।

    मेरो काम भनेको अहिले नेपाली क्रिकेटमा के भइरहेको छ त्यो भन्ने हो, के मा समस्या आइरहेको छ वर्तमान अवस्था के हो? मेरो विचार मैले दिने हो

    भावना घिमिरे, प्रमुख कार्यकारी अधिकृत, नेपाल क्रिकेट संघ

    लगातारको विवादमा फस्दै आएको नेपालको क्रिकेट संघप्रति असन्तुष्ट देखिएको आइसीसीले जनवरी १४ को बैठकबाट संघको आधिकारिकताबारे निर्णय गर्ने ठानिएको छ।

    प्रमुख कार्यकारी अधिकृत घिमिरे भन्छिन्, “मेरो काम भनेको अहिले नेपाली क्रिकेटमा के भइरहेको छ त्यो भन्ने हो, के मा समस्या आइरहेको छ वर्तमान अवस्था के हो? मेरो विचार मैले दिने हो।”

    गत मंसिर २८ गते खेलकुद परिषद्को निर्देशन बेवास्ता गर्दै चतुरबहादुर चन्दको अध्यक्षतामा गठित संघले निर्वाचनको जानकारी आइसीसीलाई गराएको छ।

    तर परिषद्ले अर्को क्रिकेट संघ गठन गरिपछि आफ्नो समितिलाई आधिकारिकता दिलाउन उक्त संघका महासचिव अशोकनाथ प्याकुरेल पनि आइसीसी बैठकमा जाने तयारीमा छन्।

    तर एसोसियट राष्ट्रको बैठक नभएकोले आइसीसीको निम्तो पर्खेको उनी बताउँछन्।

    हाम्रो कुरा सुन्नुछ भने हामी जुनसुकै बेला पनि त्यहाँ आउन तयार छौँ भनेर हामीले भनेका छौँ

    अशोकनाथ प्याकुरेल, महासचिव, क्रिकेट संघ

    उनले भने, “हामीले विभिन्न च्यानलबाट त्यहाँ कुरा पुर्याएका छौँ, केही कुरा बुझ्नु छ तिमीहरु आउ भन्छौ भने एकतर्फी कुरा नसुन, हाम्रो कुरा सुन्नुछ भने हामी जुनसुकै बेला पनि त्यहाँ आउन तयार छौँ भनेर हामीले भनेका छौँ।”

    विवादका कारण अन्तर्राष्ट्रिय मैदानमा अघि बढेको राष्ट्रिय टोलीको प्रदर्शनमा असर पर्नुका साथै अन्तर्राष्ट्रिय निकायबाट पाइने ठूलो बजेट समेत रोकिएपछि क्रिकेट संघमा सरकारी हस्तक्षेप शुरु भएको थियो।

    युवा तथा खेलकुद मन्त्रालयले पनि तदर्थ समिति बनाएपनि त्यसविरुद्ध क्रिकेट संघले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि मन्त्रालयको कमिटी छाँयामा परेको थियो।

    पछिल्लो पटक नयाँ समिति बनाएका परिषद्का सदस्य सचिव केशवकुमार विष्ट यसपटक आइसीसीकै सहमतीमा नयाँ कमिटी बनाएको दाबी गर्छन्।

    उनी भन्छन्, “तदर्थ समिति बनाउनु अगाडिनै हामीले यसबारे आइसीसीलाई जानकारी गराएका छौँ र आइसीसीले हामीलाई अगाडि बढ्न सकारात्मक संकेत दिएको छ।”

    क्रिकेट संघको लामो विवाद आइसीसीको निर्णयपछि किनारा लाग्ने ठानिएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.