×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चिनियाँ ‘मामा’ खोज्दै प्रहरी

  •  
  • आइतबार, पुष २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    केपी ढुंगाना

    चिनियाँ 'मामा' खोज्दै प्रहरी
    काठमाडौं- आठ वर्षदेखि नेपालमा बस्दै आएका विक्रम र विवेक मित्तलको देखिने व्यवसाय सुन कारोबार हो। न्युरोडस्थित ‘भाग्यलक्ष्मी ज्वेलर्स’ का सञ्चालक यी दाजुभाइको असली धन्दा भने प्रहरीले शुक्रबार मात्र खोलिदियो।
    महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भारत, पश्चिम बंगालका मित्तल दाजुभाइ चिनियाँ र भारतीय व्यापारीसँग मिलेर ‘वैध व्यापारको आवरणमा सुन तस्करी’ मा संलग्न रहेछन्।
    प्रहरीले शुक्रबार साढे नौ किलो सुनसहित मित्तल दाजुभाइ र उनीसँग तस्करीको सुन किन्न आएका भारतीय नागरिक भागीरथ चौधरीलाई पक्राउ गरी सुन तस्करीको जालो केलाउन थालेको छ।

    महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल प्रारम्भिक अनुसन्धानमा उनीहरु सुन व्यापारीको आवरणमा लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको खुलेको बताउँछन्। उनका अनुसार चीनमा रहेका ‘मामा’ नामका व्यक्तिले नेपाली भरियामार्फत सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भन्सार छलेर सुन काठमाडौं पठाउने र मित्तल दाजुभाइले स्थानीय बजार र भारतसमेत पठाउने गरेका थिए।

    मित्तल दाजुभाइसँगै पक्राउ परेका चौधरी तस्करी सुन बजार पठाउने मुख्य सहयोगी हुन्। मित्तलसँग तस्करीको सुन लिएर अन्य कारोबारीलाई बिक्री गर्ने गरेको खुलेपछि प्रहरी उनीहरुलाई भन्सार छलीमा कारबाहीनिम्ति राजस्व विभागमा नबुझाई संगठित अपराध ऐनअनुसार अनुसन्धान गरी उनीहरुको जालो केलाउन केन्द्रित छ।

    ‘मित्तलले चीनबाट तस्करीको सुन मगाउने र चौधरीले अन्य कारोबारीसम्म पुर्यानउने गरेको अनुसन्धानमा देखिएको छ,’ खनालले भने,

    ‘तस्करीको सुन खरिदबिक्रीमा अन्य सुन कारोबारीको संलग्नताबारे अनुसन्धान अगाडि बढाइसकेका छौं।’

    सुनचाँदी व्यवसायीका अनुसार नेपालमा दैनिक ४० किलो सुन खपत हुने गरे पनि वैधानिक रुपमा बैंकहरुले नेपाल भिœयाएको सुन बिक्दैन। १६ वाणिज्य बैंकले राष्ट्र बैंकसँग अनुमति लिएर दैनिक १५ किलो सुन बिक्रीका लागि नेपाल भिœयाउँदै आए सुन कारोबारीले वैध सुन किन्दैनन्। तस्करीको सुनले बजार धानेको छ, भारतसमेत पुग्ने गरेको छ।

    सुनतस्करीको जालो तोड्न प्रहरीले बेलाबखत गर्ने अप्रेसनक्रममा तस्करीको सुन बजारमा पठाउन र भारत तस्करी गर्नेमा अधिकांश वैधानिक रुपमा सुनचाँदी कारोबारको अनुमति लिएकाहरु पक्राउ पर्ने गरेका छन्।

    अपराध महाशाखाले दुई वर्षअघि सुनतस्करीमा संलग्न १३ जनाको समूहलाई पक्राउ गर्दा चार जना सुन व्यापारी नै थिए। चीनको तस्कर समूहसँग मिलेर सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन तस्करीमा संलग्नता अभियोगमा प्रहरीले ६ किलो सुनसहित न्युरोड टेबहालमा रहेको बालाजी एन्ड सन्सका सञ्चालक बालु जगन्नाथ धांगे द युनाइटेड गोल्ड मार्टका सञ्चालक आकाशकुमार बज्राचार्य र संगम ज्वेलर्सका सञ्चालक रमेश खड्का पक्राउ परेका थिए।

    अनुसन्धानमा पक्राउ परेकाहरु सुन ल्याउने भरियादेखि सुन किन्ने प्रमुख व्यक्तिसमेत रहेको खुलेपछि महाशाखाले उनीहरुलाई राजस्व अनुसन्धान विभागमा बुझाएर आफूले संगठित अपराधमा अनुसन्धान सुरु गरेको थियो। सरकारी वकिलको कार्यालयले संगठित अपराधमा मुद्दा अगाडि बढाउन अस्वीकार गरेपछि विवादमा तानिएको यस घटनाबारे अहिले सार्वजनिक लेखा समितिले अनुसन्धान गरिरहेको छ।

    यसअघि जिकेजी ज्वेलर्सका सञ्चालक सुन र डलर तस्करीमा तानिएका थिए। २०६९ असोज १९ मा दुबई जान विमानमै पुगिसकेका विनोदकुमार सोनीलाई नियन्त्रणमा लिएर जाँचगर्दा एक करोड २४ लाख बराबरको विभिन्न देशका मुद्रा फेला परेको थियो। उक्त घटनाको अनुसन्धानमा विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठसँगै जिकेजीसमेत जोडिएको थियो।

    विशालबजारस्थित सिल्भर क्विनका सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको थियो।

    सरकारले वैध रुपमा ल्याएको सुन बिक्री नहुँदा पनि सुन अभाव नहुनुले बजारमा तस्करीको सुन फैलिएको देखिएकाले तस्करीमा संलग्न समूह र व्यक्ति, पहिल्याउन सबै कोणबाट अनुसन्धान सुरु भएको एसएसपी खनालले जानकारी दिए।

    चीन, नेपाल र भारतका नागरिकको संलग्नतामा सुन तस्करी हुने गरेको खुले पनि अधिकांश नेपाली भरिया मात्रै पक्राउ पर्ने गरेका छन्। काठमाडौंमै बसेर सुन तस्करीमा संलग्न भारतीय नागरिक पक्राउ परे पनि चिनियाँ नाइके भने समातिएका छैनन्।

    अनुसन्धानमा मित्तल समूहका मुख्य व्यक्ति चिनियाँ नागरिक मामा रहेको खुलेको छ। पक्राउ अभियुक्तबाट उनको नाम खुले पनि पूर्ण परिचय खुल्न नसक्दा गिरोहका मुख्य व्यक्ति पहिचान कठिन देखिन्छ।

    चिनियाँ नागरिक मामाले सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्थलमार्गबाट नेपाली भरियामार्फत काठमाडौ, कलंकीसम्म सुन पठाउने र मित्तल समूहले सोही सुन स्थानीय बजार र भारतीय कारोबारीलाई दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको महाशाखाका अधिकारी बताउँछन्।

    पक्राउ अभियुक्तबाट खुलेको विवरणका आधारमा सुन तस्करीमा सक्रिय चिनियाँ नागरिकको समेत खोजी गरिने एसएसपी खनाल बताउँछन्। एजेन्ट मात्र पक्राउ गर्दा तस्करीको जालो कायमै रहने सुनाउँदै उनले चिनियाँ नागरिकबारे इन्टरपोलमार्फत जानकारी माग्ने तयारी गरिएको जानकारी दिए।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.