×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रम ओलीले भने-सरकार छ, चिसोले जनता मर्न दिन्नौं

  •  
  • आइतबार, पुष २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :संसद्को विकास समितिको बैठकमा बोल्दै प्रम ओली । तस्बिर : रासस
    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण र पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
    व्यवस्थापिका–संसद् मातहतको विकास समितिको आजको बैठकमा उनले नागरिकलाई सरकार छ भन्ने जनतालाई विश्वास दिलाउन लागिरहेको बताए । उनले राहत तथा पुनःनिर्माणको काम योजनावद्धरुपमा अगाडि बढाउने प्रक्रिया सुरु भइसकेको दाबी गरे ।
    ‘सरकारले आज बिहानसम्म भूकम्प प्रभावित जिल्लामा न्यानो कपडा खरिदका लागि पाँच अर्ब ५० करोड रकम वितरण गरिसकेको छ’, उनले भने, ‘बाँकी रहेको रु ५० करोड रकम सोमबार साँझसम्म वितरण भइसक्ने विश्वास दिलाउँछु ।’
    हिमाली तथा उच्च पहाडी क्षेत्रमा थप राहत रकम उपलब्ध गराउन सरकारले आवश्यक निर्देशन दिइसकेको उनको भनाइ थियो ।
    केही दिनभित्रै ती क्षेत्रमा राहत पुगिसक्ने पनि उनले उल्लेख गरे । आज मात्रै आफूले रक्षा, गृह, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई बोलाएर आवश्यक सबै संयन्त्र परिचालन गरी राहत वितरण गर्न निर्देशन दिएको पनि उनले जानकारी गराए ।
    हिमाली तथा उच्च पहाडी क्षेत्रमा ५० वटा ठूला सामुदायिक तथा आवासीय भवन निर्माण गर्ने काम केही दिनभित्रै सुरु गर्ने योजनामा सरकार रहेको उनको भनाइ थियो ।
    कतिपय जिल्लामा गाविस सचिवको अभावमा काम गर्न विगतमा केही समस्या भए पनि सरकारले क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई आवश्यक व्यवस्थापन गर्न भनिएका कारण पछिल्लो दिनमा सहज भएको प्रधानमन्त्री ओलीले बताए ।
    हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातपछि नागरिक समस्यामा परेको भन्ने गुनासो आएपछि सरकारले ती क्षेत्रमा आवश्यक औषधिसहितको टोली परिचालन गरिएको, खाद्यान्नको व्यवस्था गरिएको र आयातमा विशेष ध्यान दिइएको समितिलाई जानकारी गराए ।
    सरकारसँग पुग्दो मात्रामा खाद्यान्नको मौज्दात रहेकाले कुनै पनि स्थानमा अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै उनले नागरिकलाई सरकार भएको अनुभव गराउन सबै प्रकारका प्रयत्न जारी राखिएको स्पष्ट पारे ।
    स्थानीय सामग्रीकै प्रयोग गरेर भूकम्प प्रतिरोधी घर तथा आवास बनाउनुपर्ने र त्यसमा विशेष ध्यान दिनुपर्ने उनले बताए । ‘स्थानीय साधन र स्रोतको प्रयोग गर्दा मुलुकभित्रको रकम मुलुकमा नै रहने भएकाले त्यसतर्फ विशेष ध्यान दिइनुपर्छ’, उनले भने ।
    जनतालाई राहतस्वरुप प्रदान गरिने दुई लाख रकम पनि यथाशीघ्र वितरण गरिने र सामूहिक जमानीमा तीन लाख रकम दिइने उनको भनाइ थियो ।
    प्रधानमन्त्री ओलीले विगतमा राजनीतिक तथा अन्य कारण पुनःनिर्माण प्राधिकरण गठनमा ढिलाइ भएको भए पनि सबैको प्रयासबाट प्राधिकरण गठन भएको बताउँदै अब काम तीव्र रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
    कुनै पनि कमीकमजोरी नहोस् भन्ने तर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तोकिएको जिम्मेवारी पूरा नगर्नेमाथि कारबाही गरिने बताए ।
    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.