×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दोस्रो जनआन्दोलनयता ३४ लाख विदेसिए

  •  
  • आइतबार, पुष २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस २६, २०७२- मुलुकमा ठूलो राजनीतिक परिवर्तन भए पनि अर्थतन्त्रप्रति ध्यान दिन नसक्दा २०६२/६३ को जनआन्दोलनयता १० वर्षमा रोजगारीका लागि झण्डै ३४ लाख युवा विदेसिएका छन । वैदेशिक रोजजार विभागको तथ्यांकअनुसार आर्थिक बर्ष २०६३/६४ यता ३३ लाख ७६ हजार युवा श्रम स्वीकृति लिएर विदेसिएका छन ।

    बार्षिक रुपमा हेर्ने हो भने बिदेशिनेको संख्या दोब्बर पुगेको छ । २०६४ मा २ लाख ४ हजार युवा विदेसिएकोमा गत बर्ष ५ लाख १२ हजार खाडि तथा मलेसिया पुगे । माओवादी द्धन्द अन्त्य भएर मुलुकमा गणतन्त्र आएपनि अर्थतन्त्र प्रति मुख्य गरि राजनीतिक दलहरु सचेत हुन नसक्दा देशभित्र रोजगारीका अवसर संकुचित हुदै गएका छन् ।

    ‘धेरै जनताले मन नपराएको राजनीतिक व्यवस्था हटे पनि नया आएका नेताहरुले पनि राजनीतक र नीतिगत स्थायित्व दिन सकेनन्, भ्रष्टाचार बढ्यो, क्षेत्रिय र अन्तराष्ट्रियस्तरमा आर्थिक सम्बन्ध विस्तार हुन सकेन,’ योजना आयोगका पुर्व सदस्य स्वर्णिम वाग्लेले भने, ‘मुख्ययता यही कारणले लगानीको वातावरण नबनेर रोजगारी सिर्जना हुन सकेन । राजनीतिक परिवर्तन हुने वित्तिकै यत्तिकै बिकास नहुने नभएकाले नेताहरुले भनेजस्तै राजनीतिक क्रान्ति सकिने बित्तिकै अर्थतन्त्र बलियो हुन नसकेको हो ।’

    कृषि निर्वाहमुखी प्रणालीबाट माथि उठन नसक्दा र ठूलो रोजगारी दिने उत्पादनमूलक क्षेत्र संकुचित हुदा समस्या आएको हो । पछिल्लो १० वर्षमा ५ पटकमात्रै समयमा बजेट आयो । राजनीतिक खिचातानीको माध्यम बजेट बन्न पुगेकाले पेश्की विधेयकको भरमा सरकारी खर्चको व्यवस्था मिलाइएको थियो ।

    यसले सर्वसाधारणको विकासको चाहना पूरा नहुनुका साथै अर्थतन्त्रलाई चलायमान बनाउन पनि मदत गर्न सकेन । औसतमा ८० प्रतिशतमात्रै बिकास लक्षित पुजीगत खर्च हुन सक्यो । सरकारको खर्च न्युन हुदा निजी क्षेत्रको माग पनि बढन सकेन ।

    अर्कोतर्फ वन्द हडताल, ट्रेड युनियनको आन्दोलनका कारण तयारी पोशाक, गलैंचा, पश्मिना आदि बढि रोजगारि दिइरहेका उद्योग धरासायी बने । राष्ट्र बैंकले सन २०६५ देखि २०७० सम्ममा ४ हजार ४ सय ५१ वटा बन्द हडतालका घटना भएको एक अध्ययन गत बर्ष सार्वजनिक गरेको थियो ।

    एक दिनको वन्द हडतालबाट अर्थतन्त्रमा १ अर्ब ८० करोडको क्षति भएको केन्द्रिय बैंकले देखाएको छ । प्रतिवेदनअनुसार वन्दका कारणमात्रै अर्थतन्त्रमा १ खर्ब १७ अर्बको क्षति पुगेको छ ।

    ‘राजनीतिक कारणले उद्योग व्यवसाय विस्तार नहुदा देशभित्र रोजगारीको अवसर सिर्जना हुन नसकेको हो,’ उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, ‘अर्कोतर्फ कृषिमा आकर्षण कम हुनुका साथै केहि युवा यहा काम गर्न अनिच्छुक पनि देखिएका हुन ।’

    बन्द हडताल र अस्थिरताको क्रम अझै रोकिएको छैन । पाँच महिनायताको तराइ वन्द र भारतीय नाकावन्दीका कारण २ हजार बढि उद्योग बन्द भएका छन । चलेका उद्योग पनि औसत ३० प्रतिशत क्षमतामा संचालित भएको व्यवसायी वताउछन ।

    पर्यटन क्षेत्रतर्फ होटलहरु औसत २० प्रतिशत अकुपेन्सीमा चलेका छन । मौसमी प्रतिकुलता र मल अभावले यस बर्षको वर्षेबाली करिब १० प्रतिशतले घटेको छ । राष्ट्र बैंककै अध्ययन अनुसार यस बर्ष ऋणात्मक आर्थिक वृद्धि हुने देखिएको छ । बर्षको आधा आधिसम्म बन्द हडताल कायमै भएकाले एक प्रतिशतले ऋणात्मक वृद्धि हुने प्रक्षेपण केन्द्रिय बैंकको छ । ऋणात्मक वृद्धि भएमा यो वर्ष ३ दशकयताकै खराब अवस्थामा पुग्नेछ ।

    यो दस बर्षमा चुनावी बर्षबाहेक अन्यमा ५ प्रतिशतभन्दा कम मात्रै आर्थिक वृद्धिदर हासिल भएको छ । पहिलो र दोस्रो संविधानसभाको निर्वाचन भएका बर्ष ५ प्रतिशत बढि वृद्धि हासिल भएको हो । उत्पादन र रोजगारीको यस्तो निराशाजनक अवस्थाका बीच पनि समग्र परिसूचक खराब अवस्थाको नदेखिनुमा पनि वैदेशिक रोजगारीकै हात छ । यसरी विदेसिएका युवाले वैधानिक माध्यमबाट मात्रै बर्षको करिब ६ खर्ब रेमिट्यान्स पठाउछन ।

    जसले विदेशी मुद्राको संचिति र सोधनान्तर अवस्थालाई सकारात्मक देखाउन मदत पुर्‍याएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.