×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लियो

  •  
  • आइतबार, पुष २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दीपक घिमिरे

    चार महिनादेखिको तराई–मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यले पुनः गति लिएको छ।
    मधेस बन्द र नाकाबन्दीका कारण निर्माण सामग्री तथा इन्धन अभावमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिको काममा केही ढिलाइ भएको हो। पछिल्लो हप्तादेखि कामले पुनः गति लिएको आयोजनाले जनाएको छ। हालसम्म विमानस्थल निर्माणको १४ प्रतिशत काम सकिनुपर्ने कार्यतालिका भए पनि चार प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
    अहिले धावनमार्ग निर्माण तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण भइरहेको परियोजना निर्देशक ओम शर्माले जानकारी दिए। धावनमार्ग निर्माणअन्तर्गत अहिले टप स्वाइल रिमुभ्ड (सतहको घाँस हटाउने) कार्य भइरहेको छ। “ अहिलेसम्म एक हजार ६०० मिटर सतहको घाँस हटाउने कार्य सम्पन्न भइसकेको छ” उनले भने।
    विसं २०७४ पुस मसान्तसम्म निर्माण सकिने लक्ष्य राखिएकामा अहिले सोही लक्ष्यअनुसार निर्माण सक्ने गरी काम अगाडि बढाइएको छ ।
    इन्धनको कमी हुन दिइँदैन 
    विमानस्थल निर्माणका लागि आवश्यक सुरक्षा व्यवस्था र इन्धनको सहजताका लागि स्थानीयस्तरबाट दरिलो प्रबन्ध मिलाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए।
    इन्धन र सुरक्षाको कमी हुन नदिने उनको भनाई छ। अहिले परियोजनाको काम शतप्रतिशत रुपमा सुरु गर्न दैनिक १२ हजार लिटर इन्धनको आवश्यकता रहेको छ । स्थानीयस्तरमा नदीजन्य पदार्थ उपलब्ध नभएका कारण निर्माण कार्य प्रभावित भएको छ।
    धावनमार्ग निर्माणका लागि एक लाख २० घनमिटर माटो आवश्यक रहेको र त्यो मर्चवार क्षेत्रमा पाइने भए पनि अहिलेको अवस्थाका कारण ल्याउन नसकिएको उनले बताए।। यसैगरी करिब छ लाख घनमिटर नदीजन्य पदार्थ बालुवा, ढुङ्गा, गिट्टी आवश्यक पर्ने भए पनि अहिले त्यो पनि नपाइएको निर्देशक शर्माको भनाइ छ ।
    नदीजन्य पदार्थका लागि स्थानीय प्रशासन हुँदै मन्त्रालयमा माग गरेको भए पनि मन्त्रालयबाट अझै टुङ्गो लागेको छैन । सम्बन्धित मन्त्रालयले परिपत्र गरी जिविसबाट तोकेको रकम तिरी सिधै नदीजन्य पदार्थ ल्याउन सकिए निर्माणमा सहयोग पुग्ने शर्माले बताए।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले तोकिएको समयभित्रै विमानस्थल निर्माण सम्पन्न हुने बताए। उनले त्रिभुवन विमानस्थलपछिको यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भएको बताए।
    यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणपछि उपाध्क्ष डा खतिवडाले आयोजनासँग सम्बन्धित व्यक्ति तथा रुपन्देहीका प्रजिअलाई निर्माणको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिए ।
    समयावधिभित्रै विमानस्थल निर्माण सक्न सरकारकातर्फबाट कुनै पनि कमी हनु नदिने गरी आफूले पहल थालेको उनले बताए। विमानास्थल निर्माणअन्तर्गत अहिले निर्माण भइरहेको धानवमार्ग १ दशमलव २५ मिटर उचाइ, तीन हजार मिटर लम्बाई तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइको दुवै किनारमा १५÷१५ मिटर ठाउँ छाडिने छ भने स्तरोन्नतिपछि यस विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा प्रयोग गरिने छ।
    अहिले विमानास्थलको धावनमार्ग एक हजार ५२४ मिटर लम्बाइ तथा ३० मिटर चौडाइ रहेको छ । स्तरोन्नतिपछि बोइङ, एयरबस जस्ता ठूला विमान पनि भैरहवामा अवतरण गर्न सक्ने कार्यक्रम निर्देशक शर्माले बताउनुभयो । पहिलो चारणमा नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण, तीन हजार मिटरको धावनमार्ग र त्यसकै सामानान्तरमा ट्याक्सी मार्ग, कन्ट्रोल टावर र प्रशासकीय भवन, मुख्य सवस्टेसन, नहरलगायत पूर्वाधारको काम हुनेछ।
    एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा विमानास्थलको स्तरोन्नतिका लागि सरकारले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन विमानस्थल निर्माण समूहलाई जिम्मा दिएको हो । कुल करार मूल्य रु छ अर्ब २२ करोड, ५१ लाख २० हजार २२८ रहेकामा एसियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत ऋण, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानास्थलको स्तरोन्नति हुँदैछ ।
    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.