×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विश्वास गर्नुस्, अब सबै नाका खुल्छन् : प्रचण्ड

  •  
  • शनिबार, पुष २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गजेन्द्र बोहरा

    फोटो :दाङमा बोल्दै एमाअाेवादी अध्यक्ष प्रचण्ड । तस्बिर : गजेन्द्र बोहरा
    तुलसीपुर : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको सबै ध्यान नाकाबन्दी खुलाउन गएकाले सोचेजति काम गर्न नसकेको बताएका छन् ।
    संविधान घोषणापछि शान्ति र संमृद्धिका आशा गरेका जनतालाई त्यसपछिको परिस्थितिले निराश बनाएको भन्दै उनले अब चाँडै नाका सहज हुने र त्यसका लागि प्रभावकारी पहल भइरहेको पनि बताए ।
    ‘संविधान घोषणा भएर हामी सरकारमा गएपछि सरकारको मुख्य चुनौती भनेकै नाकाबन्दी र मधेस आन्दोलन भयो’, उनले भने, ‘यो चुनौतीको सामना गर्न जनताले पनि साथ दिएका छन्, अब हामी चाँडै निकास निकाल्छौँ, विश्वास गर्नुस् ।’
    प्रदेश नं. ५ का एमाओवादी अगुवा कार्यकर्ताहरुको भेलामा सम्बोधन गर्न शनिबार दाङ आएका उनले तुलसीपुर उद्योग वाण्ज्यि संघको ज्ञापनपत्र बुझ्दै यस्तो बताएका हुन् ।
    ‘सरकारको सम्पूर्ण ध्यान अहिले नाका खुलाउनमै केन्द्रित छ’, उनले भने, ‘सबै ध्यान त्यसैमा केन्द्रित भएका कारण संविधानको कार्यान्वयन हुन सकेको पनि छैन, अनि जनता निराश छन् ।’
    उनले सरकारको नेतृत्वमा समेत एमाओवादी भएका कारण पार्टीले पनि नाका खुलाउनका लागि आफ्नै तवरबाट पहल गरिरहेको बताए ।
    ‘सरकारको नेतृत्वमा भएकाले अहिले हाम्रो ध्यान पनि त्यही नाका खुलाउनतिरै छ’, उनले भने, ‘प्रतिपक्ष पनि त्यसैमा लागेको छ अनि धेरै कामहरु हुन सकेका छैनन् ।’
    नाका सहज बनाउन देशभित्रै समाधान खोज्ने क्रममा ढिला भएको भन्दै उनले अब मधेसी मोर्चासँग केही दिनमै सहमति हुने र नाका सहज हुने विश्वाव दिलाए ।
    मधेसमा आन्दोलनरत पक्षका औचित्यपूर्ण मागहरुमा सहमति नजिक पुगिसकेको उनले बताए ।
    ‘सबै मागहरु पूरा हुँदैनन्, जो जो माग औचित्यपूर्ण छन्, तिनमा सहमति एकदमै नजिक पुगिसकेको छ’ उनले भने, ‘सम्भवतः अब केही दिनभित्रै सहमति भइसक्छ, अनि नाका पनि सहज हुन्छन् र हामीले देशको संमृद्धिका लागि काम गर्नसक्छौँ ।’
    सरकारको नेतृत्वमा जो भएपछि सरकार सञ्चालनको नेतृत्व एमाओवादीले गरिरहेको भन्दै प्रचण्डले अब देश, मधेसको समस्या सुल्झाउने मुख्य जिम्मेवारी पनि एमाओवादीकै रहेको बताए ।
    ‘सरकार सञ्चालनको नेतृत्व हाम्रै पार्टीले गरेको छ, देशको समस्या समाधानको जिम्मेवारी पनि हाम्रै हो’, उनले भने। ‘त्यसको पहल म आफैंले पनि गरिरहेको छु, अब केही दिनमै सहमति हुन्छ र नाकाहरु सहज हुन्छन् ।’
    उनले संविधानमा विमति राख्नेहरुलाई सहमतिमा ल्याउन उनीहरुकै चाहनाअनुरुपका संशोधन प्रस्ताव दर्ता भइसकेका कारण पनि समस्याको समाधान नजिक पुगिसकेको बताए ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.